घलेम्दी हाइड्रो साढे २ करोड घाटामा

काठमाडौं । घलेम्दी हाइड्रो लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा दुई करोड ४६ लाख ४२ हजार रुपैयाँ खुद घाटा व्यहोरेको छ । गत वर्षको यसै अवधिको तुलनामा कम्पनीले नोक्सानी सुधार भने गरेको हो । २०८० चैतमा कम्पनी ७ करोड ३० लाख रुपैयाँ घाटामा थियो । शुक्रबार सार्वजनिक अपरिष्कृत वित्तीय विवरण अनुुसार कम्पनीको मुनाफा खुद नाफा […]

साताको शेयर : नेप्से ३८ अंकले बढ्दा ६४ अर्बले बढ्यो बजार पुँजीकरण

काठमाडौं । यो साता पाँच कारोबार दिन मध्ये शेयर बजार दुई दिन मात्र बढ्यो । मंगलबार र बुधबार शेयर बजार बढ्दा अधिकांश सूचकहरु सातामा राम्रो देखिएको छ । नेपाल राष्ट्र बैंकमा गर्भनर नियुक्तिको सम्भावना भए सँगै बजारमा सकारात्मक प्रभाव परेको देखिन्छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले उपलब्ध गराएका तथ्यांक अनुरुप गत साताको तुलनामा यो […]

पहिलेको चरिचरन, अहिलेको पर्यटकीय गन्तव्य

काठमाडौं । एक दशकअघिसम्म हाँडिकोटको महत्त्व पशु चरिचरनका लैजाने स्थानीयले मात्र चिन्दथे । पशुचौयाया चराउने र घाँस दाउरा लिन पुग्ने हाँडिकोटमा अहिले पर्यटकीय गन्तव्य बन्दै गएको छ । घना जङ्गलको बीचमा रहेको अग्लो पहाड हाँडिकोट टापु एकाएक चर्चामा आउन थालेपछि पदयात्रामा आउनेका लागि उपयुक्त गन्तव्य बन्न थालेको हो । समुद्री सतहदेखि दुई हजार एक सय […]

उद्योग परिसंघले दियो आगामी बजेटका लागि सुझाव

काठमाडौं । नेपाल उद्योग परिसंघले आर्थिक वर्ष २०८२/८३ को बजेटका लागि उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल समक्ष सुझाव पेश गरेको छ । परिसंघले निजी क्षेत्रलाई विकासको इन्जिनका रूपमा लिइ आत्मविश्वासका साथ लगानी वृद्धि गर्ने नीति अवलम्बन गरी यस्ता आर्थिक नीति आगामी १० वर्षसम्म स्थीर हुने सुनिश्चितता गर्न आग्रह गरेको छ परिसंघकोतर्फबाट सुझाव प्रस्तुत गर्दै परिसंघका […]

विकास हाइड्रोपावरको आईपीओ जेठ ६ देखि खुल्दै

काठमाडौं । विकास हाइड्रोपावर कम्पनी लिमिटेडले जेठ ६ गते प्राथामिक शेयर निष्कासन (आईपीओ) निष्काशन गर्ने भएको छ। कम्पनीले पहिलो चरणमा गोरखाका आयोजना प्रभावित स्थानिय र श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीलाई शेयर निष्काशन गर्न लागेको हो । कम्पनीले गोरखा जिल्लाका स्थानीयलाई ९ लाख ९ हजार १ सय १ कित्ता शेयर निष्काशन गर्ने छ। जस […]

विश्वकप छनोट अन्तर्गत नेपालले बहराइनलाई ९ विकेटले हरायो

काठमाडौं । आइसिसी महिला टी–२० विश्वकप एसिया छनोटअन्तर्गत लिग चरणको दोस्रो खेलमा नेपालले बहराइनविरुद्ध ९ विकेटको जित निकालेको छ । वर्षाका कारण खेललाई ५.५ ओभरमा सीमित गरिएको थियो । बहराइनले प्रस्तुत गरेको ४२ रनको लक्ष्य नेपालले ४.२ ओभरमै एक विकेटको क्षतिमा पूरा गर्‍यो । नेपालका लागि ओपनर कविता कुँवरले आक्रामक ब्याटिङ गर्दै ११ बलमा ४ […]

भारत–पाकिस्तान तनावले नेपालमा आर्थिक संकटको जोखिम, पूर्व गभर्नर चिरञ्जीवी नेपालको चेतावनी

काठमाडौं । पूर्व गभर्नर तथा वरिष्ठ अर्थशास्त्री डा. चिरञ्जीवी नेपालले भारत र पाकिस्तानबिच बढ्दो तनावले नेपालमा गम्भीर आर्थिक संकट ल्याउने खतरा रहेको बताएका छन्। पूर्व सांसद मञ्चद्वारा आयोजित एक कार्यक्रममा बोल्दै उनले नेपाल भारतमाथि अत्यधिक निर्भर रहेको बताउँदै यदि भारत–पाकिस्तानबिचको द्वन्द्व लम्बियो भने यसको प्रत्यक्ष असर नेपाली अर्थतन्त्रमा पर्न सक्ने चेतावनी दिएका हुन्। ‘हामी परनिर्भर […]

सेती नदी जलविद्युत् आयोजना निर्माण सम्पन्न

काठमाडौं । कास्कीको माछापुच्छ्रे गाउँपालिका तथा पोखरा महानगरपालिका स्थित सेती नदीमा २५ मेगावाट क्षमताको  सेतीनदी जल विद्युत आयोजनाको निर्माण सम्पन्न भएको छ । भिजन लुम्बिनी ऊर्जा कम्पनीद्वारा प्रवर्द्धित आयोजना निर्माण सम्पन्न भई औपचारिक उदघाटन भई नेपाल विद्युत् प्राधिकरणको प्रणालीमा जोडिइसकेको छ । विसं २०७५ असोज २६ गते पब्लिक लिमिटेड कम्पनीको रूपमा दर्ता भएको भिजन लुम्बिनी […]

हुलाकी सडकले सुगम बन्यो नरैनापुर

राँझा । बाँकेको दुर्गम क्षेत्र मानिने राप्ती नदीपारी अवस्थित नरैनापुर गाउँपालिका हुलाकी सडक सञ्चालनमा आएपछि सुगम बन्दै गएको छ । हुलाकी सडक निर्माणसँगै अहिले नरैनापुरबाट करिब आधा घण्टामै सदरमुकाम नेपालगञ्ज पुग्न सकिने नरैनापुर गाउँपालिका–४ निवासी ताजमोहम्मद खानले बताए । ‘हुलाकी सडक निर्माण नहुँदा भारतको बाटो हुँदै नेपालगञ्ज पुग्नुपर्थ्यो, अहिले आधा घण्टामै पुगिन्छ’, खानले भने, ‘हुलाकी […]

एसियन लाइफले ४२ प्रतिशत हकप्रद सेयर बिक्री गर्न

काठमाडौं । एसियन लाइफ इन्सुरेन्सले ४२ प्रतिशत हकप्रद सेयर बिक्री गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । एसियनले १ः०.४२ अनुपातमा प्रतिकित्ता १०० रुपैयाँको दरले १ करोड ४२ लाख ७९ हजार ३१२.४८ कित्ता हकप्रद सेयर बिक्री गर्न अनुमति पाएको हो । यसआधारमा अब १ अर्ब ४२ करोड ७९ लाख ३१ हजार २४८ रुपैयाँ बराबरको सेयर […]