आजदेखि आधा सिलिन्डर ग्यास‚ ९५५ रुपैयाँ पर्ने

काठमाडौं । बजारमा खाना बनाउने ग्यासको माग अस्वाभाविक रूपमा बढेपछि आज (शुक्रबार) देखि उपभोक्ताले आधा सिलिन्डर भरेको ग्यास पाउनेछन्। नेपाल आयल निगमले २९ फागुन (आज) देखि अर्को निर्णय नभएसम्म सिलिन्डरमा ७.१ केजी ग्यास भरेर आधा मूल्यमा बिक्री-वितरण गर्ने निर्णय गरेको हो। बजारमा ग्यास अभाव भएको गुनासो आएपछि निगमले अस्थायी व्यवस्था लागु गरेको हो। नियमित रूपमा […]

नेकपा एमालेका अध्यक्ष ओलीलाई पितृ शोक

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ । ओलीका पिता मोहन प्रसाद ओलीको ९७ वर्षको उमेरमा आज बिहान गठ्ठाघरस्थित एक अस्पतालमा निधन भएको हो । अस्पताल स्रोतका अनुसार केही समय यता मोहनप्रसाद ओली अस्वस्थ थिए । उनको पार्थिव शरीरलाई ओली निवास गुण्डुमा लैजाने तयारी गरिएको छ । साथै आजै पशुपति […]

बेनी–ढोरपाटन–तकसेरा जोड्ने सडकमा गाडी चल्न थाले

म्याग्दी । गण्डकी प्रदेशको बेनी–ढोरपाटन हुँदै लुम्बिनी प्रदेशको तकसेरा जोड्ने सडकमा सवारीसाधन गुड्न थालेका छन् । हालै मार्ग खुलेको बेनी–ढोरपाटन–तकसेरा जोड्ने १२२ किलोमिटर दूरीको यो सडक मध्यपहाडी लोकमार्गको बागलुङ–काँक्री खण्डको तुलनामा ५० किलोमिटर छोटो छ । बागलुङदेखि पूर्वीरुकुमको काँक्रीको दूरी १७५ किलोमिटर छ । पुथा उत्तरगङ्गा गाउँपालिकाको बा२ झ ३५३७ नम्बरको गाडी तकसेरादेखि बिहीबार पहिलोपटक […]

‘द हन्ड्रेड’ क्रिकेटको अक्सनमा सन्दीप ‘अनसोल्ड’

काठमाडौं । इंग्ल्यान्डमा हुने ‘द हन्ड्रेड’ क्रिकेट प्रतियोगिताको अक्सनमा नेपाली राष्ट्रिय टोलीका लेगस्पीनर सन्दीप लामिछाने ‘अनसोल्ड’ भएका छन् । सन्दीपले विदेशी खेलाडी (अन्य) क्याटेगोरीमा ३१ हजार पाउन्ड बेस मूल्यमा नाम दर्ता गराएका थिए । विदेशी खेलाडीको कोटा पूरा भइसक्दासम्म उनको नाम अक्सनमै आएन । अन्तिम चरणमा टिमलाई खेलाडी रोज्‍न दिइएको भएपनि उनलाई कुनै पनि टिमले […]

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ८०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ५०, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ५२, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु ६२, आलु रातो प्रतिकिलो रु २२, आलु रातो (मुडे) प्रतिकिलो रु २४, […]

पोर्तुगलमा नयाँ वर्ष २०८३ को अवसरमा सांगीतिक साँझ, सापकोटा र खड्काको प्रस्तुति रहने

काठमाडौं । पोर्तुगलमा आगामी अप्रिल १९ मा सांगीतिक साँझ आयोजना गरिने भएको छ। नेपाली नयाँ वर्ष २०८३ लाई लक्षित गर्दै आयोजना गर्न लागिएको उक्त कार्यक्रममा चर्चित नेपाली गायक अर्जुन सापकोटा र बिप्लप खड्काले विशेष प्रस्तुति दिने भएका छन्। कार्यक्रमको आयोजना डाँफे इन्टरटेन्मेन्टले गर्न लागेको हो। आयोजकका अनुसार पोर्तुगलमा बसोबास गरिरहेका नेपाली समुदायलाई लक्षित गर्दै सांगीतिक […]

भर्जिनियाको विश्वविद्यालयमा गोलीकाण्ड : विद्यार्थीले नै गरे बन्दुकधारीको प्रतिकार

भर्जिनिया । अमेरिकाको भर्जिनियास्थित ओल्ड डोमिनियन युनिभर्सिटीमा भएको गोलीकाण्डमा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। बिहीबार भएको यस घटनालाई एफबीआईले ‘आतङ्कवादी कार्य’ को रूपमा अनुसन्धान गरिरहेको छ। आक्रमणमा संलग्न सन्दिग्ध बन्दुकधारी मोहमद बेलर जालोको पनि मृत्यु भएको छ। आक्रमणकारी जालो भर्जिनिया नेशनल गार्डका पूर्व सदस्य हुन्, जो यसअघि इस्लामिक स्टेट […]

जलयात्राले हतुवागढीसँग तराई क्षेत्रको दूरी छोटियो

भोजपुर । भोजपुरको हतुवागढी गाउँपालिका–९ कोप्चेबाट बराहक्षेत्रसम्म पानीमा सञ्चालन हुने बोट सञ्चालनले स्थानीय नागरिकको आवतजावत सहज बनेको छ । जलयात्रामार्फत धरान, इटहरी, विराटनगरलगायत तराईका सहरसँग दक्षिणी भेगका नागरिकको दूरी छोटिएको छ । दूधकोशी र अरुणजस्ता ठुला नदीमा पुल नहुँदा वर्षौँदेखि स्थानीयवासी आवतजावतमा समस्या झेल्दै आएका थिए । अहिले अरुण नदीमा बोट सञ्चालन भएपछि दैनिक यात्रामा […]

ढोरपाटनमा पहिलोपटक पुग्यो केन्द्रीय लाइन

ढोरपाटन । नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटनमा पहिलोपटक केन्द्रीय प्रसारण लाइनले जोडिएको छ । भौगोलिक विकटताका कारण अहिलेसम्म केन्द्रीय लाइन पुग्न सकेको थिएन । ढोरपाटन उपत्यकासहित आसपासका बस्ती लघुजलविद्युत्को भरमा थिए । नेपाल विद्युत् प्राधिकरण बागलुङ वितरण केन्द्रले बुर्तिबाङ बजारबाट ३५ किलोमिटर लामो पश्चिममा रहेको ढोरपाटनमा केन्द्रीय लाइन पुर्याएको हो । प्राधिकरणका बागलुङ प्रमुख दिलीप […]

डेडिकेटेड र ट्रङ्क लाइन महसुल विवाद: आयोगमा चैत १ गते सुनुवाइ हुने

काठमाडौं । विवादित डेडिकेटेड र ट्रङ्क लाइन महसुल विवादका सम्बन्धमा विद्युत् नियमन आयोगमा आगामी चैत १ गते सुनुवाइ हुने गरी निर्धारण गरिएको छ । आयोगले सो दिन पञ्चकन्या प्लास्टिक इन्डस्ट्रिज प्रालि र पञ्चकन्या स्टिलका सम्बन्धमा सुनुवाइ गरिने जनाएको छ । विवादित महसुलका सम्बन्धमा सुरुआती सुनुवाइ आयोगमा हुने र आयोगले दिने निर्णयमा चित्त नबुझेको खण्डमा अदालत […]