साफ महिला च्याम्पियनसिप: उपाधिका लागि नेपाल र बंगलादेश भिड्दै

काठमाडौं । साफ महिला च्याम्पियनसिप फुटबलको उपाधिका लागि नेपालले बंगलादेशको सामना गर्दैछ । खेल काठमाडौं स्थित त्रिपुरेश्वरको दशरथ रङ्गशालामा साँझ ६:३० बजेदेखि सुरु हुनेछ । नेपालले सेमिफाइनलमा पाँच पटकको विजेत भारतलाई टाइब्रेकरमा ४–२ र साविक विजेता बंगलादेशले भुटानलाई ७–१ गोल अन्तरले हराउँदै सातौँ संस्करणको फाइनलमा पुगेका हुन् । समूह चरणमा नेपाललाई भुटानले गोल रहित बराबरीमा रोकेको […]

नारायणगढ–बुटवल सडक, डिसेम्बरसम्म स्तरोन्नतिको काम सम्पन्न नगरे सरकारले ठेक्का तोड्ने

काठमाडौं । नारायणगढ–बुटवल सडक निर्माण कम्पनीले आगामी डिसेम्बरसम्म स्तरोन्नतिको काम सम्पन्न नगरे सरकारले ठेक्का तोड्ने भएको छ । नारायणगढ– बुटवल सडक बिस्तार योजना निर्माणको लागि तेस्रो पटक म्याद थप्दा पनि काम सकिएको छैन । वि.सं.२०७५ माघमा सम्झौता भएर २०७९ साउनमा सडक बिस्तारको काम सम्पन्न गर्नुपर्ने भएपनि यसबीचमा तीन पटक म्याद थप गर्दा पनि निर्माण कम्पनीले […]

स्टान्डर्ड चार्टर्ड बैंकको लाभांश घोषणा

काठमाडौं । स्टान्डर्ड चार्टर्ड बैंकले लाभांश घोषणा गरेको छ । बैंकले गत आर्थिक २०८०/८१ को वर्षको मुनाफाबाट आफ्ना सेयरधनीलाई २५.५० प्रतिशत लाभांश दिने घोषणा गरेको हो । कम्पनीको कात्तिक १३ गते मंगलबार बसेको संचालक समितिको बैठले ६.५० प्रतिशत बोनस शेयर र कर सहित १९ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । उक्त प्रस्ताव नेपाल राष्ट्र […]

निफ्राले लाभांश वितरण नगर्ने

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले लाभांश वितरण नगर्ने भएको छ । बैंकले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएको छ। कात्तिक १३ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफा हालको लागि शेयरधनीहरुलाई लाभांश प्रस्ताव नगरी बैंकको वित्तीय अवस्था थप सुदृढ र सबलिकरण गर्दै लैजाने उद्देश्यले सञ्चित गर्ने […]

नबिल बैंकको लाभांश घोषणा

काठमाडौं । नबिल बैंकले लाभांश घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्ष २०८०/८१को मुनाफाबाट शेयरधनीहरुलाई कर सहित १० प्रतिशत लाभांभ वितरण गर्ने घोषणा गरेको छ। कात्तिक १३ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो। नेपाल राष्ट्र बैंकको स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो दरमा नगद […]

एनसेल फाउन्डेसनसँगको सहकार्यमा भूमि लोक महोत्सव सम्पन्न (फोटो फिचर)

काठमाडौं । भूमि फाउण्डेशनले एनसेल फाउन्डेसनको प्रमुख सहकार्यमा जनकपुरस्थित तिरहुतिया गाछीमा मिथिला भेगका विविध लोक संगीत संस्कृतिको संरक्षण र पुनरुत्थान गर्ने उद्देश्यसहित आयोजना गरेको भूमि लोक उत्सव सफलता पूर्वक सम्पन्न भएको छ । शनिवार सम्पन्न यस महोत्सवमा स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलाकारहरूको प्रस्तुति रहेको थियो भने स्थानीय मान्यगण, देशी, विदेशी अतिथिहरू एवं हजारौं जनकपुरबासीहरूको सहभागिता रहेको […]

सुनको मूल्य एक लाख ७० हजार ७००

काठमाडौं । सुनको भाउले दिन दिनै नयाँ रेकर्ड कायम गरेको छ । आज सुन २२०० रुपैयाँले बढेर हालसम्मको उच्च विन्दु एक लाख ७० हजार ७०० रुपैयाँ पुगेको छ । मंगलबार छापावाल सुन प्रति तोला एक लाख ६८ हजार रुपैयाँमा कारोबार भएको थियो । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार चाँदी प्रति तोला २ हजार १२० रुपैयाँमा […]

फेरी बन्यो भूमि समस्या समाधान आयोग

काठमाडौं । मंगलवार सिंहदरबारमा बसेको मन्त्रीपरिषद्को बैठकले सरकारले भूमि समस्या समाधान आयोगको गठन गर्ने निर्णय गरेको हो । हरिप्रसाद रिजालको अध्यक्षतामा आठ सदस्यीय भूमि समस्या समाधान आयोग गठन भएको सञ्चार प्रविधि तथा सूचना मन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिएका छन् । आयोगको उपाध्यक्षमा जाजरकोटका सनतकुमार कार्की, विज्ञ सदस्यमा एमालेबाट सिन्धुपाल्चोकका जगत बस्नेत, कांग्रेसबाट कैलालीका टेकबहादुर शाह, […]

राजस्व चुहावट नियन्त्रणका लागि संयुक्त रणनीति अपनाइने

काठमाडौं । राजस्व चुहावट नियन्त्रणका लागि राजस्व प्रशासनका तीन महत्वपूर्ण विभागहरूले संयुक्त रणनीति तय गरेर कार्यान्वयनमा जाने भएका छन्। भन्सार विभाग, आन्तरिक राजस्व विभाग र राजस्व अनुसन्धान विभागका विभागीय प्रमुख सहित उच्च पदस्थ अधिकारीहरू संलग्न बैठकले राजस्व चुहावट नियन्त्रणका लागि संयुक्त रणनीति तय गरेर कार्यान्वयनमा जाने निर्णय गरेको हो। बैठकले अन्तर विभागीय समन्वय बढाउने र […]

नेकपाका संस्थापक नरबहादुर कर्माचार्यको जन्मशताब्दी मनाइने

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी-केन्द्र) र नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठानले नेपाल कम्युनिष्ट पार्टीका संस्थापक सदस्य नरबहादुर कर्माचार्यको जन्मशताब्दी  बर्षभरी मनाउने भएको छ । सो कुराको जानकारी नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठानले पत्रकार सम्मेलन मार्फत दिएको  हो । जन्म शताव्दीको सुरुवात आज नेकपा माओवादी केन्द्रका अध्यक्ष एंव नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठानका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कर्माचार्यको […]