मध्यराति प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता

काठमाडौं । शनिबार राति प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा भएको भेटवार्तामा सत्ता सहकार्यलाई अझ प्रभावकारी र सुदृढ गर्ने विषयमा छलफल भएको उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बताए । नेताहरुले सरकार परिवर्तनका बारेमा चलाइएका हल्ला गलत र निराधार भएको बताएको पनि उनले जानकारी दिए […]

चार प्रदेशमा तराईँ जिल्लामा तापक्रम ४० डिग्री सेल्सियसमाथि, तातो लहर चल्ने सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। यसका साथै बङ्गालको खाडिबाट भित्री रहेको जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेश र मधेश प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मूख्यतया सफा देखि आंशिक बदली रहनेछ । मधेश […]

दुई अर्बको सिमेन्ट भारत निर्यात

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को चैत मसान्तसम्म दुई अर्ब बराबरको सिमेन्ट भारततर्फ निर्यात भएको छ । यो अवधिमा २ अर्ब १९ करोड ३५ लाख रुपैयाँ बराबरको १२ लाख ३६ हजार ४३६ मेट्रिक टन सिमेन्ट निर्यात भएको छ । यसमध्ये १ अर्ब ५५ करोड १४ लाख रुपैयाँको ७ लाख ५५ हजार ६४३ मेट्रिक टन […]

बौद्धिक सम्पत्तिसम्बन्धी नयाँ कानुन निर्माणको तयारीमा छौँ : उद्योगमन्त्री भण्डारी

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले नेपालको बौद्धिक सम्पत्ति सम्बन्धी कानुनलाई सरकारले नयाँ ढङ्गबाट अगाडि बढाउने तयारी भएको बताएका छन् । शनिवार काठमाडौँमा ‘बौद्धिक सम्पत्ति दिवस’को अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका छन् । उनले विश्वव्यापी बौद्धिक सम्पत्तिको सन्दर्भमा नेपालमा नयाँ कानुन आवश्यक भएको बताए । उनले नेपाली मौलिकतासँग जोडिएका विषयहरूलाई […]

वैदेशिक सहायता प्रतिबद्धतामा उच्च वृद्धि

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को ८ महिना अवधि (साउन-फागुन) सम्म वैदेशिक सहायता प्रतिबद्धतामा उल्लेख्य वृद्धि भएको छ । अर्थ मन्त्रालयका अनुसार फागुन मसान्तसम्म वैदेशिक लगानी प्रतिबद्धता १२० प्रतिशतले बढेर २ खर्ब २१ अर्ब ९९ करोड ८७ लाख हाराहारी आएको छ । गत आव यसै अवधिमा यस्तो प्रतिबद्धता १ खर्ब १ अर्ब १९ करोड […]

कान्ति राजमार्ग दैनिक छ घण्टा बन्द हुने

मकवानपुर । कान्ति राजमार्ग विस्तार क्रममा दैनिक ६ घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरले शुक्रबार सूचना प्रकाशित गरी कान्ति राजमार्गमा सवारी आवागमन बन्द हुनेबारे जानकारी गराएको हो । मकवानपुर जिल्लाको बकैया गाउँपालिकास्थित ठिगन–बगुवा सडक खण्डमा सडक चौडा बनाउन काम भइरहेको छ । त्यसका लागि १८ वैशाखदेखि २ जेठसम्म १५ दिन दैनिक […]

नेप्सेमा १४ कराेड इकाई धिताेपत्र सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) मा यस साता कुल १३ कराेड ९९ लाख ४६ हजार ४७१ दशमलव ९३ कित्ता इकाई धिताेपत्र नेप्सेमा सूचीकृत भएकाे छ । सूचीकृत भएको शेयर जसमा २ कम्पनीको ४ लाख ६२ हजार ४७१ दशमलव ९३ कित्ता बोनस शेयर छ । यस्तै ३० लाख कित्ता इकाई ऋणापत्र र १३ कराेड […]

साताको शेयर : नेप्से ६५ अंकले घट्दा कारोबार रकम ८ अर्बले बढ्यो

काठमाडौं । यो साता पाँच कारोबार दिन मध्ये शेयर बजार एक दिन मात्र बढ्यो । बिहीबार नेप्से परिसूचक २.०८ अंकले बढ्दा बाँकी दिन घटेको हो । एक दिन मात्र बढेको यो सातामा नेप्से घट्दा कारोबार रकम भने बढेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले उपलब्ध गराएका तथ्यांक अनुरुप गत साताको तुलनामा यो साता कारोबार […]

खुद ब्याज आम्दानी बढेसँगै हिमालयन लघुवित्तको नाफा करिब साढे ५ करोड

काठमाडौं । हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफामा उल्लेखनीय सुधार भएको छ । कम्पनीले चालु आर्थिक वर्ष (आव) को तेस्रो त्रैमाससम्म ५ करोड ३४ लाख खुद नाफा गरेको छ । जुन गत आवको सोहि अवधिको तुलनामा खुद नाफा ३६९.३४ प्रतिशतले बढी हो । गत आवको तेस्रो त्रैमासमा कम्पनीले १ करोड १३ लाख नाफा गरेको थियो […]

एशियन लाइफको बीमालेख नविकरण गर्दा छुटको व्यवस्था

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले व्यतित बीमलेखहरू नविकरण गर्दा लाग्ने ब्याजमा शतप्रतिशतसम्म छुट दिने निर्णय गरेको छ। कम्पनीका अनुसार गत चैत मसान्तसम्म बीमाशुल्क तिर्नु पर्ने मितिले छ महीना नाघेका अर्थात् पूर्ण व्यतित भएका बीमालेखहरू आज वैशाख १२ देखि आउँदो असार २० गतेसम्म रिन्यू गर्दा छुट पाइँनेछ। कम्पनीले आजबाट परिपक्व हुन बाँकी अवधि १० […]