एडीबीले नेपाललाई स्वीकृत गर्‍यो ४ करोड डलर ऋण

काठमाडौं । एशियाली विकास बैंक (एडीबी) ले नेपाल सरकारलाई ४० मिलियन अमेरिकी डलरको सहुलियतपूर्ण ऋण स्वीकृत गरेको छ। यो भनेको नेपाली ५ अर्ब ८७ करोड रुपैयाँबराबर हो।  यो रकम डिजिटल रूपान्तरणलाई तीव्र बनाउने र नागरिक तथा व्यवसायहरूका लागि प्रभावकारी डिजिटल सेवाहरूको पहुँच विस्तार गर्न प्रयोग गरिनेछ। यो परियोजना नेपाल डिजिटल रूपान्तरण परियोजना दक्षिण एसियामा पहिलो पटक […]

एमएडब्ल्यू अर्थमुभर्सद्वारा जेसीबी 3DX सुपरका लागि ‘बाइ ब्याक ग्यारेन्टी’ योजना सार्वजनिक

काठमाडौं । नेपालको अग्रणी निर्माण तथा हेभी इक्विपमेन्ट ब्रान्ड जेसीबीको आधिकारिक बिक्रेता एमएडब्ल्यू अर्थमुभर्सले जेसीबी 3DX सुपर ब्याकहो लोडरका लागि उद्योगमै पहिलो पटक ‘बाइ ब्याक ग्यारेन्टी’ योजना सार्वजनिक गरेको छ। ग्राहकको विश्वास अझ सुदृढ बनाउनुका साथै उपकरणमा गरिएको लगानीको दीर्घकालीन मूल्य सुनिश्चित गर्ने उद्देश्यका साथ यो योजना ल्याइएको कम्पनीले जनाएको छ। यस योजनाअन्तर्गत नयाँ जेसीबी 3DX […]

मध्यपूर्वका द्धन्द्धरत मुलुकबाट आप्रवासी कामदारलाई सुरक्षित फिर्ता गर्न माग

काठमाडौं । मध्यपूर्वका मुलुकहरुबाट सुरक्षित रुपमा आप्रवासी कामदारहरुलाई स्वदेश फिर्ता गर्नुपर्ने माग गरिएको छ । आप्रवासी कामदारसम्वन्धी काम गर्दै आएको पाँच वटा संस्थाले अमेरिका र इजरायलले इरानमाथि गरेको आक्रमणका कारण द्धन्द्धमा परेका मुलुकहरुबाट आप्रवासी कामदारहरुलाई स्वदेश फिर्ता गर्नुपर्ने माग गरेके हो । यसरी माग गर्नेमा इक्वेडेम, एन्टी सेल्भरी, ग्लोबल लेबर जस्टीस, श्रमिक सञ्जाल र कोलाइसन अन […]

गृहमन्त्री र चिनियाँ राजदूतबीच भेटवार्ता

काठमाडौं ।  गृहमन्त्री ओमप्रकाश अर्यालसँग नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङले उनको कार्यकक्षमा शिष्टाचार भेट गरेका छन् । त्यस अवसरमा उनिहरूबीच नेपाल–चीन सम्बन्धका साथै आपसी सहयोगका विविध विषयमा विचार–विमर्श भएको थियो । गृहमन्त्रीले राजदूत चाङको कार्यकालको सफलताको कामना गर्दै दुई देशबीचको सम्बन्ध नयाँ उचाइमा पुग्ने विश्वास व्यक्त गरेका छन् । गृहमन्त्रालयका अनुसार गृहमन्त्री अर्यालले चीनले […]

निर्वाचनमा खटिएका कर्मचारीप्रति आयोगद्वारा आभार प्रकट

काठमाडौं । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले प्रतिकूल अवस्थामा पनि निर्वाचन सम्पन्न गराउन खटिने राष्ट्रसेवक कर्मचारीप्रति आभार व्यक्त गरेका  छन । निर्वाचन सम्पन्न गराउन विभिन्न निकायबाट आयोगमा काजमा खटी आएका कर्मचारीको बिदाइ समारोहलाई आज सम्बोधन गर्दै उनले भदौ २७ गते राष्ट्रपतिले फागुन २१ गते प्रतिनिधिसभा सदस्यको निर्वाचन घोषणा गर्दा निर्वाचन हुन्छ र रु भन्ने […]

