ललिता निवास प्रकरण : पूर्वमन्त्री गच्छदारसहित ११० जनालाई प्रतिवादी बनाउँदै सर्वोच्च पुग्यो अख्तियार
काठमाडौं । ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा विशेष अदालतले गरेको फैसलाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ । अख्तियारले पूर्वमन्त्रीहरू विजयकुमार गच्छदार, डम्बर श्रेष्ठ र चन्द्रदेव जोशी, पूर्वसचिव दिनेशहरि अधिकारी, व्यवसायी मिनबहादुर गुरुङलगायत ११० जनालाई प्रतिवादी बनाउँदै अख्तियारले पुनरावेदन गरेको हो । अख्तियारले ११० जनाविरुद्ध बिगो, कैद र जरिवाना तथा ६५ […]

