अग्नि प्रभावित ‘इस्मा गाउँपालिका’ र ‘राजपुर गाउँपालिका’लाई काठमाडौं महानगरपालिकाको १०/१० लाख अनुदान सहयोग

काठमाडौं । काठमाडौं महानगरपालिकाले अग्नि प्रभावित लुम्बिनी प्रदेश, दाङ् जिल्लाको ‘राजपुर गाउँपालिका’ र गुल्मी जिल्लाको ‘इस्मा गाउँपालिका’ लाई १०/ १० लाख रुपैयाँ अनुदान सहायता उपलब्ध गराउने निर्णय गरेको छ । महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) को अध्यक्षतामा बसेको महानगर विपद व्यवस्थापन समितिको वैठकले, आगलागीका कारण घर, गोठ, पशु चौपाया र धन सम्पत्तिको क्षति व्यहोरेका स्थानीयको […]

कसैलाई प्रोत्साहित गर्न र कसैलाई कमजोर पार्न करको दर हेरफेर हुँदैनः अर्थमन्त्री पुन

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले आगामी आर्थिक वर्षको बजेटमा करका दर हेरफेर गर्दा विवाद नआउने गरी काम गर्ने बताएका छन् । बजेट निर्माण सम्बन्धमा युवा उद्यमी तथा सूचना प्रविधि क्षेत्रका विज्ञसँग सुझाव लिन शुक्रबार मन्त्रालयमा आयोजित छलफल कार्यक्रममा मन्त्री पुनले करका दर हेरफेरमा कसैको दबाब वा स्वार्थपूर्ति हुने गरी काम नगर्ने प्रतिबद्धता जनाए । […]

फोनपेको सेवा नेपालमा प्रदर्शन

काठमाडौं । फोनपे भारतले  काठमाडौंमा आयोजित एक विशेष कार्यक्रममा युनिफाइड पेमेन्ट इन्टरफेस प्लेटफर्मद्वारा संचालित आफ्ना सेवाहरू प्रदर्शन गरेको छ। कार्यक्रमले, बैंकिङ क्षेत्रका वरिष्ठ प्रतिनिधिहरू, भुक्तानी प्रणालीका प्रदायकहरू, युपीआई भुक्तानी लिने व्यवसायीहरु र व्यापार संघहरूका प्रतिनिधिहरू लगायत नेपाली वित्तीय क्षेत्रका प्रमुख सरोकारवालाहरूलाई एकसाथ ल्याउन सफल भएको छ। उक्त कार्यक्रमलाई नेपालको सबैभन्दा ठूलो भुक्तानी प्रणाली संचालक Fonepay […]

श्रमिकका लागि ‘श्रमाधान’ सेवा सुरु

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रमिकका समस्या, गुनासा र जिज्ञासालाई समाधान र सुधार गर्ने उद्देश्यका साथ ‘श्रमाधान’ सेवा सुरु गरेको छ । मे १ वा १३५ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका श्रमिकका समस्या समाधान गर्ने गरी श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रमाधान सेवाको सुरुवात गरेको हो । श्रम, […]

आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषदमा पेस हुँदैछ : मन्त्री शर्मा

काठमाडौं । सरकारले समस्याग्रस्त सहकारी संस्था वा सङ्घको व्यवस्थापन समिति गठन गर्दै अध्यक्षमा उच्च अदालतका पूर्वन्यायाधीश रमणकुमार गौतमलाई नियुक्त गरेको छ। बिहीबार सिंहदरबारमा बसेको मन्त्रीपरिषद्को बैठकले सहकारीका समस्या समाधानका लागि सहकारी संस्था वा सङ्घको व्यवस्थापन समिति गठन गरेको हो। अध्यक्ष पदमा उच्च अदालतका पूर्वन्यायाधीश रमणकुमार गौतमलाई नियुक्त गरिएको छ। ‘‘समस्याग्रस्त सहकारी संस्था वा सङ्घको व्यवस्थापन समितिको […]

सरकारले देश र जनताका हितमा एतिहासिक काम गरेको छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश र जनताको पक्षमा सरकारले ऐतिहासिक काम गरेको बताएका छन् । नेपाल पत्रकार महासङ्घको २७ औँ महाधिवेशनका अवसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले आफूले देश र जनताका हितमा राम्रा काम मात्र गर्ने प्रण गरेको बताए । “मैले पदभार ग्रहण गर्दा भनेको थिएँ, देश र जनताको हितमा राम्रा […]

ग्लोबल आइएमई बैंकले जनायो, प्लास्टिक खपत न्यूनीकरणमा प्रतिबद्धता

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले ‘प्ल्यानेट भर्सेस प्लास्टिक’ (प्लास्टिक विरुद्ध पृथ्वी) अभियानमा ऐक्यबद्धता जनाउँदै बैंकभित्र प्लाष्टिकको खपत घटाउँदै वातावरणमैत्री दिगो अभ्यासहरूको अनुशरण गर्ने भएको छ । यसै सन्दर्भमा बैंकले आगामी ३ वर्षमा प्लास्टिकको खपत न्यूनीकरण गर्ने प्रतिवद्धता समेत जनाएको छ । वातावरणमैत्री पहल बैंकले  कर्पोरेट कार्यालय देखी सबै प्रादेशिक कार्यालयहरूमार्फत मुलुकभरका सम्पूर्ण शाखा कार्यलयहरुमा […]

बीमा प्राधिकरणले साझा बसमा टाँस्यो बीमा सन्देश उल्लेख भएका स्टिकर

काठमाडौं । नेपाल बीमा प्राधिकरणले साझा यातायातसँगको सहकार्यमा बीमा सम्बन्धी सन्देशहरूलाई सार्वजनिक रूपमा व्यापक रूपले प्रचार गर्ने उद्देश्यले साझा यातायातका बसहरूमा बीमा सन्देश उल्लेख भएका स्टिकरहरू टाँस्न शुरू गरेको छ । त्यस क्रममा, आज ललिपुरको पुल्चोकस्थित साझा यातायातको कार्यालयमा काठमाडौं उपत्यकाका विभिन्न रूटमा संचालित साझा यातायातका बसहरूमा बीमा सम्बन्धी सन्देशहरू रहेका स्टिकरहरू टाँसिएका छन् । […]

क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको अभिकर्ता तथा शाखा प्रबन्धकको  भेला सम्पन्न

काठमाडौं । क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको  प्रथम अभिकर्ता तथा शाखा प्रबन्धकको  भेला सम्पन्न भएको छ । कम्पनीले अभिकर्ता तथा शाखा प्रबन्धकलाई ब्यवसायीक लक्ष्य प्राप्त गर्न सफल ६० भन्दा बढी अभिकर्ता तथा शाखा प्रबन्धकहरु उक्त कार्यक्रममा उपस्थित भएका थिए कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रताप मान श्रेष्ठले कम्पनीले उल्लेख्य ब्यवसाय गर्न सक्नु कम्पनीको सफलता रहेको भनाई […]

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको , नाफा दोब्बरले बढ्यो

काठमाडौं ।  सिद्दार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्ष २०८०।८१ को तेस्रो त्रैमाससम्मको वित्तीय विवरण प्रकाशन गरेको छ। २ अर्ब ८० करोड शेयर पुँजी भएको कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ५९ करोड ७१ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीले २८ करोड ४८ लाख रुपैयाँ नाफा आर्जन गरेको […]