सानिमा बैंकको आज एजीएम: शेयरधनीले के पाउँदैछन्?

काठमाडौं । सानिमा बैंकको लाभांश प्रस्ताव पारित गर्न आज मंगलबार मंसिर ४ गते वार्षिक साधारण सभा बस्ने भएको छ । सभा, आम्रपाली ब्यांक्वेट, भाटभटेनी काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । साधारण सभामा बैंकले करसहित ५.२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ । त्यस्तै, गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब, नगद प्रवाहलगायत […]

मलेखु–मुग्लिन सडकको काम चाडपर्वपछि तीव्र गतिमा

काठमाडौं । पृथ्वी राजमार्गको मलेखु–मुग्लिन सडकको काम चाडपर्व सकिएसँगै तीव्र बनाइएको छ । सम्झौताको आधा समय बितिसक्दा पनि कामले गति लिन नसकेपछि पछिल्लो समय कामलाई तीव्र बनाइएको हो । शर्मा–जेडआई सिजी जेभीले सन् २०२२ को डिसेम्बरबाट काम सुरु गरेको हो । तीन वर्ष भित्रमा काम सम्पन्न गर्नुपर्ने गरी सम्झौता गरिएको थियो । अहिलेसम्म १८ प्रतिशत […]

शिखर इन्स्योरेन्सको २० औं वार्षिक उत्सव कार्यक्रम सम्पन्न

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीको २०औं वार्षिक उत्सव समारोह विविध कार्यक्रमसहित भव्य रुपमा सम्पन्न भएको छ । कम्पनीले वार्षिकोत्सवको अवसरमा २० वर्ष भन्दा बढी समय देखि कार्यरत ११ जना कर्मचारीहरुलाई सुनको सिक्का तथा १० वर्ष भन्दा बढी समयदेखि कार्य गर्ने ३४ जना कर्मचारीहरुलाई १०० ग्राम चाँदीको सिक्का सहित सम्मान गरेको छ । कम्पनीले विगतमा पनि हरेक […]

महासंघमा साना तथा मझौला उद्यम विकास केन्द्र स्थापना

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासघमा लघु घरेलु तथा साना मझौला उद्यम विकास केन्द्र स्थापना भएको छ । केन्द्रको उदघाटान सोमबार राष्ट्रिय योजना आयोगका सचिव मधु मरासिनी, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव कृष्ण राउत र महासंघ अध्यक्ष चन्द्र प्रसाद ढकालले संयुक्त रुपमा गरे । केन्द्रले व्यवसाय सञ्चालनका लागि आवश्यक सीप, प्रविधि, र तालिम प्रदान गर्नेछ […]

स्तरोन्नतिको चुनौति सामना गर्न उद्यममा नव प्रवर्तन’

काठमाडौं । नेपाल अतिकम बिकसित मुलुकबाट स्तरोन्नति हुने संघारमा रहेको सन्दर्भमा यसबाट आइपर्ने चुनौति सामना गर्न साना उद्यम एवं स्टार्ट अपमा नवप्रवर्तन आवश्यक रहेको सरोकारवालाहरुले वताएका छन । नेपालले अन्तराष्ट्रियस्तरमा पाइरहेको सुविधा कटौति हुने भएकाले प्रतिष्पर्धि बन्न नवीनता र तुलनात्मक लाभका क्षेत्र पहिचान गर्नुपर्ने उनीहरुको धारणा थियो । नेपाल उद्योग वाणिज्य महासंघले सोमबार आयोजना गरेको […]

गरिमा विकास बैंकले १८ औं वार्षिकोत्सवको अवसरमा रोड रेस कम्पिटिसन-२०८१ आयोजना गर्ने

काठमाडौं ।गरिमा विकास बैंक लिमिटेडले १८औं वार्षिकोत्सवको अवसरमा आगामी मंसिर ८ गते शनिबार गरिमा रोड रेस कम्पिटिसन २०८१ आयोजना गर्ने भएको छ । विकास बैंकले खुल्लातर्फ १० किलोमिटर र कर्पोरेटतर्फ ५ किलोमिटर दुरीको रोड रेस कम्पिटिसन २०८१ आयोजना गर्न लागेको हो । दुवै विधाअन्तर्गत महिला र पुरुषतर्फ गरी कुल चारवटा प्रतिस्पर्धा हुनेछ । खुल्लातर्फको १० […]

वायुसेवा निगमको वाइडबडी जहाज मर्मत गरेर इटालीबाट फर्कियो, अब नियमित उडान

काठमाडौं । नेपाल वायुसेवा निगमको ए–३३० वाइडबडी जहाज ‘नाइन एन–एएलजेड’ (मकालु) आजदेखि पुन: नियमित उडानमा जाने भएको छ । जहाजको नियमित सी–चेकको मर्मतपश्चात् नियमित उडान गर्न लागिएको निगमका प्रवक्ता रमेश पौडेलले बताए । जहाज मर्मतका लागि तीन महिनाअघि इटाली लगिएको थियो । उनले भने, ”अन्तर्राष्ट्रिय विधिसम्मत प्रक्रिया पूरा गरी सी–चेकको मर्मतसम्भारपछि जहाज आइपुगेको छ । […]

२० करोडले घट्यो वीरगञ्ज सुक्खा बन्दरगाहको राजस्व संकलन

वीरगञ्ज । वीरगञ्जको सिर्सियास्थित सुक्खा बन्दरगाह भन्सार कार्यालयले चालु आर्थिक वर्षको चार महिनामा १६ अर्ब ५५ करोड २६ लाख ९९ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । कार्यालयले चार महिनाको अवधिमा कुल वार्षिक लक्ष्यको २७ दशमलव ५७ प्रतिशत राजस्व संकलन गरेको हो । सुक्खा बन्दरगाह भन्सार कार्यालयका अनुसार विदेशी मुलुकबाट वस्तु तथा सामान आयात घट्दा […]

नक्कली फेसबुक आइडीबाट २७ लाख ठगी गर्ने युवक पक्राउ

काठमाडौं । नक्कली फेसबुक आइडी बनाएर बिहेको प्रलोभन देखाउँदै ठगी गरेको आरोपमा एक युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा तनहुँ आँबुखैरेनी गाउँपालिका-५ घर भई हाल काठमाडौँ चन्द्रागिरि नगरपालिका वडा ७ हाईभिजिन कोलोनी बस्ने रुद्र बहादुर गुरुङ रहेका छन् । उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले चन्द्रागिरिको हाईभिजन कोलोनीबाट आइतबार पक्राउ गरेको हो। उनले फेसबुकमा […]

टीओडीका आधारमा बक्यौता गणना गर्न विज्ञ समिति गठन

काठमाडौं । डेडिकेटेड तथा ट्रंक लाइन विवादमा नेपाल विद्युत् प्राधिकरणले काटेका बिलबिजकको अध्ययन गर्न तथा पुनः गणना गर्न विज्ञ समिति गठन गरिएको छ । राष्ट्रिय योजना आयोगका पूर्वसदस्य डा. अरबिन्द मिश्रको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरिएको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको छ । समितिमा नेपाल विद्युत् प्राधिकरणका एक जना पूर्वकर्मचारी र एक जना […]