ढल्केबर–लोहारपट्टी १३२ केभी प्रसारण लाइन निर्माण सम्पन्न

काठमाडौं ।  ढल्केबरबाट महोत्तरीको लोहारपट्टीसम्मको १३२ केभी डबल सर्किट प्रसारण लाइन निर्माण सम्पन्न भएको छ । ढल्केबर–लोहारपट्टी प्रसारण लाइन र लोहारपट्टी १३२ केभी सबस्टेसन निर्माण सम्पन्न गरी बुधबारबाट सञ्चालनमा (चार्ज) ल्याइएको छ । धनुषा र महोत्तरीको विद्युत् आपूर्ति प्रणाली सुधार, बढ्दो विद्युत् माग व्यवस्थापन र विद्युत् आपूर्तिलाई भरपर्दो तथा गुणस्तरीय बनाउन सरकार र नेपाल विद्युत […]

एशियन लाईफ इन्स्योरेन्सको संस्थापक शेयर बिक्रिमा

काठमाडौं ।एशियन लाईफ इन्स्योरेन्स कम्पनीको ५,३०,००० कित्ता संस्थापक बिक्रिमा रहेको छ  । सो शेयर खरिद गर्न चाहने इच्छुक संस्थापक शेयरधनीले साउन ३२ गतेदेखि भदौ ११ गतेसम्म बिक्री प्रबन्धक एनआइएमबि एस क्यापिटल , लाजिम्पाट, काठमाडौंमा आवेदन दिनु पर्नेछ। शेयरको प्रतिकित्ता न्यूनतम मूल्य २७५ रुपैयाँ तोकिएको छ । आवेदकले फाराम खरीद गर्दा एनआइएमबि एस क्यापिटल लिमिटेडबाट छाप […]

बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशमा भारी पानी पर्ने

काठमाडौं । मौसम पुर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । हाल गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली रही केही   स्थानहरुमा  मेघगर्जन/चट्याङ सहित हल्का देखी मध्ययम वर्षा भइरहेको छ र बांकी भु-भागहरुमा आंशिक देखी साधारणतया बदली रहेको  बिभागले जनाएको छ । […]

७ अर्ब ४३ करोड पुग्यो निर्जीवन बीमाको नाफा , सबैभन्दा बढी नाफा कमाउनेमा नेपाल इन्स्योरेन्स

काठमाडौं । निर्जीवन बीमा कम्पनीहरुको नाफामा उछाल आएको छ । आर्थिक वर्ष २०७९/८० को तुलनामा आर्थिक वर्ष २०८०/८१ मा निर्जीवन बीमा कम्पनीहरुको नाफा ५५.८० प्रतिशतले बढेको छ । आर्थिक वर्ष २०८०/८१ मा कम्पनीहरुले ७ अर्ब ४३ करोड १३ लाख ४ हजार रुपैयाँ नाफा कमाउँदा आर्थिक वर्ष २०७९/८० मा कम्पनीहरुको नाफा ४ अर्ब ८६ करोड ३१ […]

प्रतिलिटर ५ रुपैँयाले घट्यो पेट्रोल र डिजेलको मूल्य

काठमाडौं ।नेपाल आयल निगमले  पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। नेपाल आयल निगमले ३२ साउन २०८१  बिहान एक बजेबाट लागू हुने गरी पेट्रोल र डिजेल, मट्टीतेलको मूल्य घटाएको हो । निगमले पेट्रोलमा प्रतिलिटर ५  रूपैयाँ र डिजेल तथा मट्टीतेल प्रतिलिटर ३ रूपैयाँले मूल्य घटाएको हो । नयाँ मूल्य अनुसार पेट्रोलको मूल्य पहिलो बर्गलाई प्रतिलिटर १६२ रुपैँया […]

विकासको लहर ल्याउने गरी व्यवस्थित र ठोस योजना ल्याउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी तीन महिनाभित्र तीब्र विकासको लहर ल्याउने र नयाँ कीर्तिमान राख्ने गरी ठोस योजना ल्याउन निर्देशन गरेका छन् । नेपाल सरकारका मन्त्रालयहरुको वार्षिक प्रगति समीक्षा, चालु आर्थिक वर्षका बजेट र कार्यक्रम कार्यान्वयन योजनाका साथै वर्तमान सरकारको १०० दिनभित्र गरिने मुख्य कामबारे आज बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको प्रस्तुतिपछि […]

नेशनल लाईफको ब्रान्च मेनेजर्स एनुअल कन्फरेन्स ”शेपिङ द फ्यूचर” सम्पन्न

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले ”शेपिङ द फ्यूचर” भन्ने नाराका साथ ४ दिने ब्रान्च मेनेजर्स एनुअल कन्फरेन्स चितवन स्थित होटल सोल्टी वेस्टेण्डमा सम्पन्न गरेको छ । कम्पनीका अध्यक्ष प्रेमा राज्य लक्ष्मी सिंहको सभापतित्वमा आयोजना गरिएको सो सम्मेलनको पानसमा द्धिप प्रज्वलन गरी समुद्धघाटन गरेकी थिइन् । सिंहले गत आर्थिक वर्ष २०८०/८१ मा कम्पनीले प्रथम बीमाशुल्क सहित […]

प्रभु बैंक र बुद्व एयरबिच विशेष छुट सम्झौता

काठमाडौं । प्रभु बैंकका कर्मचारी तथा ग्राहकवर्गहरुलाई बुद्व एयर को सेवामा विशेष छुट दिने सम्झौता भएको छ । एक समारोहका बिच सम्पन्न सम्झौतामा प्रभु बैंकका तर्फबाट चिफ म्यानेजर मन्जय राज पाण्डे र बजार व्यवस्थापक दिना चित्रकार तथा बुद्व एयरको तर्फबाट डाइरेक्टर रुपेश जोशी र सिनियर म्यानेजर उद्वव लाल कायस्थले हस्ताक्षर गरे । सम्झौता अनुसार प्रभु बैंकका […]

विश्व बैंकले बजेटरी सहायता वृद्धि गर्ने

काठमाडौं । विश्व बैंकले नेपाललाई प्रदान गर्ने बजेटरी सहायता वृद्धि गर्ने भएको छ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग भएको भर्चुअल बैठकमा विश्व बैंकका दक्षिण एसिया क्षेत्रका लागि उपाध्यक्ष मार्टिन रेजरले बजेटरी सहयता वृद्धि गर्ने जानकारी दिएका हुन् । उपाध्यक्ष रेजरले लगानीको वातावरण, आर्थिक सुधार, रोजगारी वुद्धि लगायतका क्षेत्रमा सुधारका लागि सुझाव दिनु भएको छ । […]

पर्सा टेलिकम्यूनिकेसनको अनुमतिपत्र खारेजी

काठमाडौं । नेटवर्क सेवा प्रदायक पर्सा टेलिकम्यूनिकेसन प्रालिको अनुमतिपत्र खारेजी भएको छ। पर्सा टेलिकम्यूनिकेसनले समयावधि भित्र अनुमतिपत्र नवीकरण नगरेकाले खारेजीमा परेको नेपाल दूरसञ्चार प्राधिकरणले जानकारी दिएको छ। पर्सा टेलिकम्यूनिकेसन प्रालि विरगन्ज–८ पर्सालाई २०७६ साउन २२ गते नेटवर्क सेवा प्रदायकको अनुमतिपत्र (अनुमतिपत्र नं. भि.ज.६–२४) प्रदान गरिएको छ। पर्सा टेलिकम्यूनिकेसनको अनुमति अवधि २०८१ साउन २१ गतेसम्म रहेको छ। […]