पब्जी प्रतिबन्ध सम्बन्धी रिट सर्वोच्चद्वारा खारेजः अनलाइन गेमका सकारात्मक र नकारात्मक प्रभावहरू विश्लेषण गर्न सरकारलाई निर्देशन
काठमाडौं । इन्टरनेटमार्फत खेलिने लोकप्रिय अनलाइन खेल पब्जी माथि लगाइएको प्रतिबन्धविरुद्ध परेको रिट निवेदन सर्वोच्च अदालतले खारेज गर्ने फैसला गरेको छ। न्यायाधीशद्वय डा. कुमार चुडाल र महेश शर्मा पौडेलको संयुक्त इजलासले पब्जी खेलले बालबालिकाको मानसिक स्वास्थ्यमा पार्न सक्ने नकारात्मक असरलाई मध्यनजर गर्दै, बालबालिकाको सर्वोत्तम हितका लागि प्रतिबन्ध संविधान र कानूनसम्मत रहेको ठहर गर्दै रिट खारेज गरेको […]

