लामिछानेको बन्दी प्रत्यक्षीकरण निवेदनमाथि आज पनि सुनुवाइ
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण निवेदनमाथि सर्वोच्च अदालतमा आज पनि सुनुवाइ हुँदैछ । उक्त निवेदनसँग लामिछाने र पूर्वडीआईजी छविलाल जोशीले सहकारी पीडितको तर्फबाट जाहेरी दिने ४४ जनाविरुद्ध दायर रिटमाथि पनि मंगलबारदेखि सुनुवाइ जारी छ । मंगलबार न्यायाधीश नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासमा लामिछानेका तर्फबाट कानुन व्यवसायीले बहस गरेका […]

