प्रभु बैंकको ‘सीईओ विवाद’मा शेरचनको पक्षमा सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचनले आफ्नो पदमा २०८३ माघसम्म निरन्तरता पाउने भएका छन्। सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले शेरचनको पक्षमा अन्तरिम आदेश दिँदै कार्यकाल जारी राख्न बाटो खुला गरिदिएको हो । शेरचन पहिलोपटक २०७१ मा चार वर्षका लागि सीईओ नियुक्त भएकोमा त्यसपछि २०७५ मा दोस्रो र २०७९ मा तेस्रोपटक […]

खाने तेलको मूल्य घट्यो

काठमाडौं । खाने तेलको मूल्य घटेको छ । सनफ्लवर र भटमासको तेलको मूल्य लिटरमा ५ रुपैयाँका दरले घटेको नेपाल खुद्रा व्यापार संघले जनाएको छ । संघले वैशाख १ गते सार्वजनिक गरेको खुद्रा मूल्यसूची अनुसार गत चैत १५ गतेको तुलनामा ५ रुपैयाँले घटेको हो । संघले सार्वजनिक गरेको तथ्यांक अनुसार भुटेको तोरीको तेल प्रतिलिटर ४ सय […]

नाडा फुटेर बन्यो ‘नाइमा’, अध्यक्षमा बैद्य

काठमाडौं । नेपाल अटोमोबाइल्स इम्पोर्टस एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) घोषणा गरिएको छ । बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच नाइमाको घोषणा गरिएको  हो । यो सँगै अटोमोबाइल्स व्यवसायीको छाता संगठन नाडा फुटेको हो । नाइमाको अध्यक्षमा ऋतुसिंह वैद्य रहेकी छिन् भने बोर्ड पदाधिकारीहरुहमा  सुहृद राज घिमिरे , शेखर गोल्छा, सौरभ ज्योति, क्याबिनेट श्रेष्ठ, हेमन्त गोल्छा , […]

७ अंकले बढ्यो नेप्से, सवा १ अर्ब बढीले घट्यो कारोबार

काठमाडौं । मंगलबार बढेको शेयर बजार बुधबार पनि बढेको छ । बुधबार नेपाल स्टक एक्सचेन्ज, नेप्से परिसूचक ७.०१ अंकले बढेर २६९६.२३ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स भने १.३० अंकले बढेर ४५१.८२ विन्दुमा पुगेर बन्द भएको छ । साथै फोल्ट इन्डेक्स ०.७० र सेन्सेटिभ फोल्ट इन्डेक्स भने ०.६६ अंकले […]

एभरेष्ट अस्पताललाई ५० हजार जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले नयाँ बानेश्वरमा रहेको एभरेष्ट अस्पताललाई ५० हजार रुपैयाँ जरिवाना तिर्न पत्र पठाएको छ । महानगरले अस्पतालबाट फोहर व्यवस्थापनको अनुगमनका क्रममा हानीकारक फोहरको उचित व्यवस्थापन नगरेको र सुधारको मौकालाई समेत वेवास्ता गरेपछि काठमाडौँ महानगरपालिकाको वातावरण तथा प्राकृतिक स्रोत ऐन २०७७ बमोजिम जरिवानाको पत्र पठाएको हो । ऐनबमोजिम रसायनिक फोहरमैला, औद्योगिक फोहरमैला, स्वास्थ्य […]

राष्ट्रिय जीवन बीमा कम्पनीको प्रथम साधारणसभा ४ बजे हुँदै

काठमाडौं । राष्ट्रिय जीवन बीमा कम्पनी (साबिक राष्ट्रिय बीमा संस्थान)ले बुधबार प्रथम साधारणसभा गर्दैछ । सभा काठमाडौंको रामशाह पथस्थित कम्पनीको प्रधान कार्यालयमा अपराह्न ४ बजेबाट सुरु हुनेछ। सभाले सञ्चालक समितिले स्वीकृत गरेको पुँजी वृद्धिको योजनालाई अनुमोदन गर्नेछ। कम्पनीको प्रबन्धपत्र र नियमावलीमा समयानुकूल संशोधनसमेतका कार्य गर्न र गराउन सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव सभाले […]

स्मार्ट कम्युनिटीमा निःशुल्क शेयर बजार कार्यशाला सुरु

काठमाडौं । स्टक मार्केट एनालाइसिस एन्ड रिसर्च टिम (स्मार्ट) अन्तर्गतको स्मार्ट कम्युनिटीले निःशुल्क शेयर बजार कार्यशाला सुरु गरेको छ । नेपालको सेयर बजारमा सक्रिय नयाँ तथा पुराना लगानीकर्ताहरूका लागि स्मार्ट कम्युनिटीले निःशुल्क शेयर बजार कार्यशाला सुरु गरेको हो । स्मार्ट कम्युनिटीले देशभरका सबै लगानीकर्ताहरूलाई लक्षित गर्दै शेयर बजार सम्बन्धी निःशुल्क कार्यशालाहरू सञ्चालन गर्न लागिएको जनाएको […]

बैंकिङ प्रणालीबाट ३० अर्ब तान्दै राष्ट्र बैंक

काठमाडौं । बैंकिङ प्रणालीमा अधिक तरलता भए पछि राष्ट्र बैंकले बुधबार ३० अर्ब रुपैयाँ तरलता (ऋण दिन मिल्ने रकम) खिच्ने भएको छ । निक्षेप बढिरहेको समयमा कर्जा माग बढ्न नसक्दा बैंक तथा वित्तीय संस्थामा तरलता थुप्रिएको हो । राष्ट्र बैंकले २१ दिनका लागि निक्षेप संकलन उपकरणको बोलकबोल उपकरणमार्फत् उक्त निक्षेप रकम संकलन गर्न लागिएको हो […]

कुमारी बैंकले ल्यायो “टपअप र फोनपे डाइरेक्ट गरौँ, बम्पर उपहार जितौँ !” योजना

काठमाडौं । कुमारी बैंकले नयाँ योजना “ टपअप र फोनपे डाइरेक्ट गरौँ, बम्पर उपहार जितौँ !” सार्वजनिक गरेको छ । यस योजना अन्तर्गत ग्राहकहरूले आकर्षक उपहारहरू जित्ने अवसर पाउनु हुनेछ, जसमा बम्पर उपहार आईफोन १६ रहेको छ भने हरेक हप्ता १०० जनालाई रु.१०० को मोबाइल रिचार्ज उपहार समेत रहेको छ । यस योजनामा सहभागी हुनका […]

९ महिनामा एक खर्ब २४ अर्ब राजस्व संकलन

काठमाडौं । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको नौ महिनामा एक खर्ब २४ अर्ब ७० करोड रुपैयाँ राजस्व संकलन गरेको छ। उक्त कार्यालयका अनुसार साउनमा १२ अर्ब १५ करोड रुपैयाँ, भदौमा १३ अर्ब ४२ करोड रुपैयाँ, असोजमा १३ अर्ब ४७ करोड रुपैयाँ, कात्तिक ११ अर्ब १० करोड रुपैयाँ, मङ्सिरमा १४ अर्ब ४० करोड रुपैयाँ, पुसमा […]