करिब साढे ९ अंकले घट्यो नेप्से, कारोबार रकममा पनि गिरावट

काठमाडौं । बुधबार नेप्से परिसूचक ९.४३ अंकले घटेको छ । बजार २७०५.३८ अंकमा पुगेर बन्द भएको छ । ३२४ वटा कम्पनीको सेयर कारोबार भएको छ । जसमध्ये ८२ वटाको भाउ बढेको छ भने १७४ वटाको घटेको छ । बाँकीको बजारमा मूल्य स्थिर रहेको छ ।यस दिन ८९ हजार ७६६ पटक कारोबार हुँदा २ करोड १६ […]

सार्वजनिक ऋण २८ खर्ब नाघ्यो

काठमाडौं । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले मुलुकको सार्वजनिक ऋण २८ खब बढी रहेको बताएको छ । कार्यालयले चालु आर्थिक वर्षको छ महिना (साउनदेखि पुस मसान्तसम्म) मा मुलुकको सार्वजनिक ऋण १ खर्ब ३२ अर्ब ३४ करोड रुपैयाँले वृद्धि भएको जनाएको हो । चालू आर्थिक वर्ष २०८२/८३को पहिलो महिनामा २६ खर्ब ७४ अर्ब चार करोड रुपैयाँ रहेको […]

६ महिनमा व्यापार घाटा ७ खर्ब ९७ अर्ब

काठमाडौं । पछिल्लो समय देशको निर्यात बढेको छ । भन्सार विभागका अनुसार चालु अर्थिक बर्ष २०८२\८३ को पुससम्म निर्यात ४३.७६ प्रतिशत र आयात १४.१८ प्रतिशतले वृद्धि भएको छ । विभागका अनुसार पुससम्म ९ खर्ब ३९ अर्ब २ करोड आयात गरेको छ जुन अघिल्लो आवको सोही अवधिको तुलनमा  १४.१८ प्रतिशतले बढिहो । गत आवमा ८ खर्ब […]

ठूला करदाताको प्रमुखमा केदार शर्मा नियुक्त

काठमाडौं । अर्थ मन्त्रालयले ठूला करदाता कार्यालयको प्रमुखमा सहसचिव केदार शर्मालाई नियुक्त गरेको छ। शर्माले बुधबार नै कार्यालय पुगेर कार्यभार सम्हालेका छन्। यसअघि कार्यालय प्रमुखमा दिलिप गौतम थिए। उनी माघ ४ गते अनिवार्य अवकाशमा गएपछि रिक्त पदमा मन्त्रालयले शर्मालाई पठाएको हो।

अपडेट : ३४८६ जनाको उम्मेदवारी मनोनयन

काठमाडौँ । निर्वाचन आयोगको पछिल्लो विवरणअनुसार आगामी फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा पहिलो हुने निर्वाचित हुने ९प्रत्यक्ष० निर्वाचन प्रणालीतर्फ देशका १६५ निर्वाचन क्षेत्रमा तीन हजार ४८६ जनाको उम्मेदवारी दर्ता भएको छ । केही क्षेत्रमा एकै पार्टीबाट दुई उम्मेदवारीसमेत परेको स्थितिमा रुजु गर्दा प्रारम्भिक सूचीमा सामान्य परिवर्तन आएको हो । यही माघ ६ गते देशभर एकैपटक […]

प्रतिनिधिसभा निर्वाचन : भोजपुरबाट महिलाको शून्य उम्मेदवारी

टक्सार– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलले आ–आफ्ना उम्मेदवारी दर्ता गराएका छन् । दलको उम्मेदवारी हेर्दा महिला उम्मेदवारलाई भने उपेक्षा गरिएको देखिन्छ । यहाँबाट निर्वाचनमा उम्मेदवार हुन १२ राजनीतिक दलका १२ जना उम्मेदवारले मनोनयन दर्ता गराएका छन् । तीयसमा महिलाको सङ्ख्या शून्य रहेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख डिकेन्द्रप्रसाद सुवेदीले जानकारी […]

अर्थ मन्त्रालयद्वारा निर्वाचन व्यवस्थापनका लागि १९ अर्ब २१ करोड निकासा

काठमाडौं । प्रतिनिधिसभा निर्वाचन तयारीलाई तीव्रता दिन अर्थ मन्त्रालयले १९ अर्ब २१ करोड रुपैयाँ निकासा गरेको छ। २१ फागुनमा तय प्रतिनिधि सभा निर्वाचनका लागि निर्वाचन आयोग, गृह मन्त्रालय, रक्षा मन्त्रालय र अन्य सुरक्षा निकायहरूमा आवश्यक खर्च व्यवस्था गर्न यो रकम छुट्याइएको हो। अर्थ मन्त्रालयका प्रवक्ता टंकप्रसाद पाण्डेयका अनुसार गृह मन्त्रालयलाई १० अर्ब ३९ करोड, रक्षा […]

परिष्कृत कांग्रेसमार्फत समुन्नत देश निर्माणका लागि पूर्ण प्रतिबद्ध छौँ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले परिष्कृत कांग्रेसमार्फत देशलाई सम्मुनत बनाइने बताएका छन्। प्रतिनिधि सभाको निर्वाचनमा उम्मेदवारी दर्ताको एक दिनपछि बुधबार सामाजिक सञ्जालमार्फत थापाले आफ्नो नेतृत्वमा ‘परिष्कृत कांग्रेस’ बनेको भनाइ राखेका हुन्। विशेष महाधिवेशनबाट सभापति चयन भएका थापाका नेतृन्वको कांग्रेस केन्द्रीय कार्यसमितिलाई निर्वाचन आयोगले मान्यता दिएको थियो। त्यसका विरुद्ध तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्काले […]

राष्ट्रिय वाणिज्य बैंकको ६१ औं वार्षिकोत्सवको उपलक्ष्यमा  रक्तदान तथा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको ६१ औं वार्षिकोत्सवको उपलक्ष्यमा आयोजना गरिएको रक्तदान तथा नि:शुल्क स्वास्थ्य शिविर मंगलबार सम्पन्न भएको छ । बैंकको केन्द्रिय कार्यालय काठमाडौं तथा विभिन्न प्रदेशमा रहेका बैंकका प्रादेशिक कार्यालयहरुमा सञ्चालित रक्तदान कार्यक्रममा ४१३ जनाले रक्तदाताले रक्तदान गरेका छन् । त्यसैगरी बैंकको केन्द्रीय कार्यालय सिंहदरबारप्लाजामा सञ्चालन गरिएको नि:शुल्क स्वास्थ्य शिविरमा २५० जना कर्मचारीले […]

पूर्वप्रधानमन्त्री हानलाई २३ वर्ष कैद

सियोल । दक्षिण कोरियाको एक अदालतले बुधबार पूर्वप्रधानमन्त्री हान डकसुलाई नागरिक शासनलाई केही समयका लागि निलम्बन गर्ने मार्सल लको घोषणामा सहयोग र उक्साहट गरेको अभियोगमा २३ वर्षको जेल सजाय सुनाएको छ । सियोल केन्द्रीय जिल्ला अदालतका न्यायाधीश ली जिन–ग्वानले फैसला सुनाउँदै प्रतिवादीले ‘अन्त्यसम्म प्रधानमन्त्रीका रूपमा आफ्नो कर्तव्य र जिम्मेवारीलाई बेवास्ता गर्नुभएको ठहर’ गरे । अदालतले […]