शिक्षाको भविष्यको यात्रामा सहकार्यको लागि क्याम्ब्रिजद्वारा दक्षिण एसियाली विद्यालय सम्मेलनको आयोजना
काठमाडौं । क्याम्ब्रिज युनिभर्सिटी प्रेस एण्ड एसेस्मेन्ट (क्याम्ब्रिज) अन्तर्गतको इन्टरनेशनल एजुकेशन समूहले आफ्नो दोस्रो वार्षिक दक्षिण एसियाली क्याम्ब्रिज विद्यालय सम्मेलन सम्पन्न गरेको छ। भारत, नेपाल, श्रीलङ्का, भुटान, बङ्गलादेश र मालदिभ्सका ४०० भन्दा बढी शिक्षक, विद्यालय नेतृत्वकर्ता तथा शैक्षिक विश्लेषकहरूको सहभागिता रहेको उक्त सम्मेलनले तीव्र परिवर्तन भइरहेको शिक्षाको परिदृश्यमा सहजीकरणको लागि क्याम्ब्रिजको प्रतिबद्धता पुनः पुष्टि गर्याे। […]

