सप्तकोशी नदीमा जलवहाव उच्च : तटीय क्षेत्रमा सतर्कता रहन आग्रह
धरान (सुनसरी) । गत शुक्रबार र शनिबारदेखिको लगातार वर्षाले सप्तकोशी नदीको जलवहाव बढेको छ । जलवहाव उच्च भएपछि कोशी ब्यारेजमा सबै ५६ ढोका खोलिएका छन् । सुनसरी प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले कोशीमा पानीको वहाव प्रतिसेकेन्ड तीन लाख ३५ हजार ३६० क्युसेकभन्दा बढी भएपछि ५६ ढोका खोलिएको बताए । उनका अनुसार नदीमा निरन्तर जलमापन भइरहेको […]

