बाढी प्रभावित क्षेत्रमा एनसेलको निःशुल्क सेवा अवधि पुनः ७ दिन थप

काठमाडौं । एनसेलले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रमा प्रदान गर्दै आएको निःशुल्क सेवाको अवधि पुनः ७ दिन थप गर्ने घोषणा गरेको छ। सहज सञ्चार, खोज, उद्धार तथा राहत वितरण कार्यमा सहयोग पु¥याउने उद्देश्यले एनसेलले यो निःशुल्क सेवा भोलि भदौ २० गतेदेखि थप ७ दिन अर्थात् भदौ २६ गतेसम्म उपलब्ध गराउने भएको हो। यससँगै […]

कृष्णजन्माष्टमीमा भोटेकोशी बाढीपीडितका लागि भक्तपुरको पञ्चमहालक्ष्मीमा विशेष अनुष्ठान

काठमाडौं । नेपालमा हालै आएको विनाशकारी भोटेकोशी बाढीका कारण दिवङ्गत भएका नागरिकहरूको आत्माको चिरशान्ति, बेपत्ता भएकाहरूको शीघ्र खोजी तथा सकुशल उद्धार र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै भक्तपुरको छालिङस्थित श्री पञ्चमहालक्ष्मी मन्दिरमा विशेष आध्यात्मिक अनुष्ठान सम्पन्न गरिएको छ । श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर आयोजना गरिएको उक्त अनुष्ठानमा सामूहिक विष्णुसहस्रनाम स्तोत्र, महामृत्युञ्जय मन्त्र तथा स्वस्ति शान्ति पाठ […]

बाढीका कारण प्रभावित १३ हजारभन्दा बढीको उद्धार

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण प्रभावित १३ हजारभन्दा बढीको उद्धार गरिएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार शुक्रबा। दिउँसोसम्म १३ हजार ९३ जनाको उद्धार गरिएको हो। प्राधिकरणका अनुसार हालसम्म एक हजार २८७ जनाको शव सङ्कलन गरिएको छ भने पाँच हजार ८३ अझै सम्पर्कविहीन छन्। हाल विभिन्न अस्पतालमा पाँच हजार ३९७ […]

भोटेकोशीका बाढीपीडितको पुनःस्थापना यथाशीघ्र गरिने

काठमाडौं । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले रसुवा–भोटेकोशी क्षेत्रमा गएको बाढीबाट प्रभावित तथा विस्थापित परिवारको सुरक्षित पुनःस्थापना र अस्थायी बसोबासका लागि उपयुक्त जग्गा पहिचान गर्न समिति गठन गरेको छ। नापी विभागका महानिर्देशक प्रकाश जोशीको संयोजकत्वमा समिति गठन गरिएको मन्त्रालयले जनाएको छ । समितिमा सङ्घीय मामिला महाशाखाका प्रतिनिधि, पूर्वाधार मन्त्रालयका प्रतिनिधि, भूमि […]

रसुवा बाढीपीडितका लागि चिनियाँ संस्था सीएफआरडीले ल्यायो २७ टन राहत सामग्री

काठमाडौं । रसुवाको भोटेकोसीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि चिनियाँ संस्था चाइना फाउन्डेसन फर रुरल डेभलपमेन्ट (सीएफआरडी) २७ टन राहत सामग्री लिएर काठमाडौँ आइपुगेको छ। सीएफआरडीले सञ्चालन गरेको ‘८.२६ नेपाल मडस्लाइड रेस्क्यु अपरेसन’ अन्तर्गत पहिलो चरणको राहत सामग्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको हो। बाढीको लेदो र ढुंगासहितको तीव्र बहावले बस्ती, सडक, पुल […]

दीपशिखा धितोपत्र कारोबार कम्पनीले गर्‍यो बाढी पीडितका लागि १५ लाख सहयोग

काठमाडौं । दीपशिखा धितोपत्र कारोबार कम्पनीले रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावितहरूको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि १५ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ। कम्पनीले उक्त रकम नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी सहयोग गरेको कम्पनीका सञ्चालक विष्णु ओझाले जानकारी दिए। बाढी प्रभावितहरूको खोजतलास, उद्धार तथा राहत कार्यमा सहयोग पुगोस् भन्ने […]

बाढीले क्षति पुर्‍याएका २० वटा झोलुङ्गे पुलको मर्मत गरिदै

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका २० वटा झोलुङ्गे पुलको मर्मतमा सरकार युद्वस्तरमा लागेको छ। यही भदौ १० गते आएको बाढीले मुग्लिङदेखि टिमुरेसम्म रहेका ६४ वटा झोलुङ्गे पुलमध्ये ५३ वटामा क्षति पुर्‍याएको थियो। सरकारी अधिकारीहरूले प्रभावित क्षेत्रमा पुगेर मूल्याङ्कन गर्दा क्षति पुगेका ५३ मध्ये २० वटा झोलुङ्गे पुलको मर्मत गर्नुपर्ने निष्कर्ष निकालेका […]

बाबु सम्पर्कविहीनः चार सन्तान विचल्ली

काठमाडौं । सप्तरीका बेचन सदा भोटेकोशी बाढीका कारण परिवारको सम्पर्कमा नआएपछि उनका चार सन्तान विचल्लीमा परेका छन्। आमा हुलियादेवी सदाको क्यान्सरको कारण मृत्यु भएको र १० दिनदेखि बुबा पनि सम्पर्कविहीन भएपछि हामी दुई दाजुभाइ र दुई दिदीबहिनी विचल्लीमा परेको उनको कान्छी छोरी नौ वर्षीया विभा सदाले बताइन्। उनले भनिन्, ‘दुई महिनाअघि बुबा त्रिशूली जलविद्युत् पावर […]

पहिरोले चमेलिया नदी थुनियो, अपिहिमालका १५ परिवार उच्च जोखिममा

काठमाडौं । दार्चुलाको अपिहिमाल गाउँपालिका–१ भटारमा पहिरो खस्दा चमेलिया नदी थुनिएको छ। निरन्तरको वर्षासँगै आएको ठूलो पहिरोले चमेलिया नदीको बहाव करिब आधा घण्टा पूर्ण रूपमा रोकिएको हो। नदी थुनिएपछि भटार गाउँका १० देखि १५ परिवार उच्च जोखिममा परेका छन्। पहिरोका कारण स्थानीयको खेतीयोग्य जमिन बग्नुका साथै बस्तीसमेत जोखिममा परेको गाउँपालिकाले जनाएको छ। पछिल्लो समय नदीले पहिरो […]

बाढी प्रभावितलाई पहिलो प्याकेजको राहत : अटो व्यवसायीलाई भन्सार शुल्क र ऋणीलाई ब्याज मिनाहा

काठमाडौं । सरकारले भोटेकाशी बाढी  प्रभावित नागरिक र व्यवसायीहरुलाई  विभिन्न चरणमा  छुट तथा सहुलियतको व्यवस्था गरेको छ । बाढीबाट प्रभावितहरु आर्थिक रुपमा कमजोर भएको हुँदा सरकारले विभिन्न शीर्षकका कर, भन्सार दर र ऋणको ब्याजदर मिनाहा गरेको हो । बाढीका कारण रसुवा नाकामा रहेको सवारी साधान बगाएको र स्थानीयहरु र घरहरु समेत बगाउको अवस्थामा अर्थ मन्त्रालयले […]