अर्थ मन्त्रालयद्वारा बहुवर्षीय स्रोत सहमतिको विवरण उपलब्ध गराउन ताकेता

काठमाडौं । अर्थ मन्त्रालयले बहुवर्षीय स्रोत सहमति र भुक्तानी गर्न बाँकी रहेको दायित्वको एकीन विवरण उपलब्ध गराउन मन्त्रालयहरुलाई ताकेता गरेको छ । अर्थ मन्त्रालयमा विकास तथा पूर्वाधारसँग सम्बन्धित मन्त्रालयका सचिवहरुसँग बैठक गरी अर्थ मन्त्रालयले स्रोत सुनिश्चत भएका र स्रोत सुनिश्चित नभएका बहुवर्षीय ठेक्का दायित्वको एकीन विवरण उपलब्ध गराउन निर्देशन दिएको हो । त्यसैगरी अर्थ मन्त्रालयले भुक्तानी […]

मिस नेपाल वर्ल्ड २०२४ आश्मा केसीका साथ बर्जर पेन्ट्सले ल्यायो चाडपर्व ग्राहक योजना ‘बर्जर नगद उत्सव’

काठमाडौं । बर्जर पेन्ट्स नेपालले मिस नेपाल वर्ल्ड २०२४ आश्मा केसीका साथ चाडपर्व उत्सव अभियान ‘बर्जर नगद उत्सव’को घोषणा गरेको छ । बर्जर पेन्ट्सको ४० लिटर खरिद गरी ग्राहकले यस योजनामा सहभागी भई रु. १ लाखसम्मको नगद पुरस्कार प्राप्त गर्न सक्नेछन् । बर्जर पेन्ट्स नेपालका कन्ट्री म्यानेजेर राजीव रोयले भने, ”चाडपर्व भनेको परिवारलाई एकै ठाउँमा […]

वार्षिक करिब २ खर्ब सहुलियतपूर्ण कर्जा वितरण

काठमाडौं । राष्ट्र बैंकले वार्षिक रुपमा करिब २ खर्ब रुपैयाँ सहुलियतपूर्ण कर्जा वितरण गर्दै आएको छ । राष्ट्र बैंकले कृषि तथा पशुपन्छी, कपडा उद्योग, समुदाय व्यवसाय विकास होस् भन्ने उद्देश्यका लागि सहुलियतपूर्ण कर्जा प्रवाह गरेको छ भने यस्तो कर्जा शिक्षित युवा, विदेशबाट फर्केका युवा, महिला उद्यमशील, दलित व्यवसाय विकास, उच्च प्राविधिक शिक्षा लिन र तालिम […]

गत आव अख्तियारमा २६ हजार ९ सय १८ उजुरी

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा आर्थिक वर्ष २०८०/०८१ मा आयोगमा २६ हजार ९ सय १८ उजुरीहरु परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले आईतवार शितल निवासमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाउने क्रममा सो जानकारी दिएका हुन् । उनले अघिल्लो आर्थिक वर्षबाट […]

मितेरी बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनमा सिआइबीको अनुसन्धान सुरु

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले मितेरी बचत तथा ऋण सहकारी संस्थामा भएको रकम अनियमितताबारे अनुसन्धान सुरु गरेको छ । उक्त संस्थामा भएको रकम अनियमितताबारे निवेदन परेपछि अनुसन्धान सुरु गरिएको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) का प्रवक्ता एवं प्रहरी उपरीक्षक होविन्द्र बोगटीले जानकारी दिए । उनले भने, ”उक्त संस्थामा रकम अपचलन भएका विषयमा हामी कहाँ […]

ईडब्लूएल: काठमाडौं स्पाइकर्सद्वारा आफ्नो विदेशी स्टार खेलाडीको घोषणा

काठमाडौं । काठमाडौं स्पाइकर्सले आगामी वात्सल्य एभरेष्ट महिला भलिबल लिग २०२४ का लागि विदेशी खेलाडीका रूपमा अन्तर्राष्ट्रिय ख्यातिप्राप्त भलिबल खेलाडी सेटर एन्ड्रिया त्सभेतानोभालाई अनुबन्ध गरेको छ । बुल्गेरियाकी प्रतिष्ठित र अनुभवी भलिबल खेलाडी एन्ड्रिया त्सभेतानोभा काठमाडौं स्पाइकर्समा सामेल भएकी हुन् । सेटर त्सभेतानोभा फुर्तिलो,जोशिलो र रणनीतिक खेलका लागि प्रख्यात उनले NCAA, NJCA, MECA, NIVC र बुल्गेरियन […]

कुमारी बैंकद्वारा १० लाख रुपैयाँको बीमा रकम भुक्तानी

काठमाडौं । कुमारी बैंक लिमिटेडले परिवार सुरक्षा बचत खाता योजना अन्तर्गत खाताका हकवालालई १० लाख रुपैयाँको दुर्घटना बीमा रकम भुक्तानी गरेको छ । भरतपुर महानगरपालिका वडा नं. २, चितवन निवासी निज खाता धारक सुस्मा श्रेष्ठको दुर्घटनामा परि मृत्यु भए पश्चात उहाँका श्रीमान ईन्द्र नारायण श्रेष्ठलाई बिमा वापतको १० लाख रकम हस्तान्तरण गरिएको थियो । उक्त रकम […]

पर्यटन केन्द्रीय सहकारी संघको अध्यक्षमा चन्द्र रिजाल

काठमाडौं । नेपाल पर्यटन केन्द्रीय सहकारी संघको अध्यक्षमा चन्द्र रिजाल चयन भएका छन्। शनिबार सम्पन्न संघको ११ औँ वार्षिक साधारण सभाले रिजालको नेतृत्वमा सर्वसम्मत नयाँ सञ्चालक समिति गठन गरेको हो। रिजाल ट्रेकिङ एजेन्ट्स एसोसियसन अफ नेपाल (टान) का पूर्व अध्यक्ष र नेपाल पर्यटन बोर्डका पूर्वउपाध्यक्ष पनि हुन्। संघको नयाँ समितिमा टिकाराम भट्टराई उपाध्यक्ष, तेजबहादुर बोहोरा […]

ऊर्जामन्त्री खड्कासँग नेपालका लागि बङ्गलादेशका राजदूत चौधरीको भेट

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्कासँग नेपालका लागि बङ्गलादेशका राजदूत सलाहुद्धीन नोमन चौधरीले आज शिष्टाचार भेट गरेका छन् । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा भएको भेटमा नेपाल र बङ्गलादेशबीचका ऊर्जा सहकार्यका विविध विषयमा छलफल भएको मन्त्री खड्काको सचिवालयले जनाएको छ । भेटमा ऊर्जामन्त्री खड्काले नेपालमा जलविद्युत्को प्रचुर सम्भावना रहेको र बङ्गलादेशमा बढ्दो ऊर्जा […]

प्रधानमन्त्रीसँग रोमानियाका राजदूतको बिदाइ भेट

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि रोमानियाका राजदूत डानियल मारियना सेजोनभ तानले आज बिदाइ भेट गरेकी छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको भेटमा प्रधानमन्त्री ओलीले कार्यकाल पूरा गरी आपसी सम्बन्धमा योगदान दिएकामा राजदूतलाई धन्यवाद दिए । भेटमा दुई पक्षीय हितका विविध विषय तथा सहयोग आदानप्रदानबारे छलफल भएको थियो । यस्तै दुवै […]