गण्डकीका नागरिकलाई प्रदेश सरकारले आर्थिक सहयोग गर्ने

काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीमा परी मृत्यु र बेपत्ता भएका गण्डकी प्रदेशका नागरिकका परिवारलाई गण्डकी प्रदेश सरकारले रु एक लाखका दरले राहत उपलब्ध गराउने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले विपद् कोषमार्फत राहत रकम उपलब्ध गराउने निर्णय गरिएको गण्डकी प्रदेश सरकारका प्रवक्ता तथा आर्थिक मामिलामन्त्री जितबहादुर शेरचनले जानकारी दिए । यसअघि प्रधानमन्त्री […]

अमेरिका–इरान तनाव बढ्दा लगानीकर्ता चिन्तित, सेयर बजारमा गिरावट

काठमाडौं । पश्चिम एसियामा पुनः बढेको सैन्य तनावसँगै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेपछि अमेरिकी सेयर बजारमा गिरावट आएको छ। इरानी लक्ष्यमा अमेरिकाले गरेको पछिल्लो सैन्य कारबाहीले लगानीकर्तामाझ भूराजनीतिक जोखिम र ब्याजदर वृद्धिको चिन्ता थप बढाएको हो। सोमबारको कारोबारमा डाउ जोन्स औद्योगिक औसत ३७४.०९ अंक अर्थात् ०.७ प्रतिशतले घटेर ५३ हजार१८५.९ अंकमा बन्द भयो। त्यस्तै, […]

नेपाल बैंकर्स संघको एसोसिएट सदस्यमा नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड आबद्ध

काठमाडौं ।नेपाल बैंकर्स संघको पहिलो एसोसिएट सदस्यका रूपमा नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) आबद्ध भएको छ । निफ्राको एसोसिएट सदस्यतासँगै नेपाल बैंकर्स संघको संस्थागत सञ्जाल थप विस्तार भएको छ । सदस्यताले पूर्वाधार वित्त, दीर्घकालीन लगानी, स्रोत परिचालन, जोखिम व्यवस्थापन लगायतका विषयमा देखिएका नीतिगत तथा व्यवहारिक चुनौतीहरूलाई सम्बन्धित सरोकारवाला समक्ष सामूहिक रूपमा प्रस्तुत गर्न तथा आवश्यक […]

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सिटी एक्सप्रेस ग्रुपको १ करोड ११ लाख सहयोग

काठमाडौं । सिटी एक्सप्रेस ग्रुपले रसुवाको भोटेकोशी बाढी प्रभावितको खोजी, उद्धार, राहत तथा पुनस्र्थापनाका लागि प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा १ करोड ११ लाख रकम जम्मा गरेको छ । प्राकृतिक विपद्का कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा, तनहुँ, चितवन लगायतका जिल्लामा मानवीय तथा भौतिक क्षति र नागरिकको दैनिक जीवन प्रभावित छेत्र र समुदायको सहयोगको लागि सामाजिक उत्तरदायित्व अन्तर्गत […]

अगस्ट २०२६ मा भित्रिए ८५ हजार ४४४ विदेशी पर्यटक

काठमाडौं ।  सन् २०२६ को अगस्ट महिनामा नेपालमा ८५ हजार ४४४ जना अन्तर्राष्ट्रिय पर्यटक भित्रिएका छन्। सन् २०२५ को अगस्टमा नेपालमा ८८ हजार ६८० जना अन्तर्राष्ट्रिय पर्यटक आएका थिए । नेपाल पर्यटन बोर्डले अध्यागमन विभागबाट प्राप्त तथ्यांक अनुसार अगस्टमा सबैभन्दा धेरै पर्यटक भारतबाट २६ हजार ३७३ जना आएका छन् । यो कुल पर्यटक आगमनको ३०.८७ […]

विपदपछि पुनर्निर्माणका लागि ठूलो वैदेशिक सहयोगको अपेक्षा, परराष्ट्रद्वारा उच्चस्तरीय कूटनीतिक पहल

काठमाडौं ।भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीपछि सिर्जित भयानक क्षतिलाई सम्बोधन गर्न र पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि ठूलो वैदेशिक सहयोगको अपेक्षा गर्दै सरकारले परराष्ट्र मन्त्रालयमार्फत उच्चस्तरीय कूटनीतिक पहल तीव्र पारेको छ। भोटेकोशी नदीमा  बाढी आएको सातौँ दिन पुग्दा परराष्ट्र मन्त्रालयले उद्धार, खोजी तथा राहत कार्यको पछिल्लो वस्तुस्थिति सार्वजनिक गरेको छ। मन्त्रालयद्वारा आयोजित नियमित प्रेस […]

९.२४ अंकले बढ्यो नेप्से, घट्यो कारोबार रकम

काठमाडौं । मंगलबार नेप्से परिसूचक ९.२४ अंकले बढेर २५२२.६६ विन्दुमा पुगेरा बन्द भएको छ । यस दिन ३४१ वटा कम्पनीको ७६ लाख १३ हजार ६८१ कित्ता शेयर कारोबार हुँदा २ अर्ब ९० करोड ६९ लाख रुपैयाँ पुगेको छ । सोबारको तुलनामा कारोबार रकम ७३ करोड ९१ लाख रुपैयाँले घटेको हो । सोमबार कारोबार रकम ३ […]

बाढी प्रभावित क्षेत्रबाट ११ हजार ८८४ जनाको उद्धार,मृतकको सङ्ख्या १ हजार नाघ्यो

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको  बाढीका कारण मृत्यु हुनेको संख्या १ हजार ६ जाना पुगेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भदौ १६ गते दिउँसो १ बजेसम्मको  विवरण सार्वजनिक गर्दै चितवनमा ३२१, नवलपरासी पूर्वमा २१६, नवलपरासी पश्चिममा १७०, गोरखामा ६५, नुवाकोटमा ९५, धादिङमा ५७, तनहुँमा ३८ र रसुवामा ४१ जना गरी कुल १००३ […]

१५ बीमा कम्पनीमा ५८३ वटा दाबी दर्ता,दि ओरियन्टल इन्स्योरेन्स सबैभन्दा बढी

काठमाडौं । भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीका कारण पुगेको भौतिक क्षतिको प्रारम्भिक बीमा दाबी रकम २५ अर्ब ८७ करोड रुपैयाँ  भन्दा बढी पुगेको छ। नेपाल बीमा प्राधिकरणले भदौ १५ गतेसम्म सङ्कलन गरेको विवरण अनुसार १५ वटा निर्जीवन तथा लघु बीमा कम्पनीहरूमा कुल ५८३ वटा बीमालेखमार्फत सो दाबी परेको हो। बाढीका […]

भोटेकोशी बाढी: उद्धार र सुरक्षामा ८ हजार प्रहरी परिचालन, ड्रोन र स्याटेलाइटबाट अनुगमन

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि प्रभावित क्षेत्रमा नागरिकको खोजी, जनधनको सुरक्षा, उद्धार तथा राहत व्यवस्थापनका लागि सरकारले मंगलबारसम्म ७,९९२ संख्यामा प्रहरी परिचालन गरेको छ। प्रभावित क्षेत्रका बहुआयामिक समस्याहरू सम्बोधन गर्न र सम्भावित विपद्जन्य जोखिम न्यूनीकरण गर्न विभिन्न प्रदेश तथा युनिटहरूबाट ठूलो संख्यामा प्रहरी टोली खटिएका छन्। खटिएका प्रहरीमध्ये प्रहरी प्रधान कार्यालयबाट १,६०२ जना, […]