नेपालगञ्जमा दिपाल र नामीको टेस्ट ड्राइभ र एक्सचेन्ज

काठमाडौं । एमएडब्लु वृिद्धले नेपालगञ्जमा दिपाल र नामीको नयाँ सोरुम उद्घाटन हुने अवसरमा आगामी शनिबारदेखि तीन दिन लामो टेस्ट ड्राइभ र एक्सचेन्ज आयोजना गर्ने भएको छ । मंसिर २७ देखि २९ सम्म चल्ने यस कार्यक्रममा आगन्तुकहरूले दिपाल, नामी, सेरेस र अवतार ब्रान्डका अत्याधुनिक र फ्युचरिस्टिक इलेक्ट्रिक सवारी साधनहरूको अनुभव गर्न पाउनेछन् । यी ब्रान्डहरू हाल […]

बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । बिहिबार नेपाली बजारमा सुनको मूल्य १ हजार रुपेयाँले बढेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार बिहिबार सुन प्रतितोला २ लाख ५३ हजार १ सय रयपैयाँमा कारोबार भइरहेको छ। बुधबार सुन प्रतितोला २ लाख ५२ हजार ९ सय रुपैयाँ थियो । चाँदीको मूल्य ५५ रुपैयाँले बढेको छ । बजारमा चाँदी प्रतितोला ३ हाजर ८०५ […]

कञ्चनपुरको मोहना नदी-दैजी सडक निर्माणको ठेक्का तोडियो

काठमाडौं । हुलाकी राजमार्गअन्तर्गत कञ्चनपुरको मोहना नदी —डोकेबजार—बेलौरी—बेलडाँगी—दैजी सडक खण्ड निर्माणको ठेक्का तोडिएको छ । सडक विभाग मातहतको हुलाकी राजमार्ग निर्देशनालयअन्तर्गत योजना कार्यालय धनगढीले बिहीबार सडक निर्माणका लागि बाबा हन्स—सिद्धीसाई संयुक्त उपक्रम (जेभी) काठमाडौंसँगको ठेक्का सम्झौता अन्त्य गरिएको सार्वजनिक सूचना जारी गरेको छ । सडक स्तरोन्नतिका लागि आर्थिक वर्ष २०७३÷७४ मा ठेक्का सम्झौता भएको थियो […]

एमाले अध्यक्ष ओलीले सम्पादकहरुसँग संवाद गर्दै

काठमाडौं ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बिहीबार देशका प्रमुख सञ्चारमाध्यमका सम्पादकसँग साक्षात्कार गर्ने भएका छन् । प्रेस चौतारी नेपालले आयोजना गरेको उक्त कार्यक्रम दिउँसो १ बजे काठमाडौंमा हुने तय गरिएको छ। शनिबारेदेखि सुरु हुने एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनलाई लक्षित गर्दै आयोजना गरिएको यो भेटमा अध्यक्ष ओलीले आफ्नो आगामी कार्ययोजना, नेतृत्वबारेको धारणा र […]

नेपाल लाइफ र आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको लाभांश घोषणा

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स र आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सले गत वर्षको नाफाबाट लाभांश घोषणा गरेका छन् । जसमध्ये, नेपाल लाइफले ५ प्रतिशत बोनस सेयर र कर सहित १६.०५ प्रतिशत नगद लाभांश गरी कुल २१.०५ प्रतिशत लाभांश घोषणा गरेको छ । यता, आइजीआई प्रुडेन्सियलले भने ५ प्रतिशत नगद लाभांश (कर सहित) घोषणा गरेको छ । नेपाल बीमा […]

फर्स्ट माइक्रोफाइनान्स र डिप्रोक्स लघुवित्तको लाभांश घोषणा

काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स र डिप्रोक्स लघुवित्तले लाभांश घोषणा गरेका छन् । कम्पनीहरुले गत वर्षको नाफाबाट सेयरधनीलाई लाभांश घोषणा गरेका हुन् । जसमध्ये, फर्स्ट माइक्रोफाइनान्सले लगानीकर्तालाई ६.५ प्रतिशत नगद लाभांश (करसहित) दिने निर्णय गरेको हो । त्यस्तै, डिप्रोक्स लघुवित्तले भने १० प्रतिशत बोनस सेयर र कर सहित ५ प्रतिशत नगद  गरी कुल १५ प्रतिशत लाभांश […]

आईपीओ जारी गर्नका लागि सेबोनमा मौलाकाली केवलकारको निवेदन 

काठमाडौं । मौलाकाली केवलकार लिमिटेडले आईपीओ निष्काशनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्ड (सेवोन) मा आवेदन दिएको छ । कम्पनीले कार्तिक २४ गते बोर्डमा आवेदन दिएको हो। कम्पनीले १८ करोड ७९ लाख १३ हजार रुपैयाँ बराबरको १८ लाख ७९ हजार १ सय ३० कित्ता सेयर निष्काशनको अनुमति मागेको हो । सेयर निष्काशनको लागि ग्लोबल आईएमई […]

एमाले महाधिवेशन मुल व्यवस्थापन समितिको बैठक बस्दै, १४ उपसमितिबाट रिपोर्टिङ लिने

काठमाडौं ।  नेकपा एमालेको ११ औ राष्ट्रिय महाधिवेशन मुल व्यवस्थापन समितीको बैठक बजेबाट बस्दैछ । प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमका अनुसार महाधिवेशन आउन दुईदिन बाँकी रहँदा हालसम्मका तयारी र अब गर्नैपर्ने कामका सन्दर्भमा बैठकमा छलफल हुनेछ । ‘आज मुख्यगरी जनपरिचालनको तयारीका सन्दर्भमा उपमहासचिव प्रदिप ज्ञवालीले रिर्पोटिङ गर्नुहुन्छ ’ गौतमले भने ‘बढी भन्दा बढी […]

आजसम्म कायम सेयरधनीले मात्रै घोराही सिमेन्टको लाभांश पाउने

काठमाडौं । बिहीबार (आज)सम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कायम सेयरधनीहरुले मात्रै घोराही सिमेन्ट इण्डष्ट्री लिमिटेडको लाभांश प्राप्त गर्न सक्ने छन् । कम्पनीले वार्षिक साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ भोलि मंसिर २६ गते एक दिनका लागि बुक क्लोज गर्ने भएकाले आजसम्म कायम सेयरधनीहरुले मात्रै  लाभांश प्राप्त गर्न सक्नेछन् । यस कम्पनीले हाल कायम चुक्ता पुँजीको […]

टियागो इभिमा मेडिकल प्रोफेशनलहरूका लागि विशेष अफर, हरेक बुकिङमा लिटम्यान स्टेथोस्कोप

काठमाडौं । टाटा मोटर्स नेपालका लागि एकमात्र अधिकृत वितरक सिप्रदी ट्रेडिङ प्रा.लि.ले समाजका लागि निरन्तर सेवा गरिरहेका मेडिकल समुदायप्रति सम्मान व्यक्त गर्दै टियागो.इभीका लागि विशेष योजना सार्वजनिक गरेको छ। यस योजनाअन्तर्गत टियागो.इभी किन्न इच्छुक मेडिकल क्षेत्रका ग्राहकहरूले आकर्षक उपहार, ठूलो नगद छुट तथा प्रिमियम सेवाहरू प्राप्त गर्न सक्नेछन् । साथै हरेक टियागो इभीको बुकिङमा लिटम्यान […]