बिदामा पनि आयल निगमका १३ वटा डिपो खुला रहने

काठमाडौं । दसैँको सार्वजनिक बिदामा पनि नेपाल आयल निगमका कार्यालय तथा डिपो खुला रहने भएका छन्। सार्वजनिक बिदाका दिनमा पेट्रोलियम पदार्थको सहज बिक्री वितरणको व्यवस्था मिलाउन स्थानीय आवश्यकताका आधारमा १३ वटा डिपो तथा कार्यालय खुला रहने निगमले जनाएको छ। निगमका अनुसार कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रादेशिक कार्यालय तथा धनुषा, चारआली, नेपालगञ्ज, […]

दशैं बिदाको अन्तिम दिन बढ्यो शेयर बजार, घट्यो कारोबार

काठमाडौं । दशैं बिदाको अघिल्लो दिन आइतबार शेयर बजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज, नेप्से परिसूचक ११.५१ अंकले बढेर २६६३.५१ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स ३.२२ अंकले बढेर ४६२.५० विन्दुमा पुगेर बन्द भएको छ । फलोट इन्डेक्स १.१७ अंकले र सेन्सेटिभ इन्डेक्स १.१० अंकले बढेको […]

जेनजी आन्दोलनमा मृत्यु भएका बिनोद महर्जनका परिवारलाई आर्थिक सहयोग हस्तान्तरण

काठमाडौं । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका ललितपुर महानगरपालिका–७ निवासी स्व. बिनोद महर्जनका परिवारलाई सरकारले १५ लाख रुपैयाँ प्रदान गरेको छ । सरकारले उपलब्ध गराएको उक्त रकममध्ये १० लाख आर्थिक सहायता र ५ लाख क्रिया तथा अन्य खर्च शीर्षकमा उपलब्ध गराइएको हो । यो रकमको बैंक चेक ललितपुर प्रजिअ सुमन […]

दसैँलाई लक्षित गरी टोलमा सामाजिक सुरक्षा भत्ता वितरण

दमौली । तनहुँको आँबुखैरेनी गाउँपालिकाले ज्येष्ठ नागरिकलाई टोलमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ । दसैँलाई लक्षित गरी गाउँपालिकाले प्रत्येक वडाका टोलमा पुगेर भत्ता वितरण गरेको हो । ज्येष्ठ नागरिकलाई सहज रूपमा भत्ता उपलब्ध गराउने उद्देश्यसहित गाउँपालिकाले वडामा पुगेर सामाजिक सुरक्षा भत्ता उपलब्ध गराएको प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त तिमिल्सिनाले जानकारी दिए । पालिकाले चालु […]

कोरोला नाका स्तरोन्नति गरी व्यवस्थित रुपमा सञ्चालन गर्न अध्यक्ष ढकालको आग्रह

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले मुस्ताङ जिल्लामा अवस्थित नेपाल, चीन सिमानाका कोरोलाको थप स्तरोन्नति र व्यवस्थित सञ्चालनका लागि नेपाल सरकारसँग आग्रह गरेका छन् । महासंघको गण्डकी प्रदेश समिति एवं यस अन्तर्गतका जिल्ला उद्योग वाणिज्य संघका नेतृत्वसँग सो नाकाको निरीक्षणपछि उनले सो आग्रह गरेका हुन् । अध्यक्ष ढकालले भने, “कालीगण्डकी करिडोरको निर्माण […]

सागर डिस्टिलरीको आईपीओ बाँडफाँड

काठमाडौं । सागर डिस्टिलरी लिमिटेडको आईपीओ बाँडफाँड भएको छ। बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलले आज बिहान आईपीओ बाँडफाँड गरेको हो। कम्पनीको आईपीओमा आवेदन दिएका मध्ये १ लाख १९ हजार ६४ जनाले आईपीओ पाएका छन् । २१ लाख ७ हजार ९८९ जनाको हात खालि हुने भएको छ। कम्पनीको आईपीओमा २३ लाख ५२ हजार ४९३ जनाले आवेदन दिएका […]

गृहमन्त्री अर्यालको निर्देशन : तोडफोड र आगजनी गर्नेहरूलाई कारबाही अघि नबढाउनू

काठमाडौं । अन्तरिम सरकारका गृहमन्त्री ओमप्रकाश अर्यालले गत भदौ २३ र २४ गते भएको ‘जेन-जी आन्दोलन’को बहानामा सरकारी सम्पत्ति तोडफोड, आगजनी र लुटपाटमा संलग्नलाई कारबाही नगर्न निर्देशन दिएका छन् । खासगरी सरकारी संरचना तोडफोड र आगजनीमा संलग्नहरूलाई प्रहरीले कानुनी दायरमा ल्याइरहेका बेला गृहमन्त्री अर्यालले ठाडो हस्तक्षेपसहित कानुनी कारबाही नगर्न निर्देशन दिएका हुन्। यसबारे छानबिन गरी […]

कर्ण थापाले ओलीलाई गरे हिटलरसँग तुलनाः हावादारी गफले देश बन्दैन

काठमाडौं । नेकपा एमालेका नेता कर्णबहादुर थापाले अध्यक्ष केपी शर्मा ओलीलाई हिटलरसँग तुलना गर्दै हावादारी गफले देश नचल्ने टिप्पणी गरेका छन्। जेनजी आन्दोलनपछि पनि पुरानै शैलीमा अभिव्यक्ति दिइरहेका ओलीलाई थापाले उडन्ते र हावादारी भन्दै टिप्पणी गरेका हुन्। यसअघि ओलीले शनिबार भक्तपुरको गुण्डुस्थित निवासमा युवासंघले गरेको कार्यक्रमलाई सम्बोधन गद जेनजीको आन्दोलन र त्यसपछि बनेको अन्तरिम सरकारका […]

कांग्रेसले यसवर्ष चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम नगर्ने

काठमाडौं । नेपाली कांग्रेसले हरेक वर्ष कोजाग्रत पूर्णिमाको दिन चियापान समारोह आयोजना गरी शुभकामना आदानप्रदान गर्दै आएकामा यस उक्त कार्यक्रम नगर्ने भएको छ। कांग्रेसले विसं २०३३ देखि जननायक बीपी कोइराला निर्वासनबाट ‘राष्ट्रिय एकता तथा मेलमिलापको नीति’ लिई स्वदेश फर्केपछि हरेक वर्ष कोजाग्रत पूर्णिमाको दिन चियापान समारोह आयोजना गरी शुभकामना आदानप्रदान गर्दै आएको हो। कांग्रेस केन्द्रीय […]

चार्जिङ स्टेसन मार्फत रोजगारी सिर्जना गरौं : ऊर्जामन्त्री घिसिङ

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले विद्युतीय चार्जिङ स्टेसन मार्फत युवालाई रोजगारी सिर्जना गर्न सकिने बताएका छन् । विद्युतीय चार्जिङ स्टसेनमा गाडी चार्ज गर्न केही समय लाग्ने भएकाले यात्रुलाई लक्षित गरी त्यस वरपर होटल, रेस्टुरेन्ट, कफी सप खोल्न सकिने र त्यसबाट रोजगारी सिर्जना हुने मन्त्री घिसिङले […]