नीतिबाट राजनीतिसम्म : डा स्वर्णिम वाग्लेको यात्रा

दमौली ।  नेपालको सार्वजनिक नीति र अर्थतन्त्रका बहसमा लामो समयदेखि परिचित नाम हो, डा स्वर्णिम वाग्ले । अर्थशास्त्री, नीतिगत विज्ञ र योजनाविद्का रूपमा पहिचान बनाएका डा वाग्ले पछिल्ला वर्षमा सक्रिय राजनीतिमा प्रवेश गर्दै अहिले तनहुँ क्षेत्र नं १ बाट दोस्रो कार्यकालका लागि निर्वाचित भएको छ । डा वाग्ले ३८ हजार ४० मतसहित विजयी भएको छ […]

दाङमा साढे १० हजार बढी मत बदर

दाङ।  दाङमा साढे १० हजार बढी मत बदर भएको छ । यही फागुन २१ मा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनाका क्रममा जिल्लाका तीनवटै निर्वाचन क्षेत्रमा खसेको जम्मा दुई लाख ५१ हजार ३६८ मतमध्ये १० हजार ६९८ मत बदर भएको हो । लुम्बिनी प्रदेश निर्वाचन कार्यालय दाङका सूचना अधिकारी गेहेन्द्र कुँवरका अनुसार बदर प्रतिशत ४.२५ रहेको […]

नेप्सेमा लाग्यो तेस्रो सकारात्मक सर्किट, आजको लागि कारोबार स्थगित

काठमाडौं । नेप्से सूचकमा तेस्रो सकारात्मक सर्किट लागेको छ । मार्केट ६ प्रतिशतले बढेपछि सकारात्मक सर्किट लागेको छ । सोसँगै आजका लागि कारोबार स्थगित भएको छ । बजार १६२.९३ अंकले बढेर २८७५.४३ विन्दुमा पुगेको छ । आज २६१ स्क्रिप्ट कारोबार भएको छ । जसमध्ये, २५२ वटा स्टकको भाउ बढेको छ भने एउटाको घटेको छ । […]

दाउन्नेमा सडक चिप्लो हुँदा बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध भएको छ । वर्षाका कारण दाउन्ने क्षेत्रमा सडक भासिएको स्थान चिप्लो हुँदा बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध भएको हो । विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्नेस्थित सडक भासिएको स्थानमा वर्षाका कारण सडक सतह चिप्लो भएपछि आज बिहानदेखि सवारी आवतजावतमा समस्या भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)का प्रहरी उपरीक्षक युवराज खड्काले बताए […]

म्याग्दीमा करिब सात प्रतिशत मत बदर

म्याग्दी। प्रतिनिधीसभा सदस्य निर्वाचनअन्र्तगत म्याग्दीमा प्रत्यक्षतर्फ सात र समानुपातिकमा तीन प्रतिशत मत बदर भएको छ । प्रत्यक्षतर्फ तीन हजार १७६ र समानुपातिकतर्फ एक हजार ७१० मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । विसं २०७९ मा भएको निर्वाचनको तुलनामा यस वर्ष दुई वटै प्रणालीको मत बदरको दर बढेको हो । यही फागुन २१ […]

समानुपातिकको मतगणना जारी, ८३ लाख ८२ हजार ९८४ गणना

काठमाडौं । प्रतिनिधिसभा सदस्यको समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कूल ८३ लाख ८२ हजार ९८४ मत गणना भएको छ । निर्वाचन आयोगबाट प्राप्त तथ्याङ्कअनुसार पछिल्लो विवरणअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले सबैभन्दा बढी अर्थात् ४० लाख ५० हजार ७५३ मत प्राप्त गरेको छ । यस्तै, नेपाली कांग्रेसले १३ लाख ६१ हजार ४३१, नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले ११ लाख […]

नेप्सेमा लाग्यो दोस्रो सकारात्मक सर्किट, मार्केट १३५ अंकले बढ्यो

काठमाडौं । नेप्से सूचकमा दोस्रो  सकारात्मक सर्किट ब्रेकर लागेको छ । मार्केट ५ प्रतिशतले बढेपछि सकारात्मक सर्किट लागेको छ । अब ४० मिनेटका लागि कारोबार स्थगित भएको छ । बजार १३५.७२ अंकले बढेर २८४८.२२ विन्दुमा पुगेको छ ।  यस्तो परिदृश्यले सेयर बजारमा लगानीकर्ताहरूको उच्च उत्साह र बजारमा माग बढी भएको संकेत गर्दछ ।

जुम्लामा ६ जना उम्मेदवारको जमानत जफत

जुम्ला। बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत जुम्लामा ६ जना उम्मेदवारको जमानत जफत भएको छ । एक स्वतन्त्र उम्मेदवारसहित नौ वटा विभिन्न राजनीतिक दलसहित जम्मा १० जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका थिए । खसेको सदर मतको १० प्रतिशत ल्याउन नसक्दा देशभर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जनलहर चले पनि जुम्लामा विनिता कठायतले जम्मा ४२१ मत मात्र प्राप्त […]

नेप्सेमा लाग्यो पहिलो सकारात्मक सर्किट ब्रेकर, बढ्यो १०८ अंक

काठमाडौं । नेप्सेमा कारोबार सुरु भएको १.०२ मिनेटमै सर्किट ब्रेकर लागेको छ । मार्केट ४ प्रतिशतले बढेपछि सकारात्मक सर्किट लागेको छ । अब २० मिनेटका लागि कारोबार स्थगित भएको छ । बजार १०८.६० अंकले बढेर २८२१.१० विन्दुमा पुगेको छ ।  यस्तो परिदृश्यले सेयर बजारमा लगानीकर्ताहरूको उच्च उत्साह र बजारमा माग बढी भएको संकेत गर्दछ ।

घट्यो सुनचाँदीको मूल्य

काठमाडौं । सोमबार सुनचाँदीको मूल्य घटेको छ । सुन प्रतितोला ३ हजार ७ सय रुपैयाँले घटेको छ । सुनचाँदी ब्यवसायी महासंघका अनुसार सुन प्रतितोला ३ लाख १३ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार सुन प्रतितोला ३ लाख १६ हजार ९ सय रुपैयाँ थियो । यस दिन चाँदी पनि ६५ रुपैयाँले  घटेको छ […]