१० महिनामा १० अर्ब बीमा पोलिसी सरेन्डर, ३५.५ प्रतिशत सहित नेपाल लाइफ इन्स्योरेन्स शीर्षमा

काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो दश महिनासम्म बीमितहरुले १० अर्ब रुपैयाँभन्दा बढीको बीमा पोलिसी समर्पण (सरेन्डर) गरेका छन्। बीमा प्राधिकरणको तथ्यांक अनुसार चालु आवको वैशाख मसान्तसम्म बीमितहरुले १० अर्ब ७० करोड ३ लाख ९ हजार रुपैयाँ बराबरको ८७ हजार २०१ वटा बीमा पोलिसी सरेन्डर गरेका छन्। सबैभन्दा धेरै पोलिसी सरेन्डर गर्नेमा नेपाल […]

जैविक ऊर्जा र प्लाइउडका कच्चापदार्थमा भ्याट नलगाउन आग्रह

काठमाडौं । आगामी वर्षको बजेटमार्फत दाउरा, वनमारालगायतका वनपैदावारमा सरकारले मूल्य अभिवृद्धि कर (भ्याट) लगाउने प्रस्तावले स्वदेशी उद्योगलाई नकारात्मक असर गर्ने बताइएको छ । जैविक ऊर्जा व्यवसायी संघ नेपाल र नेपाल प्लाइउड उत्पादक संघले आज पत्रकार सम्मेलन गरी स्वदेशकै वनपैदावारमा भ्याट लगाउने तर सोही प्रकृतिको कच्चापदार्थ भारत निकासी गर्न पैठारी कर तथा भ्याट छुटको व्यवस्था गरिएको […]

कुटुम्बको सहकार्यमा संस्कृति स्कुलको विशेष सांस्कृतिक प्रस्तुति

काठमाडौं ।विश्वभर जुन २१ मा विश्व संगीत दिवश मनाईन्छ । यो दिवश संगीत कलाको लागि महत्वपूर्ण सम्मान हो । जुन दिन सबै संगीतकारहरूले एकसाथ आफनो सांगितिक कला प्रदर्शन गर्ने गर्दछन् । प्रत्येक वर्ष, विश्व संगीत दिवशलाई संस्कृति स्कुलले पनि महत्वपूर्ण अवशरका रुपमा मनाउँदै आएको छ । उक्त दिन विद्यालयमा एक विशेष प्रकारको सांगीतिक कार्यक्रमको आयोजना […]

बजेटको ठूलो अंश अनिवार्य दायित्वमा गएकाले नयाँ कार्यक्रमका लागि रकम छैनः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले मन्त्रालयले आर्थिक वर्ष २०८१/८२ का लागि पाएको बजेटको ठूलो अंश अनिवार्य दायित्वका लागि छुट्याउनु परेकाले सुधारात्मक नयाँ योजना तथा कार्यक्रमका लागि धेरै बजेट विनियोजन नभएको बताएकी छन् । प्रतिनिधिसभाको आइतबारको बैठकमा विनियोजन विधेयक, २०८१ अन्तर्गत शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको वार्षिक विकास कार्यक्रमको विभिन्न शीर्षकमाथिको छलफलका क्रममा संसद्मा […]

भारतसँग मात्रै ८ खर्ब १३ अर्ब रुपैयाँ व्यापार घाटा

काठमाडौं । नेपालको सबैभन्दा धेरै व्यापारघाटा भारत र तीनसँग रहेको छ । १ सय वटा भन्दा बढी मुलुकसँग नेपालले वैदेशिक व्यापारमा घाटा व्यहोर्दा सबैभन्दा धेरै भने भारत, चीन र क्रमशः संयुक्त अरब इमिरेटस(यूएइ), युक्रेन, मलेसिया, अष्टे«लिया, अर्जिन्टना, फ्रान्स लगायतका मुलुकसँग रहेको छ । भन्सार विभागको तथ्यांक अनुरुप चालु आर्थिक वर्षको ११ महिनाको अवधिमा नेपालले भारतसँग […]

