श्रमिक सुरक्षा सुदृढ गर्न सीएनआई र सामाजिक सुरक्षा कोषबीच समझदारी

काठमाडौं । उद्योग क्षेत्रका श्रमिकहरूको सामाजिक सुरक्षा सुनिश्चित गर्न र योजनामा आवद्धता बढाउनका लागि नेपाल उद्योग परिसंघ (सीएनआई) र सामाजिक सुरक्षा कोषबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ । परिसंघको सचिवालयमा सोमबार संयुक्त रूपमा आयोजित सामाजिक सुरक्षाबारे अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रमका बीच उक्त समझदारी गरिएको हो । समझदारी पत्रमा परिसंघका तर्फबाट महानिर्देशक डा. घनश्याम ओझा र […]

जेनजी आन्दाेलनमा भएकाे क्षतिकाे बीमा दाबी २३ अर्ब माथि, भुक्तानी ४ अर्ब माथि

काठमाडौं । हालैको जेन–जी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको निर्जीवन बीमा कम्पनीहरूमा परेका कूल ३ हजार ३०० वटा बीमा दाबीको करिव रू. २३ अर्ब ४४ करोड दाबी रकममध्ये हालसम्ममा बीमा कम्पनीहरूले अग्रिम भुक्तानी समेत गरी करिव रू. ४ अर्ब ३८ करोड ४८ लाख दाबी रकम बीमितहरूलाई भुक्तानी गरिसकेका छन् । प्राधिकरणमा १४ वटा […]

एनपिएल क्रिकेट : सुदूरपश्चिम फाइनलमा, विारटनगर ७७ रनले पराजित 

काठमाडौं । नेपाल प्रिमियर लिग क्रिकेट (एनपिएल) को पहिलो क्वालिफायरमा जित निकाल्दै सुदूरपश्चिम उपाधि नजिक पुगेको छ । आज भएको खेलमा विराटनगर किङ्सलाई ७७ रनले पराजित गर्दै सुदूरपश्चिम दोस्रो पटक फाइनमा प्रवेश गरेको हो । १५६ रनको लक्ष्य सहित जबाफि ब्याटिङ गरेको विराटनगर १४.१ ओभरमा ७८ रनमा अलआउट भयो । विराटनगरका लागि फाप डुप्लेसीसले सर्वाधिक […]

४ वर्षमा ४ गुणाले बढ्यो बैंकहरुको एनपीएल, विकास बैंक र फाइनान्सको अवस्था पनि उस्तै

काठमाडौं । पछिल्लो ४ वर्षमा वाणिज्य बैंकहरुको औसत निष्कृय कर्जा अनुपात (एनपीएल) ४ गुणाले बढेको छ । बैंकहरुसँगै विकास र फाइनान्स कम्पनीहरुको एनपीएल पनि सोही अनुसार बढेको देखिन्छ । नेपाल राष्ट्र बैंकका अनुसार ४ वर्ष अगाडि अर्थात, २०७८ असोजमा वाणिज्य बैंकहरुको एनपीएल औसत (एग्रिगेट)मा १.२३ प्रतिशत थियो । अहिले असोजसम्म आइपुग्दा उक्त दर बढेर ५.०३ […]

पाकिस्तानको आर्थिक पुनरुत्थानका लागि आईएमएफबाट थप १.२ अर्ब डलर ऋण स्वीकृत

इस्लामाबाद । पाकिस्तानले मङ्गलबार अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) बाट आफ्नो आर्थिक पुनरुत्थान र सुधार कार्यक्रमलाई सहयोग गर्न थप १.२ अर्ब डलर ऋण जारी भएको बताएको छ। ऋण सहयोगलाई दुई वर्षको वित्तीय सङ्कटपछि गरिएको ‘कडा मेहनत’ को प्रमाणको रूपमा वर्णन गरिएको छ। आइएमएफले सोमबार वाशिङ्गटनमा बसेको बैठकमा उक्त रकम स्वीकृत गरेको हो । आइएमएफले उद्धार कोष र एक […]

रोयल इन्फिल्डको ‘हन्टर ३५०’ नयाँ रङ, फिचर र शैलीसहित नेपाली बजारमा

काठमाडौं । Mid-Size मोटरसाइकल समूह (२५०–७५० सीसी) मा विश्वकै अग्रणी ब्रान्ड Royal Enfield ले आफ्नो लोकप्रिय स्ट्रिट रोड्स्टर मोडेल Hunter 350 को नयाँ संस्करण नेपाली बजारमा सार्वजनिक गरेको छ। विश्वका प्रख्यात सहरका ‘कुल’ जीवनशैलीबाट प्रेरित रङ, सुधारिएको सस्पेन्सन तथा सहज एर्गोनोमिक डिजाइन सहितको यस BS VI नयाँ Hunter 350, 2025 Edition कम्पनीले सोमबार काठमाडौंमा प्रस्तुत […]

प्रधानमन्त्री र जेनजी आन्दोलनका अगुवा सुधन गुरुङबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीसँग जेनजी आन्दोलनका अगुवा सुधन गुरुङले आज भेट गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको भेटमा गुरुङले सरकार र जेनजीबीच हुन लागेको सम्झौतामा भएको प्रगतिबारे चासो राखेका थिए । जेनजी आन्दोलनलाई वैधता दिने गरी सम्झौताको प्रक्रिया चाँडो टुंग्याउनुपर्ने र राष्ट्रपतिसमक्ष हस्ताक्षर गर्नुपर्ने उनको भनाइ थियो । यस्तै उनले आन्दोलनमा […]

नयाँ समझदारीका लागि सरकारले नेतृत्व लिनुपर्छ : राप्रपा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सरकारसँग नवीन सम्झौताका लागि माग गरेको छ । राजसंस्था, राजनीतिक दल र जेनजी पुस्ताबीच नवीन सहमतिको नेतृत्व प्रधानमन्त्री सुशीला कार्कीले लिनुपर्ने भन्दै सरकारकोे ध्यानार्कषण गराएको छ । आज काठमाडौंमा राप्रपाद्वारा आयोजित प्रदर्शनी एवं सभालाई सम्बोधन गर्दै पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारले घोषणा गरेको निर्वाचनअघि नै नयाँ समझदारी आवश्यक […]

एउटा व्यक्ति एउटा सहकारीमा मात्रै सञ्चालक बस्न पाउने व्यवस्था कार्यान्वयन गर्न निर्देशन

काठमाडौँ । कुनै व्यक्ति एक समयमा एक मात्र सहकारी संस्थाको सञ्चालक हुनसक्ने व्यवस्था कार्यान्वयन गर्न सहकारी विभागले निर्देशन दिएको छ । विभागले सोमबार देशभरका सहकारी संस्थालाई निर्देशन दिँदै सहकारी ऐन २०७४ को दफा ४१ को व्यवस्था कार्यान्वयन गर्न भनेको हो । यसअघि पटक–पटक निर्देशन गर्दा पनि अटेरी भएको भन्दै विभागले ऐनको व्यवस्था अविलम्ब कार्यान्वयन गर्न […]

मन्त्रिपरिषद् बैठकका १८ निर्णयहरु यी हुन् (सूचीसहित)

काठमाडौं । सरकारले पछिल्लो पटक बसेका मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरेको छ । सञ्चार, सूचना तथा प्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता जगदीश खरेलले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेका हुन् । हिजो (सोमबार) मन्त्रिपरिषद् बैठक बसेको थियो । उक्त बैठकले विभिन्न १८ वटा निर्णय गरेको सञ्चारमन्त्री खरेलले जानकारी दिए । उनका अनुसार, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (दोस्रो […]