नेपाल धितोपत्र बोर्डबाट २ कम्पनीले पाए आइपीओ बिक्रीको अनुमति

काठमाडौं । नेपाल धितोपत्र बोर्डले २ वटा हाइड्रोपावर कम्पनीलाई आइपीओ निष्काशन गर्न अनुमति दिएको छ । बोर्डले कलंगा हाइड्रो लिमिटेड र सनिगढ हाइड्रो लिमिटेडलाई आइपीओ निष्काशन गर्न अनुमति दिएको छ । कलंगा हाइड्रोलाई ४९ लाख कित्ता सेयर निष्कासन गर्न अनुमति दिएको हो । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ । त्यस्तै सनिगढ […]

प्रतिनिधिसभा निर्वाचन सफलतापूर्वक सम्पन्न भएकामा इजरायलको बधाई

काठमाडौं ।  इजरायलले नेपालमा प्रतिनिधिसभा निर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा नेपाल सरकार र नेपाली जनतालाई बधाई दिएको छ । नेपालका लागि इजरायली राजदूत श्मुलिक एरी बासले आज दिउँसो यहाँ ‘नयाँ पश्चिम एसियामा नव प्रभात’ विषयमा पत्रकार सम्मेलन गरेर नेपालसँगको द्विपक्षीय मैत्री र सहकार्य अझ सुदृढ बनाउने इजरायलको इच्छा व्यक्त गरे। साथै उनले सम्पन्न निर्वाचनलाई लोकतन्त्र सुदृढ […]

पोखरामा छ टन बढी मकैको बीउ अनुदानमा

गण्डकी। पोखरा महानगरपालिकाले महानगरभित्रका किसानलाई छ टन बढी मकैको बीउ अनुदानमा वितरण गरेको छ । महानगरभित्र मकैखेतीप्रति किसानलाई आकर्षित गर्ने उद्देश्यले ५० प्रतिशत अनुदानमा मकैको बीउ वितरण गरिएको महानगरपालिकाका कृषि विकास शाखा प्रमुख मनहर कडरियाले जानकारी दिए । उनका अनुसार किसानलाई ‘रामपुर कम्पोजिट’ जातको बीउ एक हजार १०० किलो, अरुण–२ जातको बीउ तीन हजार १०० […]

शुक्लाफाँटामा बाघ गणना सुरु

महेन्द्रनगर। कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा मङ्गलबारदेखि बाघ गणना सुरु भएको छ । राष्ट्रिय बाघ गणनाअन्तर्गत शुक्लाफाँटासँगै यहाँको लालझाडी–मोहना संरक्षित क्षेत्र र डडेलधुराको जोगबुडामा स्वचालित क्यामेरा जडान गरी बाघ गणना थालिएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले जनाएको छ । आज बिहान एक कार्यक्रम आयोजना गरी निकुञ्ज कार्यालयले औपचारिक रुपमा बाघ गणना सुरु गरेको हो । शुक्लाफाँटा–लालझाडी–जोगबुडलाई दुई गुणा […]

छ वर्षपछि चीन–उत्तर कोरिया रेल सेवा पुनः सुरु

बेइजिङ। कोभिड–१९ महामारीका कारण सन् २०२० देखि बन्द रहेको चीन र उत्तर कोरियाबीचको अन्तर्राष्ट्रिय प्यासेन्जर रेल सेवा छ वर्षपछि पुनः सञ्चालनमा आउने भएको छ । ट्राभल अपरेटरहरूका अनुसार यो सेवा बिहीबारदेखि फेरि सुरु हुने तयारी गरिएको छ । बेइजिङ र डान्डोङस्थित आधिकारिक टिकट बुथसँग काम गर्ने ट्राभल एजेन्टहरूले एएफपीलाई दिएको जानकारीअनुसार प्रारम्भिक चरणमा यो रेल […]