मुख्यसचिव अर्यालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गर्दै अख्तियार

काठमाडौं । मुख्यसचिव डा.वैकुण्ठ अर्यालविरुद्ध भ्रष्टाचार मुद्दा दायर हुने भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार प्राधिकरणले टेलिकम्युनिकेसन ट्राफिक मोनिटरिङ एन्ड फ्रड कन्ट्रोल सिस्टम (टेरामक्स) खरिदमा अर्यालको संलग्नता भएको देखिएपछि उनीविरुद्ध मुद्दा दर्ता गर्ने तयारी गरेको हो। उनीविरूद्ध अन्तशुल्क स्टिकर घोटालासम्बन्धमा पनि छानबिन सकेर मुद्दा दर्ताको लागि अख्तियार अदालत पुगिसकेको छ । आइतबार विशेष […]

सामान्य अंकले घट्यो सेयर बजार, ४ अर्बको कारोबार

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक सामान्य अंकले घटेको छ । सेयर कारोबार मापक नेप्से परिसूचक ५.३७ अंकले घटेर २ हजार ६२.९४ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स ०.६३ अंकले घटेर ३ सय ६४.४२ विन्दुमा पुगेर बन्द भएको छ । कारोबारको पहिलो दिन आइतबार ७८ वटा कम्पनीको […]

टी–२० विश्वकपः अष्ट्रेलिया माथि अफगानिस्तानको शानदार

काठमाडौं ।अफगानिस्तानले अष्ट्रेलिया माथि शानदार जित हासिल गरेको छ। टी–२० विश्वकप अन्तर्गतको सुपर एटमा अफगानिस्तानले अस्ट्रेलिय माथि २१ रनको ऐतिहासिक जित हासिल गरेको छ। क्रिकेटको कुनै पनि संकरणमा अफगानिस्तानको अस्ट्रेलिया माथिको यो पहिलो जित हो। यो जितसँग अफगानिस्तानले सेमिफाइनलमा पुग्ने सम्भावना कायम राखेको छ । अफगानिस्तानको जित पछि सुपर एट समूह १ बाट सेमिफाइनल पुग्ने […]

आर्थिक वृद्धिदर ७ प्रतिशतसम्म पुर्याउन सकिन्छ: अर्थसचिव मरासिनी

काठमाडौं ।  अर्थसचिव मधुकुमार मरासिनीले आर्थिक वृृद्धिदर ७ प्रतिशतसम्म पुर्याउन सकिने बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले आइतबार आयोजना गरेको नेपाली बैंकिङ क्षेत्रमा जोखिमपूर्ण सम्पत्तिको व्यवस्थापन विषयक छलफल कार्यक्रममा बोल्दै उनले यस्तो दाबी गरेका हुन् । मरासिनीले भने, ‘पछिल्लो समय अर्थतन्त्र सुधार हुँदै गएकोले आर्थिक वृद्धिदर ७ प्रतिशतसम्म पुर्याउन सकिन्छ, हामीले ६ प्रतिशतको […]

मैथिल पत्रकार परिषदको अध्यक्षमा पत्रकार सौरभ यादव चयन

काठमाडौं ।मैथिल पत्रकार परिषदको अध्यक्षमा पत्रकार सौरभ यादव चयन भएको छ । शनिबार राजविराजमा मैथिली साहित्य परिषदको बसेको कार्यसमिति बैठकले मैथिल पत्रकार परिषदको नयाँ कार्यसमिति चयन गरेको हो । परिषदका अध्यक्ष अवधेश झाका अनुसार उपाध्यक्षमा पुनम पोखरेल, सचिवमा प्रवेश मिश्र(बाबुल), उपसचिवमा रुपेश यादव र कोषाध्यक्षमा रुबी मिश्र चयन भएका छन् । पत्रकार परिषदको सदस्यहरू उमेश […]