सलिकोको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडको १५ प्रतिशत नगद लाभांश सुरक्षित गर्ने आज मंगलबार अन्तिम मौका रहेको छ । २८ औँ वार्षिक साधारण सभा र लाभांश वितरण प्रयोजनका लागि कम्पनीले बैशाख १७ गते शेयरधनी दर्ता किताब बन्द (बुकक्लोज) गर्ने निर्णय गरेको छ । बुकक्लोज अनुसार बैशाख १६ गते मंगलबारभित्र नेप्सेमा कम्पनीको शेयर खरिद गरेर […]

भिजन इनर्जी एण्ड पावरले आईपीओ जारी गर्ने

काठमाडौं । भिजन इनर्जी एण्ड पावर लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासनको प्रस्ताव पारित गर्न विशेष साधारण सभा आह्वान गरेको छ । वैशाख १५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आगामी जेठ २ गतेका लागि विशेष साधारण सभा डाकेको हो । उक्त सभा भर्चुअल माध्यम जुममार्फत बिहान ११ बजे आयोजना हुनेछ […]

पैचो पसललाई आईपीओ जारी गर्न एनआईसी एशिया क्यापिटलले सघाउने

काठमाडौं । एनआईसी एशिया क्यापिटल र पैचो पसल बीच भविष्यमा पैचो पसलको सर्वसाधारणमा निष्काशन गर्नुपर्ने शेयरको निष्काशन तथा बिक्री प्रबन्धक नियुक्ती गर्ने सम्बन्धी दुई पक्षिय सम्झौता भएको छ । एनआईसी एशिया क्यापिटलले ‘आईडिया टु आईपीओ’ सेवा अन्तर्गत कुनै पनि क्षेत्रका कम्पनीहरुलाई कम्पनीको स्थापना कालदेखि आईपीओ जारी गर्ने चरणसम्म पुर्याउन आवश्यक सम्पूर्ण परामर्श सेवा उपलब्ध गराउदै […]

गृहले गर्यो तीन जिल्लाको सीडीओ सरुवा

काठमाडौं । गृह मन्त्रालयले तीन प्रमुख जिल्ला अधिकारी (सीडीओ) सहित ४ सहसचिव र दुई उपसचिवको सरुवा गरेको छ । गृहमन्त्री रमेश लेखकस्तरीय निर्णयबाट उनीहरूको सरुवा गरिएको हो । तनहुँका सीडीओ श्यामकृष्ण थापालाई रामेछाप सरुवा गरिएको छ । यसै गरी, रामेछापबाट राजुप्रसाद पौडेललाई गृह मन्त्रालयमा तानिएको छ । गृहबाट बद्रीनाथ गैह्रेलाई दैलेखको जिम्मेवारी दिइएको छ । […]

माछापुच्छ्रे बैंक र सिबिएल मनी ट्रान्सफर बीच रेमिट्यान्स सेवा सम्झौता

काठमाडौं । विदेशबाट नेपालमा भित्रिने रेमिट्यान्सलाई अझ सहज, सरल तथा विश्वासिलो बनाउने उद्धेश्यका साथ माछापुच्छ्रे बैंकले मलेसियास्थित सिबिएल मनी ट्रान्सफरसंग औपचारिक सम्झौता गरेको छ । माछापुच्छ्रे बैंकले मलेसियामा रहेका नेपालीहरुलाई नेपालमा रेमिट्यान्स पठाउन सहज होस् भन्ने लक्ष्यका साथ मलेसियास्थित सिबिएल मनी ट्रान्सफरसंग सहकार्य गरि वैशाख १५ गते सोमबार देखि विधिवत रुपमा रेमिटेन्स सेवा शुरुवात गरेको हो […]

शिक्षा र राजनीति एक आपसमा परिपुरक हुनु हुँदैन्ः अप्सरा गौतम

शिक्षा र राजनीतिलाई एउटै बिषयमा उल्लेख गर्नु हुँदैन । शिक्षा र राजनीतिक एक रथका दुई पांग्राका रुपमा मान्न पनि सकिदैन् । दुवैमा आकाश पातालको फरक छ । झट्ट हेर्दा विद्यालय स्तरदेखि उच्च शिक्षासम्म राजनीतिक प्रभाव व्याप्त देखिन्छ । त्यसैले अब शिक्षा र राजनीति एक आपसका परिपुरक हुन् भन्ने भाष्य नै सुधार्नुपर्ने देखिएको छ । शिक्षाले […]

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा कर छुट दिएर २ अर्बभन्दा बढीको भ्रष्टाचार

काठमाडौं । राष्ट्रिय गौरवको आयोजना मानिएको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण प्रक्रियामा व्यापक अनियमितता र भ्रष्टाचार भएको ठहर गर्दै सार्वजनिक लेखा समितिको उपसमितिले कारबाहीको सिफारिस गरेको छ। सांसद राजेन्द्र लिङ्देन नेतृत्वको उपसमितिले सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेललाई बुझाएको प्रतिवेदनमा नीतिगत भ्रष्टाचार र गुणस्तरहीन काम भएको भन्दै कारवाहीका लागि सिफारिस गरिएको छ ।। नेपाल नागरिक उड्डयन […]

पाँच सयले बढ्यो सुन

काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य बढेको छ । मंगलबार छापावाल सुन प्रति तोला ५०० रुपैयाँले बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रति तोला १ लाख ८८ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार छापावाल सुन प्रति तोला १ लाख ८८ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । […]

पालुङ्गो, चमसुर र मेथीको सागको मूल्य उच्च

ठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । आज गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ४०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ६०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु २५, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु ३०, आलु रातो प्रतिकिलो रु ३४, आलु रातो (भारतीय) प्रतिकिलो रु ३२, प्याज […]

शिक्षक आन्दोलन : एसईई हटाउनेसहित १४ बुँदामा सहमति, यी हुन् मिल्न बाँकी कुरा

काठमाडौं । आन्दोलनरत शिक्षक र सरकारबीचको वार्ता सहमतिनजिक पुगेको छ । सोमबार मध्यराति सिंहदरबारमा शिक्षक र सरकारबीच वार्ता भएको हो । वार्ता सकारात्मक निष्कर्षका साथ मंगलबार फेरि बस्नेगरी स्थगित भएको हो । वार्तापछि शिक्षामन्त्री रघुजी पन्तले वार्ता सकारात्मक रुपले अघि बढेको बताउँदै छिटो टुंग्याउने तयारी रहेको बताए । वार्तापछि शिक्षकहरुले पनि वार्ता सकारात्मक भएको बताएका […]