बङ्गलादेशका प्रधानमन्त्री तारिक रहमान र सांसदहरूद्वारा संसदको शपथ ग्रहण

काठमाडौं । बङ्गलादेशका प्रधानमन्त्री तारिक रहमान र सांसदहरूले मङ्गलबार संसदको शपथ लिएका छन् । उनीहरु सन् २०२४ को घातक विद्रोह पछि पहिलो पटक निर्वाचित प्रतिनिधि हुन । शेख हसिनाको निरंकुश सरकार अपदस्द भए देखि १८ महिना सम्म देश चलाएको अन्तरिम सरकारबाट रहमानले पदभार ग्रहण गर्ने तयारी गरेको जनाइएको छ । बङ्गलादेशका नव निर्वाचित सांसदहरूलाई मुख्य […]

१३ बिओपी भवन निर्माणको लागि सम्झौता

काठमाडौं ।गृह मन्त्रालयले १३ वटा बोर्डर आउट पोष्ट (बिओपी) हरुको भवन निर्माणको लागि सम्झौता भएको बताएको छ । मन्त्रालयले चालु आर्थिक वर्षमा १६३ वटा बिओपी निर्माण गर्ने लक्ष्य राखिए पनि पुसमासन्तसम्म १३ वटा बिओपी पोष्ट निर्माणको लागि सम्झौता भएको बताएको छ । सशस्त्र प्रहरी बल नेपालका लागि बीओपी आवश्यक पर्ने रहेको कारण उक्त बिओपी निमाणर््ा […]

औषधि उत्पादन बढाउँदै सिंहदरवार वैद्यखाना

काठमाडौं ।  सिंहदरबार वैद्यखाना फेरि लयमा फर्कन थालेको छ । विसं २०७७ देखि औषधि उत्पादनमा कमी आएकामा वैद्यखाना फेरि लयमा फर्कन थालेको हो । तीन वर्षदेखि कच्चापदार्थका लागि ठेक्का सम्झौता नहुँदा औषधि उत्पादन घटेकामा हाल औषधि उत्पादन बढाइएको वैद्यखानाका कार्यकारी निर्देशक प्रदीप केसीले जानकारी दिए । “केही समय समस्या भएको थियो, हाल उत्पादन वृद्धिमा ध्यान […]

सुपर खुदी हाइड्रोपावरको आइपीओ बिक्री खुला, चालु आर्थिक वर्षमा करिब ४० करोड नाफा कमाउने प्रक्षेपन, कस्तो छ कम्पनी ?

काठमाडौं । सुपर खुदी हाइड्रोपावर लिमिटेडले मंगलबार, फागुन ५ गतेदेखि आइपीओ बिक्री खुला गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्कासन गरेको आइपीओ बाँडफाँट पश्चात दोस्रो चरणमा सर्वसाधारणका लागि सेयर जारी गर्न लागेको हो । कम्पनीले आफ्नो जारी पुँजी १ अर्ब ५५ करोड रुपैयाँको २० प्रतिशत अर्थात्, ३१ […]

जेनेभामा अमेरिका–इरान आणविक संवाद पुनः सुरु

काठमाडौं । मध्यपूर्वमा सैन्य गतिविधि तीव्र बन्दै गइरहेका बेला संयुक्त राज्य अमेरिका र इरानले जेनेभामा आफ्नो आणविक कार्यक्रमसम्बन्धी दोस्रो चरणको वार्ता सुरु गर्ने सहमति जनाएका छन् । दुवै देशबीचको तनावपूर्ण सम्बन्धका बीच कूटनीतिक संवाद पुनः अगाडि बढ्नुलाई महत्त्वपूर्ण सङ्केतका रूपमा हेरिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई आफ्नो आणविक कार्यक्रम सीमित गर्न दबाब दिँदै […]

काठमाडौंमा बढ्दै छ वायु प्रदूषण, सचेत रहन आग्रह

काठमाडौं ।काठमाडौं उपत्यकामा वायु प्रदूषण बढेको छ । सोमबार मध्याह्नमा १७८ रहेको वायु गुणस्तर सूचकाङ्क (एक्युआई) आज मध्याह्नसम्म १९१ पुगेको छ । यो स्तर ‘सबैका लागि अस्वस्थ’ श्रेणीमा पर्छ, जसले विशेषगरी बालबालिका, ज्येष्ठ नागरिक तथा श्वासप्रश्वास र मुटुरोगीलाई बढी असर पार्न सक्छ । योससँगै आज काठमाडौँ उपत्यकाको वायु प्रदूषण अस्वस्थ तहमा पुगिसकेको छ । ‘एयर […]

वाणिज्य बैंकहरुले प्रवाह गरे १ खर्ब २९ अर्ब सेयरधितो कर्जा, कुन बैंकबाट कति ?

काठमाडौं । वाणिज्य बैंकहरुले दिने सेयर धितो कर्जा प्रवाह बढेको छ । बैंकहरुले आर्थिक वर्ष २०८२\८३ को दोस्रो त्रैमाससम्म १ खर्ब २९ अर्ब ६८ करोड ३० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । जुन गत आवको सोही अवधिको तुलनमा ४१.६७ प्रतिशत बढी हो । गत आव बैंकहरुले ९१ अर्ब ५४ करोड २० लाख रुपैयाँ कर्जा […]

नेपाल लाइफ इन्स्योरेन्सद्वारा नेपालमै पहिलो पटक पृथक विशेषता सहित नारी सुरक्षा जीवन बीमा योजना सार्वजनिक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले नारी दिवसको अवसरमा नेपालमै पहिलो पटक पृथक विशेषता सहित नेपाल लाइफ नारी सुरक्षा जीवन बीमा योजना सार्वजनिक गरेकोछ । ‘एकै योजना बहु–लाभ, सबै नारीका लागि सजिलो पहुँच’ नाराका साथ सार्वजनिक गरिएको योजना हो । महिलाको जीवन, स्वास्थ्य, बचत र आर्थिक सुरक्षा केन्द्रित विशेष योजना हो । यस योजनको मुख्य […]

मतपत्र छपाइ सकियो

भक्तपुर।  आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आवश्यक सम्पूर्ण मतपत्र छपाइ सम्पन्न भएको छ । जनक शिक्षा सामग्री केन्द्र लिमिटेडका प्रबन्ध निर्देशक यदुनाथ पौडेलले निर्वाचन आयोगले दिएको मतपत्र छपाइको जिम्मेवारी सोमबार साँझ सम्पन्न गरिएको जानकारी दिएका छन। । आजदेखि सबै मतपत्र ‘प्याकेजिङ’ सकेर सम्बन्धित प्रदेशमा ढुवानी गरिने उनले बताए । प्रबन्ध निर्देशक […]

गण्डकीका १४ हजारभन्दा बढी कर्मचारी निर्वाचनमा खटिने

गण्डकी।  यही फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि गण्डकी प्रदेशमा १४ हजारभन्दा बढी कर्मचारी खटिने भएका छन् । प्रदेशका ११ जिल्लामा रहेका दुई हजार ३९६ मतदान केन्द्रमा छ जनाका दरले १४ हजार ३७६ जना कर्मचारी खटिने प्रदेश निर्वाचन कार्यालय पोखराका सूचना अधिकारी रुद्रप्रसाद न्यौपानेले जानकारी दिए । एउटा मतदान केन्द्रमा एक÷एक जना मतदान […]