नेपालले कार्बन बिक्रीबाट प्राप्त गर्दैछ १ अर्ब ६० करोड रुपैयाँ

काठमाडौं । विश्व बैङ्कसँग भएको सम्झौताअनुसार नेपालले अबको एक महिनाभित्र कार्बन बिक्रीबाट रु १ अर्ब ६० करोड प्राप्त गर्दैछ। सन् २०१८ देखि २०२४ सम्म नेपालले तराईका १३ जिल्लाका वनजङ्गलमार्फत कार्बनडाइअक्साइड घटाएबापत सो रकम प्राप्त गर्न लागेको वन तथा वातावरण मन्त्रालयअन्तर्गतको रेड कार्यान्वयन केन्द्रले जनाएको छ। नेपालले तराई भूपरिधि कार्यक्रमअन्तर्गत बागमती नदीबाट महाकाली नदीसम्मका तराईका १३ […]

३३२३ वटा स्टार्ट अप उद्यमका लागि प्रस्ताव पेस, सूचीकरण गर्न बाँकी

काठमाडौं । स्टार्ट अप उद्यमका लागि यस वर्षका लागि ३ हजार ३२६ वटा प्रस्ताव परेको छ । औद्योगिक व्यवसाय विकास प्रतिष्ठानका अनुसार चालु आर्थिक वर्षका लागि स्टार्ट अप उद्यम गर्न इच्छुक उद्यमीहरु सँग प्रस्ताव माग गरे सँगै उक्त संख्यामा  प्रस्तावहरु परेको बताइएको छ । प्रतिष्ठानका अनुसार प्राप्त प्रस्तावहरु मध्ये धेरैजसो कृषि तथा पशुपन्छी, पर्यटन प्रवद्र्धन […]

खाद्यको अनुगमनमा डेरी र थकालीमा अखाद्य पदार्थ भेटियो

काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले काठमाडौँ उपत्यकामा चाडपर्व लक्षित खाद्य पदार्थको अनुगमनलाई निरन्तरता दिने क्रममा दुई वटा फर्मको अनुगमनका क्रममा अखाद्य पदार्थ भेटिएको जनाएको छ। विभागले मोवाइल फुड ल्याव भ्यानको प्रयोग गरी चाडपर्व लक्षित खाद्य पदार्थको निरीक्षण तथा अनुगमनका लागि टोली खटाएको थियो। खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम खाद्य उद्योग […]

१३२ युनिट डेलिभरीका साथ बीवाईडीले हासिल गर्‍यो महत्वपूर्ण उपलब्धि

काठमाडौं । विश्वकै अग्रणी इलेक्ट्रिक सवारी साधन (ईभी) निर्माता कम्पनी बीवाईडीले नेपालमा एकै दिन १३२ युनिट ईभी डेलिभरी गरेर महत्वपूर्ण उपलब्धि हासिल गरेको छ। नेपालीहरुको महान चाड दशैं शुभारम्भको पहिलो दिन घटस्थापनाको अवसरमा कम्पनीले सो महत्वपूर्ण उपलब्धि हासिल गरेको हो। यसले नेपाली इलेक्ट्रिक मोबिलिटीको क्षेत्रमा बीवाईडीको बढ्दो लहरलाई दर्शाउँछ। बीवाईडीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स […]

लक्ष्मी सन्राइज क्यापिटल र नेपाल इन्फ्रास्ट्रक्चर्स इन्भेस्टमेन्ट फन्डबीच समझदारी

काठमाडौं ।लक्ष्मी सन्राइज क्यापिटल लिमिटेड (एलएस क्यापिटल) र नेपाल इन्फ्रास्ट्रक्चर्स इन्भेस्टमेन्ट फन्ड (एनआईआईएफ) बीच एनआईआईएफको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ)का लागि एडभाइजरी सेवा प्रदान गर्ने विषयमा समझदारी भएको छ । सोसम्बन्धी समझदारीपत्र (एमओयू)मा लक्ष्मी सन्राइज क्यापिटलका प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठ र नेपाल इन्फ्रास्ट्रक्चर्स इन्भेस्टमेन्ट फन्डका कार्यकारी अध्यक्ष डा. मनिष थापाले हस्ताक्षर गरेका छन् । ग्लोबल […]

तत्कालका लागि अपि पावरको बोनश शेयर र नगद लाभांश स्थगित

काठमाडौं । अपि पावर कम्पनी लिमिटेडले बोनश शेयर र नगद लाभांश वितरण स्थगित गरेको छ । विद्युत नियमन आयोगबाट मुनाफा वितरण गर्न नमिल्ने जानकारी सहितको पत्र प्राप्त भए सँगै कम्पनीले बोन शेयर र नगद लाभांश वितरण तत्कालका लागि रोक लगाएको हो । भदौ ७ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयानुसार अपि पावर कम्पनी लिमिटेडको आ.व. […]

होन्डाको चाडवाड योजनामा ४ जना भाग्यशाली ग्राहकले जिते ४  लाख रुपैयाँ

काठमाडौं । दसैं, तिहार र छठको अवसरमा होण्डा टु व्हीलर्सको आधिकारिक विक्रेता स्याकार ट्रेडिङ्ग कम्पनीले ‘हाम्रो चाडबाड, होन्डाको खुशियाली बारबार’ योजना अन्तर्गत ४ जना भाग्यशाली  ग्राहकले नगद उपहार जित्न सफल भएका छन् । उपहार जित्नेहरुमा निश्चल घर्ती ( तिरुमाला मोटर्स, डिलर एकान्तकुना), प्रतिभा भण्डारी (युनाइटेड मोटर्स प्रा. लि, डिलर भरतपुर), सन्तोष सुवेदी (आस्था ट्रेडर्स, डिलर […]

बीमा कम्पनीहरूलाई दैवी प्रकोप राहत कोषमा सहयोग रकम जम्मा गर्न निर्देशन

काठमाडौं । हालै अविरल वर्षाका कारण आएको बाढी पहिरोका कारण देशका विभिन्न स्थानमा ठूलो जनधनको क्षति भएको विषम परिस्थितिमा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा सहयोग रकम जम्मा गर्न नेपाल बीमा प्राधिकरणले सबै बीमा कम्पनीहरूलाई निर्देशन दिएको छ । प्राधिकरणले सबै बीमा कम्पनी, लघुबीमा कम्पनी र पुनर्बीमा कम्पनीहरूलाई संस्थागत सामाजिक उत्तरदायित्व कोष वा अन्य कुनै कोषबाट […]

दाउन्नेमा यातायात एकतर्फी सञ्चालन

नवलपरासी । पश्चिम नवलपरासीको दाउन्नेमा सडक भासिएर अवरुद्ध भएको यातायात सेवा एकतर्फी सञ्चालनमा आएको छ । बर्दघाट नगरपालिका–४ दाउन्नेस्थित खोर्सानीखोलामा सड्क भासिएपछि यातायात अवरुद्ध भएको थियो । सडकको मर्मतपछि आज विहान साढे ९ बजेदेखि बाटो एकतर्फी सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक एवं सूचना अधिकारी रेशम बोहराले जानकारी दिए । उनले सडक मर्मत […]

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं ।नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ छ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ६६ पैसा निर्धारण गरिएको छ ।  युरोपियन युरो एकको खरिददर एक सय ४७ रुपैयाँ ८९ पैसा र बिक्रीदर एक सय ४८ […]