समृद्ध र जिम्मेवार राज्य निर्माणका लागि भ्रष्टाचार नियन्त्रण अपरिहार्य : मुख्यमन्त्री आचार्य

लुम्बिनी। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सुशासन र पारदर्शी समाज निर्माणका लागि सबैको संयुक्त प्रयास आवश्यक रहेको बताएका छन् । भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा आज जारी  सन्देशमा मुख्यमन्त्री आचार्यले सुशासनलाई मजबुत बनाउँदै भ्रष्टाचारमुक्त समाज निर्माण गर्न सबैको साझा प्रयास आवश्यक रहेको बताए । ‘भ्रष्टाचार आर्थिक दुराचार मात्रै होइन । यसले सामाजिक मूल्यमान्यता, लोकतान्त्रिक प्रणाली, राजनीतिक […]

मतदाताको उमेर अठार वर्ष पुग्ने मिति (Cut-off Date) निर्धारण र मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्‍चालन हुने 

काठमाडौं । संवत् २०८२ साल फागुन महिनाको २१ गते बिहीबारका दिन सम्पन्न हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मतदाता नामावली अद्यावधिक गर्ने सम्बन्धमा संवत् २०८१ साल फागुन २१ गतेसम्म १८ वर्ष उमेर पूरा हुने मितिलाई निर्दिष्ट मिति (Cut-off Date) निर्धारण गरी मिति २०८१/०८/०५  सम्म देशभरबाट सङ्‍कलित मतदाताको विवरणलाई अद्यावधिक गर्ने गरी आयोगबाट मिति २०८२/०८/२० मा […]

१ हजारले घट्यो सुनको मूल्य , चाँदीको बढ्यो

काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको मूल्य १ हजार रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन प्रतितोला २ लाख ५१ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार सुन प्रतितोला २ लाख ५२ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो । यसदिन चाँदीको मूल्य भने १५ रुपैयाँले बढेको छ । […]

तारागाउँ रिजेन्सी होटल्सको लाभांश घोषणा

काठमाडौं । तारागाउँ रिजेन्सी होटल्स लिमिटेडले लाभांश घोषणा गरेको छ । यस कम्पनीको मंसिर २२ गते बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट सेयरधनीलाई ५ प्रतिशत नगद लाभांश (कर सहित) दिने निर्णय गरेको हो ।

झापा इनर्जीले बोलायो साधारण सभा, सेयरधनीलाई छैन लाभांश

काठमाडौं । झापा इनर्जी लिमिटेडले पुस १८ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा इन्द्रेणी ब्यांकेट, वर्तामोर्ड-४, झापामा बिहान ११ बजे सुरु हुनेछ । सभामा कम्पनीले आव २०८१/८२ को सञ्चालक समितिको प्रतिवेदन छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहित लेखापरीक्षण गरिएको आव २०८२ असार मसान्तको वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण र वित्तीय विवरणसहितका अनुसूचीहरू […]

मोरङको रतुवा—केशलिया सडक निर्माणको ठेक्का तोडियो

काठमाडौं । हुलाकी राजमार्गअन्तर्गत मोरङको रतुवा— केशलिया ६ किलोमिटर सडक खण्ड निर्माणको ठेक्का तोडिएको छ । सडक विभाग मातहतको हुलाकी राजमार्ग निर्देशनालयअन्तर्गत योजना कार्यालय इटहरीले मंगलबार सडक निर्माणका लागि श्रेष्ठ कन्स्ट्रक्सन कम्पनी प्रा.लि. हेटौंडासँगको ठेक्का सम्झौता अन्त्य गरिएको सार्वजनिक सूचना जारी गरेको छ । सडक स्तरोन्नति तीन वर्षभित्र सम्पन्न गर्ने गरी उक्त कम्पनीसँग २३ कात्तिक […]

काबेली हाइड्रोपावरले आईपीओ अनुमति माग्दै सेबोनमा निवेदन दियो

काठमाडौं । काबेली हाइड्रोपावर कम्पनी लिमिटेडले प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) जारी गर्न नेपाल धितोपत्र बोर्डमा औपचारिक आवेदन पेश गरेको छ। कम्पनीले मङ्सिर ८ गते बोर्डमा आवेदन दर्ता गराउँदै सेयर निष्काशनका लागि अनुमति माग गरेको हो। कम्पनीले कुल ४१ करोड २५ लाख रुपैयाँ बराबरको ४१ लाख २५ हजार कित्ता सेयर सर्वसाधारणमा निष्काशन गर्ने योजना अघि सारेको […]

एनपिएलको पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्स भिड्दै

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) को जारी सिजन आज निर्णायक चरणमा प्रवेश गर्दैछ। कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा आज पहिलो क्वालिफायर खेल सञ्चालन हुँदैछ, जसमा लिग चरणका दुई बलिया टोली सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्स आमनेसामने हुँदैछन्। खेल दिउँसो ४ बजेदेखि सुरु हुनेछ। लिग चरणमा सुदूरपश्चिम रोयल्सले आक्रामक र निरन्तर प्रदर्शन गर्दै शीर्ष स्थानमा आफूलाई […]

एनआरएन अफ्रिका भेन्चर्सको साधारणसभा आह्वान

काठमाडौं । एनआरएन अफ्रिका भेन्चर्स लिमिटेडले साधारणसभा आह्वान गरेको छ । कम्पनीको सञ्चालक समितिको बैठकले पुस १९ गतेका लागि चौथो साधारणसभा आह्वान गरेको हो । उक्त सभा काठमाडौंको बुढानीलकण्ठमा रहेको होलिडे इन रिसोर्टमा बिहान ११ बजेदेखि सुरु हुने छ । सभाले कम्पनीको नाम र ठेगाना परिवर्तन गर्ने, प्रिमियम मूल्यमा सेयर जारी गर्नका लागि प्रबन्ध पत्र […]

पर्यटकको रोजाइमा अन्नपूर्ण–धौलागिरि पदमार्ग

म्याग्दी । म्याग्दी, कास्की र पर्वत जोड्ने नयाँ वैकल्पिक पदमार्ग सञ्चालन भएको छ । अन्नपूर्ण चक्रीयमा पर्ने भुरुङ–तातोपानी–घोडेपानी–उल्लेरी–वीरेठाँटी–नयाँपुल खण्डको पुरानो पदमार्ग असहजताका कारण सडक विस्थापित भएपछि पदयात्रीले वैकल्पिक पदमार्ग प्रयोग गर्न थालेका हुन् । पदमार्गले कास्की र म्याग्दीको अन्नपूर्ण तथा पवर्तको मोदी गाउँपालिकामा रहेका पर्यटकीय स्थललाई समेटेको छ । कास्कीको उल्लेरी, म्याग्दीको मोहरेडाँडा, पुनहिल, घोडेपानी, […]