कोशी प्रदेशमा भारी बर्षा हुने

काठमाडौं । जल मौसम बिज्ञान बिभाग मौसम पुर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहनेछ। सबै प्रदेशका केही स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। महाशाखाले जनाए अनुसार आज राती देशभर साधारणतया बदली रहनेछ । कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी, लुम्बिनी र सूदुरपश्चिम प्रदेशका केही […]

युरो डलरको मूल्य बढ्यो, अन्य विदेशी मुद्राको विनिमयदर कति?

काठमाडौं । नेपाल राष्ट बैङ्कले आजको लागि बिदेशी मुद्राको विनिमय दर तय गरेको छ । राष्ट्र बैङ्कले तय गरेको विदेसी मुद्राको विनिमय दर अनुसार अमेरिकी डलर १ को खरिद दर १ सय ४० रुपैया ८२ पैसा  बिक्रि दर १ सय ४१ रुपैया ४२ पैसा रहेको छ । युरोपियन युरोको खरिद दर १ सय ६५ रुपैया ३ […]

म्युचुअल फन्डहरुको नाफामा भारी गिरावट, सेयर बजारमा करिब ५० अर्ब लगानी

काठमाडौं । सञ्चालनमा रहेका ४९ म्युचुअल फन्डहरुको नाफामा भारी गिरावट देखिएको छ । चालु आर्थिक वर्षको साउन महिनामा फन्डहरुले समग्रमा ७ करोड ३० लाख रुपैयाँ नाफा कमाएका छन् । अघिल्लो महिना अर्थात, गत वर्षको असारमा फन्डहरुको नाफा ७ अर्ब ४ करोड थियो । सेयर बजार घटेसँगै यी फन्डहरुको नाफामा पनि गिरावट आएको हो । फन्डको लगानीको […]

दशैंका लागि मुस्ताङबाट च्याङग्रा र दाङ, हेटौडाबाट खसीबोका ल्याइने, अनलाइन बुकिङ गर्न सकिने

काठमाडौं । नेपालीहरुको ठूलो चाडपर्वहरुलाई लक्षित गरी खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सहुलियत मूल्य पसल सञ्चालन गर्ने भएको छ । यो पसल घटस्थापनाको एक साता अघि अर्थात, भदौ ३० गतेदेखि छठ पर्वसम्म सञ्चालन हुनेछ । सो पसल ४५ जिल्लाका १११ स्थानहरुबाट छुट मूल्य सहित सञ्चालन हुनेछन् । आवश्यकता अनुसार थप जिल्ला र स्थानहरुमापनि पसल […]

पाकिस्तानमा भीषण बाढी, पञ्जाबमा ३३ जनाको मृत्यु, लाखौं प्रभावित

इस्लामाबाद । पाकिस्तानको पूर्वी प्रान्त पञ्जाबमा आएको भीषण बाढीले ठूलो जनधनको क्षति पुर्याएको छ । पञ्जाब प्रादेशिक विपद् व्यवस्थापन प्राधिकरणका महानिर्देशक इरफान अलीका अनुसार, हालसम्म ३३ जनाको मृत्यु भएको छ भने दुई करोडभन्दा बढी नागरिक बाढीबाट प्रभावित भएका छन् । बाढीको जोखिमका कारण करिब पाँच लाख मानिसलाई सुरक्षित स्थानमा सारिएको छ । पञ्जाबका प्रमुख नदीहरूको […]

प्रधानमन्त्री ओलीबाट शाङ्घाइ शिखर सम्मेलनलाई सम्बोधन

थियानजिन । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार शाङ्घाइ सहयोग सङ्गठन (एससिओ) प्लस शिखर सम्मेलनलाई सम्बोधन गरेका छन् ।  उनले सम्बोधनका क्रममा मुलुकको हित, द्विपक्षीय र अन्तर्राष्ट्रिय विषयमा भनाइ राखेका छन् । चीनको थियानजिनस्थित थियानजिन मेइजियान सम्मेलन केन्द्रमा  आइतबारदेखि सुरु भएको सम्मेलनमा प्रधानमन्त्री ओलीसहित सहभागी मुलुकका राष्ट्र प्रमुख तथा सरकार प्रमुखले सम्बोधन गरेका हुन् । चीनका राष्ट्रपति […]

सिटी एक्सप्रेसको दशैं–तिहार अफर हरेक हप्ता १ जनालाई १ लाख

काठमाडौं । सिटी एक्सप्रेस मनि ट्रान्सफरले २०८२ सालको दशैं, तिहार र छठ पर्वलाई लक्षित गर्दै आकर्षक उपहार योजना सार्वजनिक गरेको छ । ‘यो दशैं–तिहारमा सिटी एक्सप्रेसको साथ, हरेक हप्ता १ लाख’ नामक यो योजना लगातार ९ हप्ता सञ्चालन हुनेछ । योजनाअन्तर्गत लक्की ड्रमार्फत हरेक हप्ता १ जनाले रु १ लाख प्राप्त गर्नेछन् भने हरेक दिन […]

८८ हजारभन्दा बढी पर्यटक भित्रिए

काठमाडौं । सन् २०२५ को अगस्टमा ८८ हजार ६८० पर्यटक आगमन भएको छ। नेपाल पर्यटन बोर्डले सोमबार सार्वजनिक गरेको तथ्यांकअनुसार गत वर्षको तुलनामा यस वर्षको अगस्टमा २२ प्रतिशतले पर्यटक वृद्धि भएको देखिएको हो। बोर्डको तथ्यांकअनुसार भारतबाट ३५ हजार ५०५ अर्थात ४० प्रतिशत पर्यटक भित्रिएका छन् भने चीनबाट ७ हजार ५३३ अर्थात ८.५, अमेरिकाबाट ६ हजार […]

कजारियाले काठमाडौंको जोरपाटीमा नयाँ शोरूमको उद्घाटन गर्यो

काठमाडौं । प्रतिष्ठित टाइल ब्रान्ड कजारियाले काठमाडौंको जोरपाटीमा एक अत्याधुनिक शोरूम स्थापना गरेर नेपालमा आफ्नो उपस्थिति अझ बलियो बनाएको छ। जिएनएस ट्रेडर्स द्वारा सञ्चालित यस नयाँ सुविधाले उच्च गुणस्तरका टाइलको बढ्दो मागलाई पूरा गर्न तथा ग्राहकहरूलाई एक उन्नत र उत्तम डिजाइन अनुभव प्रदान गर्ने लक्ष्य राखेको छ। यस भव्य उद्घाटन समारोहमा प्रमुख अतिथिको रूपमा संघीय […]

यामाहा नेपालद्वारा गोरखामा नयाँ ‘थ्री एस’  शो रुमको उदघाटन

काठमाडौं। यामाहा नेपालले गोरखा–०६ मा अवस्थित आफ्नो नयाँ ‘थ्री एस’  3S फ्यासिलिटी (सेल्स, सर्भिसरस्पेयरपार्ट्स) चन्दा सप्लायर्स गर्वका साथ शुभारम्भ गरेकोछ। यस नयाँ शोरुमको औपचारिक उद्घाटन प्रमुख अतिथिका रूपमा उपस्थित गोरखा नगरपालिकाका प्रमुख श्रीकृष्णबहादुरराना मगर, गोरखा नगरपालिकाका उपप्रमुख मसलीमाया थोकर र गोरखाका प्रमुख जिल्ला अधिकारी रामु राज कडरियाले गरेका थिए। कार्यक्रममा विशेष अतिथिका रुपमा एम ए […]