यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । केन्द्रीय बैङ्कले सार्वजनिक गरेको विवरणअनुसार शुक्रबारको तुलनामा आज अमेरिकी डलर, युरो, स्टर्लिङ पाउन्ड, क्यानेडियन डलर, चिनियाँ युआन लगायतको मूल्य घटेको छ । कुवेती दिनार, थाईभाटलगायतको भने मूल्य बढेको छ । आज अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ८२ पैसा […]

‘उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग’ मा सदस्य थप

काठमाडौं । सरकारले पूर्वसचिव रामेश्वरप्रसाद खनालको अध्यक्षतामा गठित ‘उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग’ मा निजी क्षेत्रबाट सदस्य थप गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रलायले आज आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्रिपरिषद्ले गरेका निर्णय सार्वजनिक गर्दै सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले निजी क्षेत्रबाट चन्द्रप्रसाद ढकाल (अध्यक्ष, नेपाल उद्योग वाणिज्य महासङ्घ) राजेशकुमार अग्रवाल (अध्यक्ष, नेपाल उद्योग परिसङ्घ) र कमलेशकुमार […]

चीनद्वारा २९ देशका लागि एकपक्षीय भिसा मुक्त नीति लागु: विदेश मन्त्रालय

काठमाडौं । चीनले अन्तर्राष्ट्रिय यात्रालाई बढावा दिने प्रयास स्वरुप फ्रान्स, जर्मनी लगायत २९ वटा देशका लागि एकपक्षीय भिसा–मुक्त नीति लागू गरेको विदेश मन्त्रालयका अधिकारीले जनाएका छन् । पत्रकार सम्मेलनमा मन्त्रालयको कन्सुलर विभागका अधिकारी टोङ जुएजुनले चीनले २५ वटा देशहरूसँग पूर्ण भिसा छुट प्राप्त गरेका बताए । मन्त्रालयले सन् २०२३ डिसेम्बर–१ देखि फ्रान्स, जर्मनी, इटाली, नेदरल्यान्ड्स, […]

गरिमा विकास बैंकको १८ औं वार्षिकोत्सवको अवसरमा १८ संस्थागत सामाजिक उत्तदायित्वमूलक कार्यक्रमहरु आयोजना

काठमाडौं । गरिमा विकास बैंकले आज (शुक्रबार) मंसिर ७ गते १८ औं वार्षिकोत्सव सम्पन्न गरेको छ । देशभर विभिन्न १८ वटा संस्थागत सामाजिक उत्तरदायित्वमूलक कार्यक्रमहरु आयोजना गरी १८औं वार्षिकोत्सव मनाउने उद्देश्य लिएको विकास बैंकले मंसिर ०७ गते शुक्रवार देशभरी निम्न कार्यक्रमहरु सफलतापूर्वक सम्पन्न गरेको छ । १. विकास बैंकले देशका विभिन्न ७ स्थानमा बृहत रक्तदान कार्यक्रम […]

लुम्बिनीमा हजार बुद्ध गुम्बा निर्माण

काठमाडौं । लुम्बिनीमा पाल थुप्तेन सेडुप लिङ गुम्बा (हजार बुद्ध मन्दिर) निर्माण गरिएको छ । कानिङ सेडुप लिङ गुम्बा सङ्गठन तथा विकास कोष परिवारद्वारा निर्मित उक्त गुम्बाको आज एक समारोहकाबीच बौद्ध गुरु छोकी निमा रिन्पोछे र लुम्बिनी विकास कोषका उपाध्यक्ष डा ल्हारक्याल लामाले उद्घाटन गरे । बौद्ध गुरु निमा रिन्पोछेले देश तथा विदेशका चन्दादाताको सहयोगबाट […]

लगानी गर्न उद्योगी व्यवसायीलाई प्रधानमन्त्रीको आग्रह

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले लगानी मैत्री वातावरण निर्माण भइरहेकाले लगानी गर्न उद्योगी व्यवसायीहरुलाई आग्रह गरेका छन् । नेकपा (एमाले) काठमाडौँ उपत्यकाका तीन जिल्ला कमिटीले आज दरबारमार्गमा आयोजना गरेको जागरणसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकार नेपालमा शान्ति सुरक्षा कायम गरेर ‘समृद्ध नेपाल र सुखी नेपाली’ बनाउने अभियानमा रहेकाले ढुक्क […]

स्वास्थ्य सेवा ऐन ल्याउने तयारी, मन्त्रिपरिषदबाट सैद्धान्तिक स्वीकृति

काठमाडौं । तीनै तहमा समायोजन भएका स्वास्थ्य सेवाका कर्मचारीहरुको समस्या सम्बोधन गर्ने गरी स्वास्थ्य सेवा ऐन ल्याउन स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले प्रक्रिया अघि बढाएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले संघीयताअनुरुपको स्वास्थ्य सेवा ऐन अघि बढाउन सैद्धान्तिक स्वीकृति प्रदान गरेको छ । हालसम्म नेपाल स्वास्थ्य सेवा ऐन २०५३ नै अस्तित्वमा रहेकामा यसले संघीयताअनुरुप […]

माइडिया: नेपाली घरहरूका लागि चिसो मौसमको नयाँ परिभाषा

काठमाडौं ।माइडिया ब्रान्डले नेपाली बजारमा भरपर्दो र गुणस्तरीय चिसो मौसमकोलागी बिभिन्न इलेक्ट्रोनिक्स सामना उपलब्ध गराउँदै धेरै परिवारहरूको मन जित्न सफल भएको छ। अत्याधुनिक वाशिंग मेसिन, वाशर ड्रायर, ऊर्जा-किफायती हिटरहरू र गिजरजस्ता उत्पादनहरूले चिसो मौसमलाई सहज र आरामदायी बनाउँछन्। आधुनिक प्रविधि र उपभोक्तामुखी विशेषताहरूले गर्दा मिडिया उत्पादनहरू नेपाली घरपरिवारका लागि पहिलो रोजाइ बन्न पुगेका छन्। हिउँदे […]

सिटिजन्स बैंकका ग्राहकलाई होटल ली हिमालयमा छुट

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र लाजिम्पाट, काठमाडौं स्थित होटल ली हिमालय बीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ्ग ग्राहकहरूले होटल ली हिमालयमा १५% सम्मको आकर्षक छुट पाउने छन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुनुका साथै नगद […]

अमेरिकाको बैंकका आधा सम्पत्ति मेरै हो भन्दिए भो त: केपी ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भन्न त अमेरिकाको बैंकका आधा सम्पत्ति मेरै हो भन्दिए भो त भनेका छन् । दरबारमार्गमा आयोजित एमालेको जागरणसभामा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । प्रधानमन्त्री ओलीले कम्बोडियामा ३२ हजार करोड लगानी गरेको फाल्तु भ्रम फैलाइरहेको बताए। उनले सात पुस्ता पुग्ने अर्बौं सम्पत्तिको मालिक बन्नेहरू पनि यहाँ रहेको बताए […]