बक्यौता भुक्तानी नभए कडा कदम चाल्न बाध्य हुने निर्माण व्यवसायीको चेतावनी

काठमाडौं । निर्माण व्यवसायीहरुले आफूहरुको बाँकी बक्यौता रकम तत्काल भुक्तानी नगरे सरकारविरुद्ध कडा कदम चाल्न बाध्य हुने चेतावनी दिएका छन् । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंह, पूर्वअध्यक्ष सकुन्तलाल हिराचनलगायतका व्यवसायीहरुले निर्माण व्यवसायीहरुको सबै बक्यौता रकम तिहार अघि पनि भुक्तानी नगरे सरकारविरुद्ध कडा कदम चाल्न बाध्य हुने चेतावनी दिएका हुन् । महासंघका पूर्वअध्यक्ष शरदकुमार […]

कोरियाले नेपाललाई ५ लाख अमेरिकी डलर बराबरको सहायता प्रदान गर्ने

काठमाडौं । गणतन्त्र कोरिया सरकारले हालैको विपद्पछिको पुन:निर्माणका लागि नेपाललाई पाँच लाख अमेरिकी डलर बराबरको मानवीय सहायता उपलब्ध गराउने भएको छ । नेपालस्थित कोरियाली दूतवासले त्यहाँको सरकारले मंगलबार यस्तो निर्णय गरेको जनाएको हो । यस सहयोगबाट विपद्पछिको पुन:निर्माण तथा पुन:स्थापना र ती क्षेत्रका बासिन्दाहरूलाई छिट्टै आफ्नो नियमित दैनिक जीवनमा फर्कन मद्दत गर्ने अपेक्षा कोरिया सरकारले […]

६ प्रतिशत लाभांश वितरण गर्दै हिमालयन म्युअुचल फण्ड

काठमाडौं । हिमालयन म्युचुअल फण्ड अन्तर्गतको प्रथम बन्दमुखी सामूहिक लगानी कोष योजना ‘हिमालयन ८०–२०’ ले आर्थिक वर्ष २०८०/०८१ मा ६ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ । हिमालयन क्यापिटलद्वारा व्यवस्थापन गरिएको हिमालयन ८०–२० योजनाले सन्चालन भएको प्रथम वर्षमै ६ प्रतिशत नगद लाभांस प्रदान गर्न सफल भएको छ । सन्चालक समितिले आर्थिक वर्ष २०८०/०८१ […]

दशैं बिदामा ग्लोबल आईएमई बैंकका यी शाखा कार्यालय खुल्ला रहने

काठमाडौं । ग्लोबल आईएमई बैंकले दशैं बिदामा पनि ग्राहकलाई सेवा दिने भएको छ । बैंकले दशैं बिदाको चार दिन बैंकिङ सुविधा उपलब्ध गराउने भएको छ । बैंकका केही शाखा कार्यालयहरु बिहीबार, शुक्रबार, शनिबार, आइतबार र सोमबार सञ्चालनमा रहनेछन् । सञ्चालनमा रहने शाखा कार्यालयहरुले टिकाको दिनमा दिउँसो १ बजेदेखि ३ बजेसम्म र अन्य दिनमा बिहान १० बजोदेखि […]

हिरोको नयाँ एक्सपल्स प्रो-रैली संस्करण सार्वजनिक

काठमाडौं । नेपालका लागि हिरो मोटरसाइकलको एकल आधिकारिक विक्रेता सीजी मोटर्सले नयाँ एक्सपल्स प्रो–रैली संस्करण नेपाली बजारमा सार्वजनिक गरेको छ । शहर तथा अफ–रोड दुबै क्षेत्रमा उत्कृष्ट सवारी अनुभव दिन सफल एक्सपल्स ग्राहकहरूको पहिलो रोजाइको बाइक बन्दै गइरहेको कम्पनीको दावी छ । साथै, ग्राहकलाई थप आत्मविश्वास दिलाउन र बाइकसँगको सम्बन्ध अझ प्रगाढ बनाउने सोचका साथ सीजी […]

नेपाल बैङ्कका खातावालाले समाज डेण्टल अस्पतालमा छुट पाउने

काठमाडौं । नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरु र बैंकमा खाता रहेका ग्राहकहरुले समाज डेण्टल अस्पतालका विभिन्न स्थानहरुमा रहेका क्लिनिकहरुमा उपचार गर्दा लाग्ने शुल्कमा छुटमा  पाउने भएका छन् । सो सम्वन्धमा  बैङ्क र अस्पतालका बीच सम्झौता भएको छ । सो सम्झौता बमोजिम अस्पतालमा उपचारको क्रममा लाग्ने शुल्कमा  नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरुले विल रकमको १५ प्रतिशत […]

धवलागिरिमा तीन महिनापछि यातायात सञ्चालन

काठमाडौं । भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमा अवस्थित म्याग्दीको धवलागिरि गाउँपालिकाका सडकहरुमा तीन महिनापछि यातायात सञ्चालन हुन थालेका छन् । सात वटा वडा रहेको धवलागिरिको गाउँपालिकाको केन्द्र जोड्ने बेनी–दरवाङ–धारापानी– ताकम–मुना बाहेक अन्य सडकहरु बाढी र पहिराका कारण गत असार महिनाको अन्तिम सातादेखि अवरुद्ध भएका थिए । धवलागिरि गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले बर्खा रोकिएपछि डोजर परिचालन […]

सानिमा बैंकको लाभांश घोषणा

काठमाडौं । सानिमा बैंकले लाभांश घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । बैंकले हाल कायम चुक्ता पूँजीको ५.२६३२ प्रतिशत (कर सहित) नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो । असोज २२ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो। नेपाल […]

सुनचाँदीको मूल्य घट्यो

काठमाडौं । आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बुुधबार छापावाल सुन प्रति तोला एक लाख ५९ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार छापावाल सुन प्रति तोला एक लाख ६१ हजार १०० रुपैयाँमा कारोबार भएको थियो । मंगलबारको तुलनामा बुधबार छापावाल सुन एक हजार रुपैयाँ प्रति तोलाले घटेको हो […]

झण्डै ८ खर्ब पुग्यो बैंक तथा वित्तीय संस्थाको पुँजी कोषको आकार

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाको पुँजीको कोषको आकार ६ प्रतिशतले बढेको छ । चालु आर्थिक वर्षको साउनसम्म बैंक तथा वित्तीय संस्थाहरुको पुँजी कोषका आकार ७ खर्ब ९९ अर्ब ७२ करोड रुपैयाँ रहेको छ । जुन गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा ६ प्रतिशत अर्थात् ४२ अर्ब ८४ करोड रुपैयाँले बढी […]