पहिलो महिना साढे सात करोडको ७५८ यूनिट इलेक्ट्रिक मोटरसाइकल तथा स्कुटर आयात

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो महिनामा साढे ७ करोड रुपैयाँ भन्दा बढीको इलेक्ट्रिक मोटरसाइकल तथा स्कुटर आयात भएको छ। भन्सार विभागका अनुसार साउनमा ७ करोड ६५ लाख ९६ हजार रुपैयाँ बराबरको ७५८ यूनिट इलेक्ट्रिक मोटरसाइकल तथा स्कुटर आयात भएको छ। इलेक्ट्रिक मोटरसाइकल तथा स्कुटरको आयातबाट सरकारले २ करोड ६४ लाख ३७ हजार रुपैयाँ […]

घट्यो सुन र चाँदीको भाउ

काठमाडौं । सोमबार सुनको मूल्य घटेको छ। आज छापावाल सुन प्रति तोला एक लाख ५२ हजार ३०० रुपैयाँमा करोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ। आइतबार छापावाल सुन प्रति ताला एक लाख ५२ हजार ४०० रुपैयाँमा करोबार भएको थियो। चाँदीको मूल्य १० रुपैयाँले घटेर प्रति तोला एक हजार ८४० रुपैयाँमा कारोबार भइरहेको छ।

काउली र रायोको सागको मूल्य बढ्दा, अरू तरकारीको कति छ ?

काठमाडौं । कालिमाटी फलफुल तथा तरकारी बजार बिकास समितिका अनुसार आज गोलभेडा ठुलो नेपालीको मूल्य घटेको छ । हिजो प्रति केजी औसत मूल्य ७५ रुपैयामा कारोबार भएकोमा आज प्रति केजी औसत मूल्य ६६.६७ रहेको छ जुन हिजोको मूल्य भन्दा कम हो  । गोलभेडा सानो लोकल मूल्य आज घटेको छ हिजो प्रति केजी औसत मूल्य ३१ […]

श्रीकृष्ण जन्माष्टमी कृष्णको पूजा आराधनाका साथ मनाइदै

काठमाडौं । आज श्रीकृष्ण जन्माष्टमीका अवसरमा पूजा आराधनाका लागि बिहानदेखि नै ललितपुरको पाटनस्थित कृष्ण मन्दिर लगायत देशभरका कृष्ण मन्दिरमा  भक्तजनको घुइँचो लागेको छ । वैदिक सनातन हिन्दू धर्मावलम्बीले ‘श्रीकृष्णजन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँदैछन् । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्णजन्माष्टमी’ […]

कोशी प्रदेशको पहाडी भू-भागकोमा भारी वर्षा हुने

काठमाडौं । मौसम पुर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको दक्षिणतिर र पूर्वतिर सरदर स्थानको आसपास अवस्थित रहेको छ । अहिले देशभर आंशिक देखि साधारणतया बदली रहेको छ। कोशी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षा भईरहेको महाशाखाले जनाएको छ । आज […]

तस्करी र भ्रष्टाचार नियन्त्रणमा प्रभावकारीरुपमा काम गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राजस्व अनुसन्धान विभाग, सम्पत्ति शुद्धिकरण विभाग, सार्वजनिक खरिद अनुगमन कार्यालय, राष्ट्रिय सतर्कता केन्द्र, राष्ट्रिय अनुसन्धान विभाग, नेपाल ट्रष्टलगायत कार्यालयलाई तस्करी, भ्रष्टाचार र राज्यको सम्पतिको दुरुपयोग नियन्त्रणमा प्रभावकारीरुपमा काम गर्न निर्देशन दिएका  छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज भएको वार्षिक समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा […]

नेपाल डिजिटल पेमेन्ट्स ‘‘मोस्ट इनोभेटिभ इन पेमेन्ट्स इन नेपाल २०२४’’ अवार्डबाट सम्मानित

काठमाडौं । नेपाल टेलिकम र राष्ट्रिय वाणिज्य बैंक द्वारा संयुक्त रूपमा प्रवर्धित नेपाल डिजिटल पेमेन्ट्स कम्पनी लिमिटेड (NDPC) लाई अनलाइन समाचार एग्रीगेटर, “ग्लोबल फाइनान्सियल मार्केट रिभ्यु” (GFM) ले “मोस्ट इनोभेटिभ इन पेमेन्ट्स इन नेपाल २०२४” को अवार्डले सम्मानित गरेको छ । ग्लोबल फाइनान्सियल मार्केट रिभ्यू (GFM) वित्तीय उद्योगमा केन्द्रित अनलाइन समाचार पोर्टल हो । पारदर्शिता, […]

शाहको ‘चल्दोरहेछ शासन’ सार्वजनिक

काठमाडौं । देशमा बढिरहेको भ्रष्टाचारको विरुद्धमा अव सर्जकहरुका सृजनाहरु पनि देखा पर्न थालेका छन् । यसको पछिल्लो ज्वलन्त उदाहरण हालै सार्वजनिक भएको रविन शाहको चल्दो रहेछ शासन नामक म्युजिक भिडियो । आफ्नै शब्द संगीत तथा कोरियाग्राफीमा रहेको उक्त भिडियोमा शाह आफै र एलिशा शर्माले मोडलिङ गरेका छन् । आफ्नै युट्युब च्यानल रविन शाह क्रियसनमार्फत तिजको अवसर […]

ग्राण्डीको तीज अफर : महिलालाई उपचारमा विशेष छुट

काठमाडौं । ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल धापासीले हिन्दू नारीहरुको महान पर्व तीजलाई लक्षित गरेर महिलाहरुलाई उपचारमा सहुलियतको व्यवस्था गरेको छ । काठमाडौँको धापासीमा  २०६९ मा स्थापना भएको ग्राण्डीले तीज पर्वको अवसर पारेर उपचारमा विशेष सहुलियको व्यवस्था सार्वजनिक गरेको हो । ग्राण्डीले रु चार हजार ६०० मा महिलाको गाइने कन्सल्टेन्ट, ओपिडि, सुगर जाँच, सिविसी, क्रेटिनाइन, टिएसएच, युरिन रुटिङ,  […]

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले शुक्रबार राष्ट्रिय परिचयपत्र वा राष्ट्रिय परिचय नम्बर पेस गरी सरकारी सुविधाहरु प्राप्त गर्ने बारेमा सरकारको नाममा अन्तरिम आदेश जारी गरेको छ। सर्वोच्चका न्यायाधिशद्वय डा. मनोजकुमार शर्मा र तिल प्रसाद श्रेष्ठको संयुक्त इजलासले सरकारको स्वामित्वमा रहेका निकाय, संस्था तथा निजी क्षेत्रबाट गरिने सार्वजानिक सेवा सुविधा प्राप्त गर्न वा माग गर्न पेस गर्नुपर्ने नेपाली […]