‘अकबरे खुर्सानी बिक्री गर्न बजारको समस्या छैन, माग धेरै छ’
तनहुँ । तनहुँको भिमाद नगरपालिका–९ को भानुमतिका कृषकले अकबरे खुर्सानी उत्पादनबाट करिब रु ४५ लाख आम्दानी गरेका छन् । सामूहिक अकबरे खुर्सानीखेती गरेका त्यहाँका कृषकले रु ४५ लाख आम्दानी गरेका हुन् । मुख्यमन्त्री जलवायुमैत्री नमूना कृषक समूहमार्फत यहाँ अकबरे खुर्सानीखेती गरिएको भानुमति कृषक समूहका अध्यक्ष इमानबहादुर थापाले जानकारी दिए । त्यहाँका ३५ जना कृषक अकबरे […]

