माउण्ट भ्यू इन्टिच्युटद्वारा आयोजित “फ्यूचर अफ लिगल स्टडिज इन नेपाल” सेमिनार सम्पन्न

काठमाडौं । माउण्ट भ्यू इन्टिच्युट अफ ल एण्ड टेक्नोलोजी (टेक ल कलेज) द्वारा आयोजित “फ्यूचर अफ लिगल स्टडिज इन नेपाल” नामक सेमिनार आज सफलतापूर्वक सम्पन्न भयो। यस कार्यक्रममा कानुनी क्षेत्रका विज्ञहरू, शिक्षाविद् र विद्यार्थीहरू सहभागी भएका थिए। सेमिनारको उद्घाटन गर्दै राजर्षिजनक विश्वविद्यालयका मानविकी तथा कानुन संकायका डीन प्रा. डा. नरेन्द्र कटवालले भने, “यस सेमिनारले नेपालको कानुनी […]

नेपाली कामदारका न्यूनतम १,००० दिराम तलब अनिवार्य गर्न श्रममन्त्री भण्डारीको आग्रह

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री सरदसिंह भण्डारी र नेपालका लागि संयुक्त अरब इमिरेट्स (युएई) का राजदूत अब्दुल्ला सइद मुबारक जरवान अलशाम्सीबीच भेटवार्ता भएको छ । आज भएको उक्त भेटवार्तामा उनीहरुबीच युएईमा कार्यरत नेपाली कामदारका लागि न्यूनतम एक हजार दिराम तलब अनिवार्य रूपमा लागू गर्ने विषयमा छलफल भएको मन्त्री भण्डारीको निजी सचिवालयले जानकारी दिएको […]

आफूमाथि लगाइएका आरोप परीक्षणसहित पुष्टि गर्न मन्त्री गुप्ताको चुनौती

काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले आफूमाथि लगाइएका सम्पूर्ण आरोपहरू निराधार भएको बताएका छन् । केही दिनयता विभिन्न सञ्चारमाध्यमहरूमा आइरहेका समाचार र त्यसमा समावेश तथ्यहरूप्रति आपत्ति जनाउँदै ती आरोपहरूको परीक्षणसहित पुष्टि गर्न चुनौतीसमेत दिए । आफूविरुद्ध हाल सञ्चारमाध्यमहरूमा आइरहेका समाचारहरू प्रायोजित र निराधार रहेको दाबी गर्दै मन्त्री गुप्ताले सरुवा र नियुक्तिजस्ता कार्यमा […]

एनआरएन इन्फ्रास्ट्रक्चरले बर्णबास होटलको शेयर किन्यो

काठमाडौं । एनआरएन इन्फ्रास्ट्रक्चर लिमिटेडले काठमाडौँको लक्जरियस बर्णबास म्युजियम होटलको संस्थापक शेयर किनेको छ। कम्पनीले १२ करोड ५० लाख रुपैयाँबराबरको १० लाख कित्ता शेयर किनेको हो। सांसद तथा होटल व्यवसायी राजेन्द्र बजगाईं अध्यक्ष रहेको बर्णबास होटलको संस्थापक सेयरमध्ये १४.२ प्रतिशत शेयर किनेको हो। कम्पनीले प्रतिकित्ता १ सय २५ रुपैयाँका दरले होटलको शेयर किनेको हो। शेयर किनेपछि […]

डा. बद्री केसी नेतृत्वले घोषणा गर्यो १२औँ एनआरएनए महाधिवेशन

काठमाडौं  । डा. बद्री केसी नेतृत्वको गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले आगामी अक्टोबर ११ देखि १४ सम्म काठमाडौंमा १२औँ महाधिवेशन गर्ने घोषणा गरेको छ । सङ्घको सचिवालय बालुवाटारमा आइतबार पत्रकार सम्मेलनको आयोजना गरी महाधिवेशनको बारेमा जानकारी दिएको हो । महाधिवेशन गर्नका लागि अधिवक्ता डा. राजेन्द्र घिमिरेको संयोजकत्वमा निर्वाचन समिति गठन गरिएको छ । गत शुक्रबार बसेको अन्तर्राष्ट्रिय समन्वय परिषद् […]

 सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं । नेपाली बजारमा साताको दोस्रो दिन आज सोमबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला १ लाख ९३ हजार ३०० रुपैयाँ पुगेको छ। जुन आइतबारको तुलनामा तोलामा छापावाला सुन प्रतितोला ४०० रुपैयाँले बढी हो । आइतबार छापावाला सुन प्रतितोला १ लाख ९२ हजार ९ सय रुपैयाँ तोकिएको थियो […]

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका छन्। बैठक साँझ ६ बजेपछि बालुवाटारमा बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता घुस लेनदेनसम्बन्धी विवादित बनेका बेला मन्त्रिपरिषद्को बैठक बस्न लागेको हो। प्रधानमन्त्रीको सचिवालयले भने यो बैठक नियमित रहेको बताएको छ। हरेक सोमबार मन्त्रिपरिषद्को बैठक बस्दै आएको छ। मन्त्री गुप्ताको […]

स्पेन पठाउने गिरोहमाथि अनुसन्धान गर्न गृहमन्त्री लेखकको निर्देशन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली सहभागी भएको स्पेनको कार्यक्रममा पठाउने गिरोहमाथि अनुसन्धान गर्न गृहमन्त्री रमेश लेखकले निर्देशन दिएका छन्। सोमबार बिहान गृहसचिव गोकर्णमणि दुवाडी र प्रहरी महानिरीक्षक दीपक थापालाई गिरोहका बारेमा अनुसन्धान गर्न निर्देशन दिएका हुन्। सोमबार गृह मन्त्रालयमा गृहसचिव गोकर्णमणि दुवाडी र आइजीपी थापासँगको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली स्पेन भ्रमणमा जाँदा भिजिट […]

गोर्खाज फाइनान्सको शेयर रजिष्ट्रारमा मुक्तिनाथ क्यापिटल नियुक्त

काठमाडौं । गोर्खाज फाइनान्स लिमिटेडको शेयर रजिष्ट्रारमा मुक्तिनाथ क्यापिटल लिमिटेड नियुक्त भएको छ । असार २५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले मुक्तिनाथ क्यापिटललाई शेयर रजिष्ट्रारमा नियुक्त गर्ने निर्णय गरेको हो । साउन १ गतेदेखि लागू हुने गरी कम्पनीले क्यापिटललाई शेयर रजिष्ट्रारमा नियुक्त गरिएको जानकारी नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मार्फत गराएको छ । यस आधारमा […]

इनड्राइभले काठमाडौँमा ‘ड्राइभर्स मिट एण्ड ग्रिट‘ आयोजना गर्यो

काठमाडौं । विश्वव्यापी मोबिलिटी र अर्बन सर्भिस प्लेटफर्म इनड्राइभले हालै काठमाडौंमा आफ्ना ड्राइभर पार्टनरहरूसँग ‘ड्राइभर्स मिट एण्ड ग्रिट’ कार्यक्रम आयोजना गर्यो । कार्यक्रमको उद्देश्य ड्राइभरहरूको मेहनत र समर्पण प्रति कृतज्ञता प्रकट गर्नुका साथै आपसी संवादलाई प्रोत्साहन गर्ने र ‘छनोटको स्वतन्त्रता‘ तथा ‘सामुदायिक सशक्तिकरण‘ प्रतिको इनड्राइभको प्रतिबद्धतालाई थप मजबुत बनाउनु थियो । स्थानीय ड्राइभर पार्टनर्स र इनड्राइभ […]