अदालतको आदेश बेवास्ता गर्दै वीरगञ्जस्थित भवन भत्काइएकोमा नेपाल टेलिकमको गम्भीर आपत्ति
काठमाडौं । सडक डिभिजन कार्यालय हेटौंडाले उच्च अदालतको आदेश र विचाराधीन मुद्दालाई बेवास्ता गर्दै वीरगञ्जस्थित दूरसञ्चार कार्यालयको भवन गैरकानुनी रूपमा भत्काएको भन्दै नेपाल टेलिकमले गम्भीर आपत्ति जनाएको छ। स्थापना कालदेखि नै अन्तरदेशीय सञ्चार सम्बन्ध स्थापित गर्ने संवेदनशील उपकरणहरूसमेत रहेको उक्त भवन एकपक्षीय र पूर्वाग्रहपूर्ण तरिकाले पुनः भत्काइएको भन्दै कम्पनीले प्रेस विज्ञप्ति जारी गरी ध्यानाकर्षण गराएको […]

