घट्यो सुनको मूल्य

काठमाडौं । आज आइतबार सुनको मूल्य घटेको छ । शुक्रबार तोलाको १ लाख ४९ हजार ९ सय रुपैयाँ पुगेर किर्तिमानी मूल्यमा कारोबार भएको छापावाल सुन आज तोलामा २ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ४९ हजार ७ सय रुपैयाँमा आइपुगेको छ । आज प्रति १० ग्राम छापावाल सुनको मूल्य १ लाख २८ हजार ३४५ रुपैयाँ […]

रघु नन्दन मारुको नेतृत्वमा नेपाल सिमेन्ट उत्पादक संघको नयाँ कार्यसमिति चयन

काठमाडौं । नेपाल सिमेन्ट उत्पादक संघको अध्यक्षमा रघु नन्दन मारु चयन भएका छन् । शनिबार सम्पन्न संघको २०औं साधारणसभाले मारुको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । नवनिर्वाचित कार्यसमितिको कार्यकाल तीन वर्षको हुने छ । संघको उपाध्यक्षमा डा. ताराप्रसाद पोखरेल र विकास दुगड चयन भएका छन्। यस्तै, महासचिवमा राजाराम खड्का, कोषाध्यक्षमा अरुणकुमार कर्ण सर्वसम्मत भएका […]

ग्रामीण विकास लघुवित्तमा ठूलो संख्या र पदमा रोजगारीको अवसर

काठमाडौं ।  ग्रामीण विकास लघुवित्त वित्तीय संस्थामा प्रशासन र प्राविधिक सेवा तर्फ रोजगारी खुलेको छ । प्रबन्ध सहायक छैँटौ, सहायक कम्प्युटर अधिकृत प्राविधिक छैँटौ सहायक प्रसासन चौथो तह गरी जम्मा ७४ जनाको लागि रोजगारी खुलेको हो ।  जसमा प्रबन्ध सहायक छैँटौ तहमा खुल्ता तर्फ २९ जना  महिला तर्फ ८ जना  आदीबासी जनजाती तर्फ ६ जना […]

अधिकाँस तरकारीको मूल्य घट्दा, रायोको साग र कागतीको बढ्यो

काठमाडौं । कालिमाटी फलफुल तथा तरकारी बजार बिकास समितिका अनुसार आज गोलभेडा ठुलो नेपालीको मूल्य बढेको छ । हिजो प्रति केजी औसत मूल्य ७३.३३ रुपैयामा कारोबार भएकोमा आज प्रति केजी औसत मूल्य ७५ रहेको छ जुन हिजोको मूल्य भन्दा बढी हो  । गोलभेडा सानो लोकल मूल्य आज घटेको छ हिजो प्रति केजी औसत मुल्य १६.६७ […]

श्रीनगर एग्रीटेक इन्डष्ट्रिजको विशेष साधारणसभा हुँदै, पुँजी वृद्धि गरेर आइपिओ जारी गर्ने

काठमाडौं । श्रीनगर एग्रीटेक इन्डष्ट्रिज लिको बिशेष साधारणसभा कम्पनीको कर्पोरेट कार्यालय, नक्साल काठमाडौंमा २०८१भदौ ४ गते  बस्ने भएको छ  । साधारणसभाको एजेण्डा र कार्यसूची कम्पनीको अधिकृत पूँजी, जारी पूँजी तथा चुक्ता पूँजी वृद्धि गर्ने,  अधिकृत पूँजी, जारी पूँजी तथा चुक्ता पूँजी समेत समावेश गरी गर्ने प्रस्ताव संचालक समितिको प्रस्ताव बमोजिम कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक […]

ब्याज आम्दानीसँगै स्ट्याण्डर्ड चार्टर्ड बैंकको नाफा घट्यो

काठमाडौं ।स्ट्याण्डर्ड चार्टर्ड बैंक बैंकको खुद नाफामा गिरावट आएको छ। बैंकले सार्वजनिक गरेको चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार ब्याज आम्दानीमा गिरावट आएसँगै नाफामा संकुचन देखिएको हो। गत आर्थिक वर्ष २०८०/८१ मा बैंकले ३ अर्ब ३० करोड ८९ लाख ५४ हजचर रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो आव २०७९/८० मा बैंकका खुद नाफा ३ […]

सुन्दर प्राकृतिक दृश्यावलोकनका लागि नेपाल भ्रमण गर्न विश्वका पर्यटकलाई प्रधानमन्त्रीको आग्रह

काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले प्राकृतिक सौन्दर्य दृश्यावलोकनका लागि नेपालको भ्रमण गर्न विश्वका पर्यटकहरुलाई आग्रह गरेका छन्। विश्वका छानिएका भ्लगरहरुको लुक्ला विमानस्थलदेखि सगरमाथा आधारशिविरसम्मको साहसिक यात्रामा आधारित रियालिटी शो ‘द च्यालेन्जर्स  गेम अफ हिमालयज’ को प्रिमियर शो कार्यक्रममा प्रधानमन्त्री ओलीले एक पटक नेपाल भ्रमणमा आएपछि जो कोहीलाई अर्का पटक आफै आउँआउँ लाग्ने बताएका हुन्। उक्त […]

आज रातो मच्छिन्द्रनाथको भोटो जात्रा, उपत्यकामा सार्वजनिक बिदा

काठमाडौं । वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको भोटो आइतबार देखाइने भएको छ । भोटो जात्रालाई करिब आठ सय वर्षअघिसम्म जावलाखेल जात्रा भनिन्थ्यो । जा (भात) वला (छर्ने) भएकाले यसलाई जावलाखेल जात्रा भन्ने गरिएको रातो मच्छिन्द्रनाथको भोटो जात्राको साइत हेर्ने काममा सक्रिय हुँदै आएका नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वसदस्य कीर्तिमदन जोशीले राससलाई जानकारी दिए […]

आज यी ५ प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

काठमाडौं । मौसम पुर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ। यतिबेला (आइतबार बिहान) देशभरको मौसम आंशिकदेखि साधारणतया बदली छ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा अहिले हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो पनि देशभर आंशिकदेखि साधारणतया बदली रहने […]

साताको सेयर : नेप्से सँगै कारोबार रकम २२ अर्बले बढ्यो

काठमाडौं । सेयर बजार निरन्तर बढ्दा सेयरका अधिकांश सूचकहरु सकारात्मक रहेका छन् । यो साता कारोबार रकममा २२ अर्ब रुपैयाँले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार यो साता कुल कारोबार रकम ९६ अर्ब ३१ करोड १० लाख रुपैयाँ रहयो । जुन गत साता भन्दा २२ अर्ब ६९ करोड ४४ लाख रुपैयाँले […]