फरक-फरक क्षेत्रका कम्पनीले आइपीओ ल्याउन थालेसँगै धितोपत्र दर्ता तथा निष्कासन नियमावली संशोधन गर्दै बोर्ड

काठमाडौं । नेपाल धितोपत्र बोर्डले ‘धितोपत्र दर्ता तथा निष्काशन नियमावली संशोधन’ गर्ने भएको छ । फरक प्रकृतिका कम्पनीहरुले पनि आइपीओ जारी गर्ने तयारी गरेसँगै बोर्डले ‘धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ संशोधन गर्न लागेको हो । आइपीओ अनुमति माग्दै बोर्डमा आवेदन दिएका र आइपीओ ल्याउने तयारीमा रहेका केही  कम्पनीहरुको व्यापारको प्रकृति नेप्सेमा सूचीकृत रहेका कम्पनीहरुको भन्दा […]

माउन्टेन इनर्जीको साधारणसभा सम्पन्न, २० प्रतिशत बोनस शेयर पारित

काठमाडौं । माउन्टेन इनर्जी नेपाल लिमिटेडको वाह्रौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सोमबार कम्पनीका अध्यक्ष प्रदिप जंग पाण्डेको अध्यक्षतामा साधारणसभा सम्पन्न भएको हो। सभाले लाभांश सहितका विविध प्रस्ताव पारित गरेको छ । साधारणसभाले आ.व. २०८१/८२ को मुनाफावाट शेयरधनीहरुलाई कम्पनीको हालको चुक्ता पुँजीको २० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि १.०५२६ प्रतिशत नगद लाभांश गरि […]

धार्मिक सहिष्णुता र शान्ति संरक्षणमा अन्तर्राष्ट्रिय एकता आवश्यक : महासचिव गुटेरेस

संयुक्त राष्ट्र। संयुक्त राष्ट्र महासचिव एंटोनियो गुटेरेसले अष्ट्रेलियाको सिड्नीमा हनुक्का पर्वको अवसरमा भएको आतङ्कवादी घटनाप्रति गहिरो चिन्ता व्यक्त गरेका छन् । उनका उपप्रवक्ता फरहान हकका अनुसार महासचिवले पीडित परिवारप्रति सहानुभूति व्यक्त गर्दै घाइतेहरूको छिटो र पूर्ण स्वास्थ्यलाभको कामना गरे । महासचिवले यो कठिन समयमा अष्ट्रेलियाका जनता र सरकारसँग आफ्नो समर्थन र एकजुटता प्रकट गरे, र […]

राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. प्रकाश श्रेष्ठ नियुक्त

काठमाडौं । नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक डा. प्रकाश कुमार श्रेष्ठ राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले डा. श्रेष्ठलाई उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो । श्रेष्ठ यस अघि आयोगको सदस्य थिए ।

विवाईडी डल्फिनको विश्वव्यापी बिक्री १० लाख नाघ्यो

काठमाडौँ । चिनियाँ कम्पनी विवाईडीले उत्पादन गरेको विद्युतीय सवारी ‘डल्फिन’को विश्वव्यापी बिक्री १० लाख पुगेको छ । योसँगै विवाईडी डल्फिन चिनियाँ अटो बजारमा सबैभन्दा छिटो १० लाख युनिट बिक्रीको उपलब्धि हासिल गर्ने ह्याचब्याक EV बन्न सफल भएको छ। नेपालका लागि विवाईडीको आधिकारिक बिक्रेता साइमेक्स इंक प्रालिले यो उपलब्धिलाई गर्वको क्षण भएको बताएको छ । “विवाईडी […]

लक्ष्मी सनराइज बैंक र कालिञ्चोक दर्शनको बोनस सेयरमा मूल्य समायोजना

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा लक्ष्मी सनराइज बैंक र  कालिञ्चोक दर्शनको बोनस सेयरमा मूल्य समायोजना भएको छ । यी कम्पनीहरुको सोमबारको अन्तिम कारोबार मूल्यलाई आधार मानेर भाउ समायोजन गरिएको हो । नेप्सेका अनुसार लक्ष्मी सनराइज बैंकको १० प्रतिशत बोनस सेयरमा मूल्य समायोजन हुँदा भाउ २१३.६४ रुपैयाँ कायम भएको छ । सोमबारको अन्तिम कारोबार […]

साढे ५५ खर्बले नाघ्यो निजी क्षेत्रमा प्रवाहित कर्जा

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरूमार्फत् निजी क्षेत्रमा प्रवाहित कर्जा १.२ प्रतिशत अर्थात् रु ६५ अर्ब ४ करोडले वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले सोमबार चालु आर्थिक वर्षको पहिलो चार महिनाको मुलुकको आर्थिक तथा वित्तीय स्थितिको विवरण सार्वजनिक गर्दै चालु आर्थिक वर्ष २०८२/८३ को चार महिनामा  बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जा […]

आईएफसीले जलवायु वित्त विकासका लागि राष्ट्र बैंकलाई प्राविधिक सहायता उपलब्ध गराउने

काठमाडौं । नेपाल राष्ट्र बैंक र आईएफसीबीच जलवायु वित्तको रणनीति विकाससम्बन्धी समझदारी नेपाल राष्ट्र बैंक र अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) बीच जलवायु वित्त (क्लाइमेट फाइनान्स) सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । डेपुटी गभर्नर बमबहादुर मिश्रको उपस्थितिमा आज बैंकमा आयोजित कार्यक्रमका बीच उक्त समझदारीपत्रमा हस्ताक्षर भएको हो । सोसम्बन्धी सझदारीपत्रमा बैंकका तर्फबाट गभर्नरको कार्यालयका कार्यकारी निर्देशक […]

करिब ७५ खर्ब पुग्यो निक्षेप परिचालन

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप ३.१ प्रतिशत अर्थात् २ खर्ब २२ अर्ब ३८ करोडले वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले सोमबार चालु आर्थिक वर्षको पहिलो चार महिनाको मुलुकको आर्थिक तथा वित्तीय स्थितिको विवरण सार्वजनिक गर्दै चालु आर्थिक वर्ष २०८२/ ८३ को चार महिनामा  बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप ३.१ प्रतिशत […]

साढे ३० खर्ब पुग्यो विदेशी मुद्रा सञ्चिति, १७.४ महिनाको आयात धान्न पर्याप्त

काठमाडौं । विदेशी मुद्रा सञ्चिति साढे ३० खर्ब पुगेको र यसले १७.४ महिनाको आयात धान्न पर्याप्त हुने भएको छ । नेपाल राष्ट्र बैंकले सोमबार चालु आर्थिक वर्षको पहिलो चार महिनाको मुलुकको आर्थिक तथा वित्तीय स्थितिको विवरण सार्वजनिक गर्दै आर्थिक वर्ष २०८२र८३ को चार महिनामा  कुल विदेशी विनिमय सञ्चिति  रु.३० खर्ब  ५५ अर्ब ५२ करोड पुगेको […]