काठमाडौँमा आज कतै ३ घण्टा, कतै ५ घण्टा बत्ती जाने

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले मर्मत सम्भारलगायतका लागि आज काठमाडौँका विभिन्न स्थानमा बिजुली कटौती हुने जनाएको छ। प्राधिकरणले सूचना प्रकाशित गर्दै विभिन्न वितरण केन्द्र मातहतका स्थानमा बिजुली कटौती हुने जनाएको हो। प्राधिकरणका अनुसार बलम्बु वितरण केन्द्रअन्तर्गत मातातीर्थ फिडरमार्फत वितरण गरिएका लाइनमा आज बिहान ११ बजेदेखि ४ बजेसम्म बिजुली कटौती हुनेछ। ‘कन्डक्टर अपग्रेडिङ’का लागि उक्त ‘फिडर […]

भक्तपुर अस्पतालमा मन्त्रीको छड्के

भक्तपुर । देशभरका प्रदेशस्तरीय अस्पतालमध्ये सर्वोत्कृष्ट घोषित भक्तपुर अस्पतालमा शुक्रबार मन्त्री र स्वास्थ्य सचिवसहितको टोलीले छड्के अनुगमन गरेको छ । बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापा मगर, प्रदेशसभा सदस्य सुरेश श्रेष्ठ, बागमती प्रदेश स्वास्थ्य सचिव डा. सुमित्रा गौतम, भक्तपुर अस्पताल व्यवस्थापन तथा सञ्चालन समितिका अध्यक्ष शशिजङ्ग थापासहितको टोलीले अस्पतालको सेवा सञ्चालनका बारेमा छड्के अनुगमन गरेको […]

साताको शेयर बजार : लगानीकर्ताले गुमाए १ खर्ब ३६ अर्ब

काठमाडौं । यो साता नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २७०० माथि रहँदा पनि शेयर बजारका अधिकांश सूचकहरु नकारात्मक रह्यो । यो साता कारोबार रकम र बजार पुँजीकरण रकम घट्दा लगानीकर्ताले आफनो लगानी गुमाउन पुगेका हुन् । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले उपलब्ध गराएका तथ्यांक अनुरुप गत साताको तुलनामा यो साता २७ अर्ब ४५ करोड ७८ लाखले […]

समृद्धि फाइनान्सको सीईओमा घिमिरे नियुक्त

काठमाडौं । समृद्धि फाइनान्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सन्तोषकुमार घिमिरे नियुक्त भएका छन् । फाइनान्सको बुधबार बसेको सञ्चालक समितिको बैठकले आगामी वैशाख १ गतेदेखि लागू हुनेगरी घिमिरेलाई ४ वर्षका लागि सीईओ नियुक्त गर्ने निर्णय गरेको हो । टीकानिधि लोहनी संस्थाबाट बाहिरिएसँगै घिमिरे सीईओ बनेका हुन् । लोहनीले व्यक्तिगत कारण देखाउँदै राजीनामा दिएका थिए। फाइनान्सले […]

ज‌गली च्याउ खाँदा १० जना बिरामी

काठमाडौं । जंगली च्याउ खाँदा तनहुँमा १० जना बिरामी भएका छन् । उनीहरुको अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । बिरामी पर्नेहरुमा ब्यास–६ बस्ने बर्ष ६३ को गुरुबहादुर पुलामी, उनका ३१ वर्षीय छोरा सुरेन्द्र पुलामी, म्याग्दै–६ सर्वलाङका ३० वर्षीय नारायण मगर, उनकी २३ वर्षीया श्रीमती पवित्रा, गुरुबहादुरको ज्वाई ४२ वर्षीय लितबहादुर थापा, सर्वलाङकै ३६ वर्षीय […]

दूध बेचेर मासिक दुई लाख कमाइ

तनहुँ । तनहुँको व्यास नगरपालिका–१३ स्थित बेलबास निवासी लेखनाथ बाँस्तोला विगत चार वर्षदेखि व्यावसायिक गाईपालनमा लागेका छन् । गाडी व्यवसायीसमेत रहेका बाँस्तोलाले कोरोना सङ्क्रमणका बेला बन्दाबन्दी (लकडाउन) हुँदा चर्को समस्या खेप्नु परेपछि गाउँ फर्किएर पशुपालन पेसा गरेका हुन् । लकडाउन हुनुअघि गाडी व्यवसायबाट राम्रै आम्दानी हुने गरे पनि लकडाउनका कारण व्यवसाय धरासायी बनेपछि आफूले गाउँ […]

मूल्य वृद्धिदेखि ठगीसम्म: उपभोक्ता अदालतले दिनेछ न्याय

काठमाडौं । सरकारले उपभोक्ता संरक्षण ऐन जारी भएको ६ वर्षपछि उपभोक्ता अदालत गठन गर्न लागेको छ । उपभोक्ता अदालतको भोलि (शनिबार) उद्घाटन हुने छ भने त्यसले आइतबारदेखि आफ्‌नो काम सुरु गर्ने छ । सरकारले संविधानको धारा ४४ को मौलिक हक कार्यान्वयन गर्न २०७५ सालमा उपभोक्ता संरक्षण ऐन जारी गरेको थियो । तर ऐन जारी भएको […]

प्राधिकरणको कार्यकारी निर्देशकमा सुवेदी नियुक्त

काठमाडौं । नेपाल बीमा प्राधिकरणको कार्यकारी निर्देशकमा सुशील देव सुवेदी नियुक्त भएका छन् । प्राधिकरणको संचालक समितिको आज बसेको बैठकले पदपूर्ति समितिको सिफारिशमा निर्देशक सुवेदीलाई कार्यकारी निर्देशक पदमा बढुवा गर्ने निर्णय गरेको हो । नवनियुक्त कार्यकारी निर्देशक सुवेदीले आजदेखि नै कार्यभार सम्हालेका छन् ।  

फागुनमा पाथीभराबाट १३ लाख बढी भेटी सङ्कलन

काठमाडौं । ताप्लेजुङस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा फागुनमा जम्मा रु १३ लाख तीन हजार पाँच सय भेटी सङ्कलन भएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ । समितिले भक्तजनले चढाएको भेटी मासिक रूपमा सार्वजनिक गर्ने प्रतिबद्धताअनुरूप यो विवरण सार्वजनिक गरेको हो । फागुनमा पाथीभरा दर्शन गर्न पुगेका भक्तजनको सङ्ख्या सात हजार चार सय २८ रहेको समेत समितिले […]

बजार अनुगमनका लागि जनशक्तिको अभाव छ: उद्योग मन्त्री भण्डारी

काठमाडौं ।  उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले बजार अनुगमनका लागि जनशक्ति अभाव रहेको बताएका छन् । शुक्रबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज) र उपभोक्ता हित संरक्षण मञ्च नेपालले गरेको व्यवसाय र उपभोक्ताको मानवअधिका, शिघ्र र सुलभ न्यायका लागि उपभोक्ता अदालत विषय अन्तक्रिया कार्यक्रमा बोल्दै मन्त्री भण्डारीले उपभोक्ता संरक्षण ऐनले बजार अनुगमनको व्यवस्था गरेको […]