वीरगञ्ज नाकाबाट मोटरसाइकल आयात दोब्बर

काठमाडौं । देशकै प्रमुख व्यापारिक नाका वीरगञ्जबाट मोटरसाइकल अयातामा उलेख्य वृद्धि भएको छ । सो नाका प्रयोग गरी जिप र कारको आयातमा भने कमी आएको छ । गत आर्थिक वर्ष २०८०/८१ को साउनको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा जिप र कारको आयातमा ४० प्रतिशतले कमी आएको छ । सो अवधिमा मोटरसाइकलको आयात शत् प्रतिशतले बढेको […]

मुग्लिन-पोखरा सडक खण्डको पश्चिमतर्फको म्याद थप

काठमाडौं । निर्माणाधीन मुग्लिन-पोखरा सडक योजनाअन्तर्गत पश्चिम खण्डको म्याद थप गरिएको छ । तनहुँको जामुनेदेखि पोखरासम्मको पश्चिम खण्डको म्याद यही भदौ १२ गतेसम्म रहेकामा काम पूरा नभएपछि एक सय एक दिन म्याद थप गरिएको हो । यसअघिको म्याद अवधिसम्म जम्मा २८ प्रतिशत प्रगति हासिल भएको मुग्लिन(पोखरा सडक योजना पश्चिम खण्डका इन्जिनियर नारायण पौडेलले जानकारी दिए । […]

साढे २ अर्बले बढेको शेयर बजारमा यी हुन् २० उच्च कारोबार गर्ने कम्पनी

काठमाडौं । लामो समय पश्चयात शेयर बजारमा सुधार देखिएको छ । गत साता र आइतबार घटे्को शेयर बजार ‘करेक्सन’ सँगै नेप्से र कारोबार रकम समेत बढेको छ । साताको दोस्रो दिन सोमबार नेप्से परिसूचक १२७.३२ अंकले बढेर २८२३.२५ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेकस २२.९४ अंकले बढेर ५०३.८३ विन्दुमा […]

नेप्सेमा ‘करेक्सन’ : १२७ अंकले बढ्द कारोबार रकम साढे २ अर्बले बढ्यो

काठमाडौं । लामो समय पश्चयात शेयर बजारमा सुधार देखिएको छ । गत साता र आइतबार घटे्को शेयर बजार ‘करेक्सन’ सँगै नेप्से र कारोबार रकम समेत बढेको छ । साताको दोस्रो दिन सोमबार नेप्से परिसूचक १२७.३२ अंकले बढेर २८२३.२५ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेकस २२.९४ अंकले बढेर ५०३.८३ विन्दुमा […]

सिटिजन्स बैंकका ग्राहकले सुबिसु केबल नेट जडान गर्दा छुट पाउने

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र सुबिसु केबल नेट बीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो समझदारीपत्र अनुसार सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ्ग ग्राहकहरूले सुबिसु केबल नेटको नयाँ जडानमा विभिन्न आकर्षक छुट पाउनेछन् । ग्राहकहरूले ३००Mbps ब्यान्डविथ क्षमता भएको इन्टरनेट जडानको क्रममा १५ प्रतिशत साथै २००Mbps र ८०Mbps […]

घनश्याम विश्वकर्मा ग्लोकल टीन हिरो नेपाल २०२४ उपाधिबाट सम्मानित

काठमाडौं । ग्लोकल प्रालिद्वारा आयोजित  ”गोल्छा गु्रपद्वारा प्रस्तुत ग्लोकल टीन हिरो २०२४” रुकुमका १९ वर्षीय कार्यकर्ता घनश्याम विश्वकर्माले, जित्न सफल भएका छन् । ग्लोकल टिन हिरोले विगत दशकदेखि विभिन्न क्षेत्रमा विशिष्टता हासिल गर्ने किशोरकिशोरीहरुलाई सम्मानित गर्दै आएको छ, जसले समुदायमा महत्त्वपूर्ण योगदान दिएका छन्। ग्लोकल टिन हिरो नेपालले किशोरकिशोरीहरूको सृजनात्मकता, उत्साह र योगदानलाई गहिरो रूपमा कदर […]

ओटिए  प्लेटफर्म  ‘ट्रिप टर्बो’ सन्चालनमा, हवाई टिकट र सहासिक गतिविधिको बुकिङ मोबाइल एपबाटै 

काठमाडौं । अनलाइन ट्राभल एग्रीगेटर (ओटिए) प्लेटफर्म ‘ट्रिप टर्बो’ सन्चालनमा आएको छ । प्लाटफर्ममार्फत सेवाग्राहीले मोबाइल एपबाटै ट्राभल एण्ड टुर्ससँग सम्बन्धित विभिन्न सेवा लिन सक्ने भएका छन् ।  एपमार्फत हवाई टिकट बुकिङ, साहसिक पर्यटनसँग सम्बन्धित गतिविधि, बस टिकट, होटल बुकिङ लगायतका सुविधा लिन सकिने ट्रिप टर्बोका संस्थापक शिखर प्रसाईंले बताए । साहसिक पर्यटनतर्फ र्‍याफ्टिङ, बन्जी, […]

एनसेलको लाइसेन्स नवीकरण, ब्याज सहित प्रत्येक वर्ष ५ अर्ब किस्ता बुझाउनु पर्ने

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल अपरेटर एनसेलको लाइसेन्स नवीकरण गरेको छ । प्राधिकरणले ५ वर्षका लागि एनसेलको लाइसेन्स नवीकरण गरेको हो। लाइसेन्स नवीकरणको पत्र भदौ १६ गते एनसेललाई दिइएको प्राधिकरणका प्रवक्ता सन्तोष पौडेलले जानकारी दिए। नवीकरण दस्तुर चार किस्तामा तिर्ने सर्तमा लाइसेन्स नवीकरण गरिएको छ। पहिलो किस्ता बापत ५ अर्ब रुपैयाँ बुझाइसकेको छ। बाँकी दस्तुर […]

सुन र चाँदीको मूल्य घट्यो

काठमाडौं । सुन र चाँदीको मूल्य घटेको छ। सोमबार छापावाल सुन प्रति तोला एक लाख ५२ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ। आइतबार छापावाल सुन प्रति तोला एक लाख ५२ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो। आज छापावाल सुन प्रति तोला ३०० रुपैयाँले घटेको हो। यस्तै चाँदीको मूल्य पनि घटेको छ। […]

दुग्ध विकास संस्थानमा ६० करोड ऋण दिदैँ अर्थ मन्त्रालय

काठमाडौं । अर्थ मन्त्रालयले  शर्तसहित दुग्ध विकास संस्थानमा ६० करोड रुपैयाँ ऋण लगानी गर्ने सहमति गरेको छ अर्थ मन्त्रालयले निश्चित शर्तसहित दुग्ध विकास संस्थानमा ६० करोड रुपैयाँ ऋण लगानी गर्ने गरी मन्त्रिपरिषद्मा प्रस्ताव पेश गर्न कृषि तथा पशुपन्छि विकास मन्त्रालयलाई सहमति दिएको छ ।  दुग्ध विकास संस्थानले यो रकम तत्कालका लागि किसानहरूलाई दुधको बाँकी रकम […]