नागरिक उड्डयन प्राधिकरणको निमित्त महानिर्देशकमा देवचन्द्रलाल कर्ण नियुक्त
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणको निमित्त महानिर्देशकको जिम्मेवारी देवचन्द्रलाल कर्णलाई दिइएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको मन्त्रीस्तरीय निर्णयअनुसार प्राधिकरणमा रिक्त रहेको महानिर्देशक पदको कामकाज सम्हाल्ने गरी कर्णलाई निमित्त महानिर्देशक नियुक्त गरिएको हो। भ्रष्टाचारसम्बन्धी आरोपका कारण तत्कालीन महानिर्देशक इन्जिनियर प्रदीप अधिकारी गत १७ मंसिरदेखि निलम्बनमा परेपछि प्राधिकरणको प्रमुख पद खाली रहेको थियो। अधिकारीको चार […]

