यूनाइटेड अजोड इन्स्योरेन्सले विशेष साधारण सभा: १५ प्रतिशत हकप्रद र सञ्चालक थप गर्ने प्रस्ताव

काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडकोे विशेष साधारण सभा बिहीबार सम्पन्न भएको छ। नियामक नेपाल बीमा प्राधिकरणले तोकेको चुँता पूँजी पुर्याउन र कम्पनी ऐन अनुसार संस्थापक तथा सर्वसाधारण शेयर अनुपातमा प्रतिनिधित्व गराउन कम्पनीको प्रवन्धपत्र एवं नियमावली संशोधन गर्नुपर्ने भएकोले विशेष साधारण सभा बोलाएको हो। नियामकले कम्पनीको पूँजी सम्बन्धमा वैशाख १७ गतेको पत्रबाट २०८१ असार मसान्त भित्र […]

बन्दीपुर केवलकार व्यावसायिक रुपमा सञ्चालनमा, दैनिक बिहान ६ देखि राति ११ बजेसम्म चल्ने

तनहुँ । पर्यटकीय नगरी बन्दीपुर घुम्न आउने पर्यटक अब केवलकारबाट सहज र छिटो पुग्न सक्ने भएका छन्। परीक्षणका रुपमा मात्रै सञ्चालित बन्दीपुर केवलकार आजदेखि व्यावसायिक रुपमा सञ्चालनमा आएको हो। व्यावसायिक रुपमा सञ्चालनमा आएपछि यहाँ आउने पर्यटकले केवलकारमार्फत सहज रुपमा यात्रा गर्ने भएका हुन्। अन्तराष्ट्रिय प्रविधि तथा सुरक्षा गुणस्तर परीक्षण प्रमाणपत्र (टीयूभी सर्टिफिकेट) प्राप्त गरेपछि व्यावसायिक […]

बंगलादेशले नेपालसँग ४० मेगावट बिजुली किन्ने, प्रति यूनिट ९.२७ रुपैयाँ

काठमाडौं । बंगलादेशले नेपालसँग बिजुली किन्ने भएको छ। बंगलादेश सरकारको मन्त्रिपरिषद् (क्याबिनेट) मातहत सार्वजनिक खरिदसम्बन्धी समितिले मंगलबार नेपालबाट ४० मेगावाट बिजुली प्रतियुनिट ८.१७ टाका (९.२७ रुपैयाँ) मा किन्ने गरी निर्णय गरेको हो । बंगलादेशले पाँच वर्षे सम्झौता गरी नेपालबाट बिजुली किन्न चाहेको हो। यो बिजुली भारतीय भूमी हुँदा बंगलादेश निर्यात हुनेछ । यसका लागि भारतीय […]

९ अंकले घटेको सेयर बजारमा उच्च कारोबार रकम ६ अर्ब

काठमाडौं । साताको अन्तिम दिन बिहीबार सेयर बजार ०.४३ प्रतिशतले घटेको छ । बिहीबार नेप्से परिसूचक ९.३२ अंकले घट्दा २ हजार १ सय १२.२९ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गका मापन गर्ने सूचक सेन्सेटिभ इन्डेक्स ०.७२ अंकले घटेर ३ सय ७४.१८ विन्दुमा पुगेर बन्द भएको हो । बुधबार भने नेप्से परिसूचक ६.३७ अंकले […]

पूँजी वृद्धि र लगानीकर्ता जुटाउन द सेन्चुरियन होटल र नेक्सजेन म्यानेजमेन्टबीच सम्झौता

काठमाडौं । द सेन्चुरियन होटल, बिराटनगर र नेक्सजेन म्यानेजमेन्ट बीच पूँजी वृद्धि, लगानीकर्ता जुटाउने र होटल संचालन सम्बन्धमा सम्झौता भएको छ। सो सम्झौता २०८१ जेठ ३० गते सेन्चुरी ग्रुप अफ कम्पनीको ज्ञानेश्वर स्थित कार्यालयमा भएको हो। सम्झौतापत्रमा सेन्चुरीयन होटलको तर्फबाट अध्यक्ष मोतिलाल दुगड र नेक्सजेन म्यानेजमेन्टको तर्फबाट अध्यक्ष रमेश कुमार भट्टराईले हस्ताक्षर गरे। विराटनगर धरान रोड […]

बजारबाट ३५ अर्ब निक्षेप संकलन गर्दै राष्ट्र बैंक

काठमाडौं । बैंक तथा वित्तीय संस्थामा तरलता बढे सँगै राष्ट्र बैंकले ३५ अर्ब रुपैयाँ बजारबाट उठाउन लागेको छ । १४ दिनको लागि निक्षेप संकलन उपकराण मार्फत् राष्ट बैंकले उक्त निक्षेप रकम संकलन गर्न लागेको हो । राष्ट बैंकका अनुसार आज बिहीबार अपरान्ह ३ बजेसम्म मात्र बोलकबोल हुनेछ । निक्षेप संकलनको लागि घटीमा १० करोड रुपैयाँ […]

विद्यालयका सटर असार ७ सम्म बन्द नगर्न, काठमाण्डौ महागनरपालिकालाई अदालतको आदेश

काठमाडौं । उच्च अदालत पाटनले सामुदायिक ठको भवनका सटरलाई बन्द नगर्न आदेश जारी गरेको छ । न्यायाधीश लेखनाथ पौडेलको इजलासले काठमाडौं महानगरपालिकालाई असार ७ गतेसम्म सामुदायिक विद्यालयले भाडामा दिएका सटर बलजफ्ती बन्द गर्ने गराउने काम नगर्न अल्पकालिन अन्तरिम आदेश जारी गरेको हो । तुलसीप्रसाद अगस्तीले मंगलबार दिएको रिटमा उच्च अदालतका न्यायाधीश लेखनाथ पौडेलको इजलासले बुधबार […]

लगानी बोर्ड खारेज गर्न सांसद प्रेम सुवालको माग

काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले लगानी बोर्ड तत्काल खारेज गर्न सरकारसँग माग गरेका छन् । बिहीबार प्रतिनिधिसभा बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विनियोजित बजेटमाथिको छलफलमा माग लिँदै उनले सो कुरा बताएका हुन् । सांसद सुवालले विदेशी पुँजीले देशको […]

आइएमई २४ औं वर्षमा प्रवेश

काठमाडौं । आइएमई स्थापनाको २३ वर्ष पूरा भएको छ। २४ औं वर्ष प्रवेश गर्दा आइएमई लिमिटेड रेमिटेन्स क्षेत्रको सबैभन्दा ठूलो र विश्वसनीय कम्पनीको रूपमा स्थापित हुन सफल भएको छ। आफ्नो स्थापनाको २४ औं वार्षिकोत्सवका अवसरमा आइएमई लिमिटेडले बुधबार काठमाडौंमा विशेष कार्यक्रममा आयोजना गर्‍यो। ‘ डिजिटल रुपान्तरणलाई अंगाल्दै ’ भन्ने मूल नाराका साथ मनाइएको कार्यक्रममा आइएमई […]

विनियोजन विद्येयकमा छलफल जारी

काठमाडौं । प्रतिनिधिसभाको बैठकमा सुरु भएको छ । बैठकमा विनियोजन विद्येयक, २०८१ माथिको छलफल जारी रहने संसद् सचिवालयले जनाएको छ । आज उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको बजेटमाथि छलफल हुनेछ। बैठकमा प्रतिनिधिसभा सदस्य दिलेन्द्रप्रसाद बडूले ‘विनियोजन विधेयक, २०८१ अन्तर्गत उद्योग, वाणिज्य तथा आपूर्ति […]