राष्ट्रियसभाः मधेशदेखि कर्णालीसम्मका मुद्दाको चर्चा
काठमाडौं । सङ्घीय संसद्अन्तर्गतको राष्ट्रियसभाको आजको बैठकमा विशेष समयमा बोल्ने सांसदहरूले मधेश प्रदेशको खाद्य सुरक्षा र सांस्कृतिक सम्पदा संरक्षणदेखि कर्णालीको जलविद्युत्, जडीबुटी र पेट्रोलियम सम्भावनासम्मका विषय उठाएको छ । साथै आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण ढंगले सम्पन्न गरिनुपर्नेमा जोड दिँदै लोकतान्त्रिक मूल्य–मान्यतालाई सुदृढ गर्ने अवसरका रूपमा चुनावलाई लिनुपर्ने धारणा व्यक्त गरिएको छ […]

