ग्यासको मूल्यवृद्धिप्रति सांसद कार्कीको आपत्ति, ‘२५ लाख सहयोग गरेर साढे ११ करोड असुलियो’
काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रकाश सिंह कार्कीले खाना पकाउने एलपी ग्यासको मूल्यवृद्धिप्रति आपत्ति जनाएका छन् । उनले बाढीपीडितका लागि नेपाल आयल निगमले गरेको सहयोगको तुलनामा मूल्यवृद्धिबाट उपभोक्तामाथि परेको आर्थिक भार अत्यधिक रहेको बताएका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजोन) ले काठमाडौंमा आयोजना गरेको ‘रसुवा बाढीपछिको आपूर्ति तथा मूल्य शृंखलामा परेको प्रभाव र देखिएको […]

