घरजग्गा कारोबार गर्दा राष्ट्रिय परिचयपत्र अनिवार्य

काठमाडौं । सरकारले घरजग्गा खरिद बिक्री गर्नका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गरेको छ । गृह मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गर्दै आगाी माघ १ गतेदेखि घरजग्गा किनबेचमा पनि राष्ट्रिय परिचयपत्र अनिवार्य गरेको हो । अहिले क्रेता र बिक्रेताको नागरिकताबाट घरजग्गाको राजीनामा पास र लिखत पारित हुँदै आएको भए पनि माघ १ गतेदेखि राष्ट्रिय परिचयपत्रलाई सबै निकायतिर कार्यान्वयनमा ल्याउने […]

शेयरधनीलाई लाभांश रकम लिन सानिमा हाइड्रोपावरको अनुरोध

काठमाडौं । सानिमा माई हाइड्रोपावर लिमिटेडले शेयरधनीलाई लाभांश रकम लिन अनुरोध गरेको छ । विभिन्न साधारण सभाहरूबाट पारित लाभांश रकम नलिएका शेयरधनीहरूलाई कम्पनीले यथाशीघ्र लाभांश रकम लिन अनुरोध गरेको हो । सम्बन्धित शेयरधनीहरूले काठमाडौंको नक्सालस्थित कम्पनीको शेयर रजिष्ट्रार सानिमा क्यापिटल लिमिटेडमा सम्पर्क गरी लाभांश रकम लिन सक्नेछन् । कम्पनीले हालसम्म पनि शेयर अभौतिकीकरण नगराएका शेयरधनीलाई […]

राष्ट्रिय धान दिवसः खेती योग्य जमिन घडेरीमा परिणत, वार्षिक लाखौं मेट्रिक टन धान आयात

काठमाडौं ।  कृषिमा आधारित मुलुक नेपालमा चालु आर्थिक वर्षको पहिलो ११ महिनामा ३ लाख मेट्रिक टन भन्दा  धेरै धान आयात भएको छ। सरकारले आज असार १५ गते २१ औं धान तथा रोपाई दिवस धुमधामका साथ मनाउँदै छ। प्रधानमन्त्री पुष्पकमल दाहाल, गृह मन्त्री रवि लामिछाने र कृषि तथा पशुपन्छी विकास मन्त्री ज्वालकुमारी साह लगायत उच्च पदस्त […]

नेपालमै पहिलोपटक २२ र २५ सिट क्षमताको विद्युतीय लक्जरी बस आउँदै, बुकिङ खुला

काठमाडौं । शशिला मोटर्स प्रालिले  Vanche ब्राण्डको २२ सिट क्षमताको नयाँ विद्युतीय यात्रुबाहक बस नेपाल भित्र्याउने भएको छ । एक पटकको फुल चार्जमा ३ सय किलोमिटर गुड्ने यो बसमा ४ सय एनएमको टर्क र १ सय ४० किलोवाटको पिक पावर रहने कम्पनीले बताएको छ । CATL १ सय २३ किलोवाटको लिथियम आइरन फोस्पेट ब्याट्री  जडान […]

नक्सालमा पुरानो पीएसटीएन र एडीएसएल सेवा बन्द, एफटीटीएच नेटवर्कमा स्तरोन्नति

काठमाडौं । नेपाल टेलिकमले दूरसञ्चार कार्यालय, नक्सालमा कपर प्रविधिबाट सञ्चालित पीएसटीएन र एडीएसएल सेवालाई आधुुनिक फाइबर प्रविधिको एफटीटीएच (फाइबर टुु द होम) नेटवर्कमा पूूर्ण रुपमा स्तरोन्नति गर्नुका साथै कपर नेटवर्क बन्द (सट डाउन) गरेको छ । यससँगै काठमाडौं उपत्यकाका अधिकांश स्थानको सेवा एफटीटीएचमा स्तरोन्नति भएको छ । आज (२०८१ असार १४ गते) दूरसञ्चार कार्यालय, नक्सालमा आयोजित […]

धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया रद्द 

काठमाडौं ।  धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया रद्द भएको छ । बोर्डको अध्यक्ष नियुक्त गर्ने प्रयोजनका लागि नाम सिफारिस गर्नका लागि गठन भएको सिफारिस समितिले नियुक्तिसम्बन्धी प्रक्रिया रद्द गरिएको जानकारी दिएको हो । गत फागुन १६ मा सूचना प्रकाशन गरी समितिले हालसम्म सम्पन्न गरेका छनौट सम्बन्धी सम्पूर्ण प्रक्रियाहरु रद्द गरिएको समितिले जनाएको छ । समितिले […]

आधुनिक प्रविधिको प्रयोग गरी धान उत्पादन गरिँदै

काठमाडौं । आधुनिक प्रविधिको प्रयोगरी धान उत्पादन बढाउन प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाअन्तर्गत कञ्चनपुरमा अनुदानका कार्यक्रम सञ्चालन गरिएका छन्। परियोजना कार्यान्वयन इकाइको समन्वयमा चक्लाबन्दीमा मेसिनको प्रयोग गरी आधुनिक प्रविधिमार्फत धानखेतीका साथै धानको बीउ उत्पादन गर्न थालिएको हो। इकाइका कार्यालयका प्रमुख सन्जु रिमालका अनुसार ध्रुवतारा सामुदायिक विकास कृषि सहकारी संस्थाले शुक्लाफाँटा नगरपालिका-१० मा र माता भगवती कृषि […]

सिटिजन्स बैंकद्वारा श्री सुप समावेशी आधारभूत विद्यालयलाई सहयोग प्रदान

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सुदूरपश्चिम प्रदेश, कैलाली जिल्ला अत्तरियामा अवस्थित श्री सुप समावेशी आधारभूत विद्यालयलाई २० वटा फ्यान सहयोग स्वरुप उपलब्ध गराएको छ । सो विद्यालय शारीरिक रुपमा अपांगता भएका बालबालिकाहरुलाई आवासिय रुपमा राखेर अध्यापन गराउने सुदूरपश्चिम प्रदेशको एक मात्र विद्यालय हो । दिन प्रतिदिन बढ्दै गएको गर्मीको कारण अशक्त […]

सुन र चाँदीको मूल्य बढ्यो

काठमाडौं । आज सुनको मूल्य बढेको छ। छापावाल सुन प्रति एक हजार रुपैयाँले बढेर १ लाख ४१ हजार ८०० रुपैयाँ पुगेको छ। बिहीबार छापावाल सुन प्रति तोला १ लाख ४० हजार ८०० रुपैयाँमा करोबार भएको थियो। यस्तै शुक्रबार तेजाबी सुन प्रति तोला १ लाख ४१ हजार १०० रुपैयाँमा करोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको […]

एनएमबि बैंकले सातै प्रदेशमा मनाईयो एमएसएमई दिवस

काठमाडौं । एनएमबि बैंकले ‘एमएसएमई दिवस(२०२४’ मनाएको छ । बैंकले सातै प्रदेशमा एमएसएमई ग्राहकहरुलाई सम्मान र सहयोग गर्ने उदेश्यले कार्यक्रम आयोजना गरेर एमएसएमई दिवस मनाएको हो । कार्यक्रममा बैंकका बिभिन्न शाखाहरुका ८०० भन्दा बढि ग्राहकहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा एमएसएमईका ग्राहकहरुलाई लेखा, बित्त, मार्केटिङ्ग, डिजिटलाईजेशन जस्ता बिषयहरुको जानकारी दिँदै यसबाट अधिकतम फाईदा लिएर व्यवसाय अभिवृद्धि […]