उच्च जोखिमयुक्त बीमकहरूमाथि निगरानी गरिनेछः प्राधिकरण अध्यक्ष ओझा

काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाले उच्च जोखिमयुक्त बीमकहरूमाथि कडा निगरानी गरिने बताएका छन् । प्राधिकरणको ५७ औं वार्षिकउत्सवलाई संवोधन गर्दै अध्यक्ष ओझाले यस्तो बताएका हुन् । ‘उच्च जोखिम भएका बीमकहरुमा सुपरिवेक्षकीय निगरानी बढाइने छ,’ अध्यक्ष ओझाले भने। न्यून जोखिम भएका बीमकहरुमा लक्षित क्षेत्रमा मात्र बढी केन्द्रीत भई सुपरिवेक्षकीय स्रोत साधनको उच्चतम सदुपयोग […]

घट्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले शुक्रबारदेखि लागु हुनेगरी पेट्रोलको मूल्य प्रतिलिटर एक रुपैयाँ र डिजेल तथा मट्टीतेलको मूल्य प्रतिलिटर तीन रुपैयाँका दरले घटाएको हो । निगमले भारतीय आयल कर्पोरेसन (आइओसी) ले आज अथात् जेठ १ गतेबाट इण्डियन आयल कर्पोरेसनबाट पेट्रोलिय पदार्थको मूल्य घटेर आए सँगै नयाँ मूल्य तोकेको […]

संसद सचिवालयको बेरुजु करिब १५ लाख

काठमाडौं । नेपालको संविधानले दुई सदनसहितको संघीय संसदको व्यवस्था गरेको छ भने उक्त संसदको गत आर्थिक वर्षको बेरुजु करिब १५ लाख रहेको छ । महालेखाको ६२ औं प्रतिवेदन अनुरुप संसदको १ अर्ब २८ करोड ६९ लाखको लेखापरीक्षणको क्रममा १४ लाख ८५ हजार बेरुजु बाँकी रहेको हो । सङ्घीय संसद सचिवालयको यो वर्ष रू. १६ लाख […]

नेप्से र सीडीएससीका कर्मचारीले आईजीनलाई कमाउ धन्दा बनाएपछि अख्तियारमा उजुरी

काठमाडौं । सेयर सुचिकृत गर्दा प्रदान गरिने कोड र आइजीन (इन्टरनेशनल स्ट्याण्डर्ड आइडेन्टिफिकेशन नम्बर) लाई नियम विपरित कर्मचारीले काम गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) र सीडीएस एण्ड क्लियरिङ लिमिटेडका  कर्मचारीले अख्तियार दुरुपयोग गरी व्यापारीसँगको मिलेमत्तोमा कतिपय कम्पनीको सिंगल आईजीन र सिंगल कोड सिर्जना गरी असुली धन्दा […]

पाँचौ दिन पनि घट्यो शेयर बजार, नेप्सेसँगै घट्यो कारोबार रकम

काठमाडौं । साताको अन्तिम दिन बिहीबार शेयर बजार घटेको छ । आइतबार देखि घटेको शेयर बजार बिहीबार पनि सामान्य अंकले घटेको हो । बिहीबार नेपाल स्टक एक्सचेन्ज, नेप्से परिसूचक ७.३७ अंकले घटेर २६१२.८९ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स भने ०.९६ अंकले घटेर ४४०.४७ विन्दुमा पुगेर बन्द भएको छ […]

सर्वोत्तम सिमेन्टको नाफा करिब चार सय प्रतिशतले बढ्यो

काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडको नाफा करिब चार सय प्रतिशतले बढेको छ । कम्पनीले चालु आर्थिक वर्ष (आव) को तेस्रो त्रैमाससम्ममा ६० करोड ३० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३९९.३३ प्रतिशत बढी हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले १२ करोड ७ लाख रुपैयाँ खुद नाफा […]

सान्भि इनर्जीको आईपीओ जेठ ९ देखि बिक्री खुल्दै

काठमाडौं । सान्भि इनर्जी लिमिटेडले जेठ ९ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका २४ करोड १५ लाख ३० हजार रुपैयाँ बराबरको २४ लाख १५ हजार ३०० कित्ता सेयर सर्वसाधारणका लागि निष्काशन गर्न लागेको हो। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको […]

९० मेगावाटको मर्स्याङ्दी आयोजनामा वित्तीय व्यवस्थापन पूरा

काठमाडौं । ९० मेगावाटको मर्स्याङ्दी नदी अर्धजलाशययुक्त जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन पूरा भएको छ । गोरखाको पालुङटार नगरपालिका, लमजुङको राइनास नगरपालिका र तनहुँको भानु नगरपालिका भएर बग्ने मर्स्याङ्दीमा एमए पावर प्रालिले निर्माण गर्ने उक्त जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन पूरा भएको जनाइएको हो । यसका लागि कुमारी बैंकको अगुवाइमा बुधबार लगानीसम्बन्धी सम्झौता भएको छ । यसमा कुमारी, प्रभु, सिद्धार्थ, […]

भोलिबाट देशभर टाटाको ‘प्रि–बजेट एक्सचेन्ज फेस्ट’

काठमाडौं । नेपालका लागि टाटा मोटर्सको एक मात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङले जेठ १ देखी प्रि (बजेट एक्सचेन्ज फेस्ट आयोजना गर्ने घोषणा गरेको छ। यो आयोजना जेठ १ देखि ४ सम्म (१५ देखि १८ मे २०२५) चार दिनसम्म सञ्चालन हुने कम्पनीले जनाएको छ। ग्राहकहरूले यस मेलामा कुनै पनि ब्रान्डको पुरानो गाडी दिएर टाटाको नयाँ इलेक्ट्रिक […]

राष्ट्र बैंकको गभर्नरमा मेरो तर्फबाट उम्मेदवार छैनः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्र बैंकको गभर्नर योग्यताको आधारमा नियुक्ति हुने बताएका छन्।उनले  नेपाल राष्ट्र बैङ्कको रिक्त गभर्नरमा व्यक्तिगत निकटताका आधारमा नभई योग्यताक्रमका आधारमा क्षमतावान व्यक्तिको नियुक्ति गर्ने पक्षमा आफू रहेको बताए । पूर्वयोजनाकार मञ्च नेपालको औपचारिक शुभारम्भ कार्यक्रमलाई बिहीबार   सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘राष्ट्र बैङ्कमा मेरो कोही ल्याउनु छैन । ‘मेरिटोक्रेसी’का […]