हिमालयन पावर पार्टनरले पायो हकप्रद सेयर बिक्रीको अनुमति

काठमाडौं । हिमालयन पावर पार्टनर लिमिटेडले ५० प्रतिशत हकप्रद सेयर बिक्री गर्न अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले कम्पनीलाई १०० रुपैयाँ अंकित दरमा ५३ लाख २७ हजार ८५ कित्ता सेयर बिक्री गर्न अनुमति दिएको हो । यसमा बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई क्यापिटलले गर्नेछ ।

ताप्लेजुङमा समानुपातिकतर्फको मत परिणाम

फुङ्लिङ । ताप्लेजुङमा प्रतिनिधिसभा निर्वाचनअन्तर्गत प्रत्यक्षतर्फ प्राप्त मतको तुलनामा समानुपातिकतर्फ नेपाली कांग्रेस, नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीले कम मत प्राप्त गरेका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार नेकपा (एमाले) का उम्मेदवार क्षितिज थेवे १३ हजार ९६२ मत प्राप्त गर्दै विजयी भएको थियो । तर समानुपातिकतर्फ एमालेले प्रत्यक्षतर्फ प्राप्त गरेको मतभन्दा दुई […]

गोरखा १ : फराकिलो मतान्तरसहित रास्वपाका सुधन गुरुङ विजयी

काठमाडौं ।  गोरखा क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सुधन गुरुङ विजयी भएका छन् । मतगणनाको अन्तिम नतिजाअनुसार उनी र अन्य दलका उमेदवारबीच फराकिलो मतान्तर देखिएको छ । उनले २९ हजार ८९६ मत पाउँदा उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका प्रेम खत्रीले १५ हजार ३९८ मत ल्याएका छन् । तेस्रो स्थानमा झरेको नेकपाका हरिराज अधिकारीले ११ […]

मध्यपूर्व युद्धको प्रभावः तेल बजार स्थिर बनाउन अन्तर्राष्ट्रिय पहल

तेहरान । मध्यपूर्वमा बढ्दो द्वन्द्व र तनावका कारण विश्व ऊर्जा बजारमा देखिएको अस्थिरता नियन्त्रण गर्ने उपायबारे प्रमुख औद्योगिक देशहरूका अर्थमन्त्रीहरूले छलफल गरेका छन् । फ्रान्स सरकारका एक स्रोतका अनुसार सोमबार हुने बैठकमा तेल बजारलाई स्थिर बनाउन रणनीतिक तेल भण्डार प्रयोग गर्ने सम्भावनाबारे गम्भीर रूपमा विचार गरिनेछ । फ्रान्सको अर्थ मन्त्रालयले बैठकमा खाडी क्षेत्रको पछिल्लो अवस्थासहित त्यसको […]

इलाम-१ मा कांग्रेसका निस्कल राई विजयी

काठमाडौं । इलाम-१ मा नेपाली कांग्रेसका निस्कल राईले विजयी भएका छन् । श्रम संस्कृति पार्टी र नेकपा एमालेका उम्मेदवारसँग भएको त्रिपक्षीय रोचक प्रतिस्पर्धामा अन्तत: कांग्रेस उम्मेदवार राईले जित निकाले हुन् । राईले १४ हजार ५४३ मत प्राप्त गरेर विजयी हुँदा अन्तमा श्रम संस्कृति पार्टीका विनोद नेम्वाङ लिम्बूले १३ हजार ६३२ मत ल्याएर दोस्रो स्थानमा रोकिए […]

बैतडीका सात जना उम्मेदवारको जमानत जफत

दशरथचन्द ।  यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत बैतडीमा सात जना उम्मेदवारको जमानत जफत भएको छ । खसेको सदर मतको १० प्रतिशत मत ल्याउन नसकेका सात जना उम्मेदवारको जमानत जफत भएको हो । खसेको सदर मतको १० प्रतिशत कटाउन नसक्ने एक स्वतन्त्रसहित सात जना उम्मेदवारको जमानत जफत भएको जिल्ला निर्वाचन कार्यालय बैतडीका सूचना […]

निर्वाचन प्रहरीको बिदाइ बिहीबार

काठमाडौं ।  यही फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काठमाडौं उपत्यकामा परिचालन गरिएका निर्वाचन प्रहरीको बिहीबार बिदाइ गरिने भएको छ । निर्वाचनको सुरक्षाका लागि काठमाडौंमा ३ हजार ८५४, भक्तपुरमा एक हजार ९३ तथा ललितपुरमा एक हजार ५९६ निर्वाचन प्रहरी परिचालन गरिएको नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले राससलाई जानकारी दिए । उनले भने, […]

जर्मन औद्योगिक कमजोरीले मर्जमाथि दबाब बढायो

फ्रान्कफर्ट। जनवरीमा जर्मन औद्योगिक उत्पादन र अर्डरहरू अपेक्षाभन्दा कमजोर आएको तथ्याङ्कले चान्सलर फ्रेडरिक मर्जमाथि युरोपको सबैभन्दा ठूलो अर्थतन्त्रलाई पुनर्जीवित गर्ने दबाब बढाएको छ । सङ्घीय तथ्याङ्क कार्यालय डेस्टाटिसका अनुसार औद्योगिक उत्पादन ०.५ प्रतिशतले घटेको छ । यद्यपि विश्लेषकहरूले ०.९ प्रतिशत वृद्धिको अनुमान गरेका थिए । औद्योगिक अर्डरहरूमा ११.१ प्रतिशतको गिरावट आएको छ । यो फ्याक्टसेट […]

सङ्खुवासभामा चार स्थानबाट मतगणना

किमाथाङ्का । सङ्खुवासभामा प्रतिनिधिसभा सदस्य निर्वाचनको मत गणना तेस्रो दिन जारी छ । आज अपराह्न ३ बजेसम्म ५० हजार ८२० मत गणना भएको मुख्य निर्वाचन अधिकृत राजकुमार कोइरालाले जानकारी दिए । अन्तिम मत परिणाम छिटो सार्वजनिक गर्न अहिले चार ठाउँमा मतगणना भइरहेको छ । सङ्खुवासभामा प्रतिनिधिसभा सदस्य निर्वाचनमा ६३ हजार ६३४ मत खसेको थियो । […]

प्रत्यक्षतर्फ खोटाङका ११ उम्मेदवारको जमानत जफत

खोटाङ। प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना सम्पन्न भएसँगै खोटाङका ११ जना उम्मेदवारको जमानत जफत भएको छ। आफ्नो जमानत जोगाउन प्रत्येक उम्मेदवारले कम्तीमा पनि पाँच हजार ८६३ मत प्राप्त गर्नुपर्ने थियो। तर, ११ जना उम्मेदवारले त्यो मत प्राप्त गर्न नसक्दा जमानत जफत भएको हो। प्रतिनिधिसभातर्फ एउटा मात्रै निर्वाचन क्षेत्र रहेको खोटाङमा यही फागुन २१ गते सम्पन्न निर्वाचनमा […]