गुन्द्रुक प्रतिकिलो रु ३५०, तामा एक सय

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार आज गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ७५, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ७९, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ४०, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ५६, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ४८, आलु रातो प्रतिकिलो […]

प्रभु क्यापिटलको ईकाई खरिदका लागि आजदेखि आवेदन दिन सकिने

काठमाडौं ।  प्रभु क्यापिटल लिमिटेडले खुलामुखी प्रकृतिको म्युचुअल फण्ड योजना ‘प्रभु सिस्टमेटिक इन्भेष्टमेण्ट स्किम’ सार्वजनिक निष्काशनमा ल्याएको छ । उक्त स्किम अन्तर्गतका इकाईमा आजदेखि आवेदन दिन सकिनेछ । क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा २५ करोड रुपैयाँ बराबरका २ करोड ५० लाख इकाई सर्वसाधारणका लागि निष्कासन गरेको हो । कुल ४ करोड इकाईको संरचनामा रहेको […]

मुलुकमा डिलक्स सहितको पाँचतारे होटलको संख्या २१४ पुग्यो

काठमाडौं । मुलुकमा पर्यटन क्षेत्रको विकास भइरहँदा पछिल्लो सयम होटल, लज तथा रिसोर्टको संख्या समेत बढेको छ । संस्कृति, पर्यटन तथा नागरिक उडडयान मन्त्रालयका अनुसार मुलुकमा पछिल्लो समय डिलक्स सहितको पाँचतारे होटलेको संख्या ह्वात्तै बढेको छ । मन्त्रालयका अनुसार हाल मुलुकमा डिलकक्स सहितको पाँचतारे होटल २१४ वटा छ । गत वर्षको तुलनामा भने डिलक्स सहितको […]

११ लाख १९ हजार कित्ता आईपीओ जारी गर्दै हिम स्टार ऊर्जा कम्पनी, जेठ ३० देखि आवेदन

काठमाडौं । हिम स्टार ऊर्जा कम्पनी लिमिटेडले जेठ ३० गतेदेखि प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) मार्फत साधारण शेयर बिक्री शुरु गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरूलाई लक्षित गर्दै आईपीओ निष्काशन गर्न लागेको हो । कुल ३७ करोड ३० लाख रुपैयाँको जारी पूँजीमध्ये ३० प्रतिशत हिस्सा अर्थात […]

ट्रम्पद्वारा १२ देशका नागरिकलाई प्रतिबन्ध लगाउने घोषणापत्रमा हस्ताक्षर

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार साँझ एक घोषणापत्रमा हस्ताक्षर गर्दै केही देशहरूबाट अमेरिकामा यात्रा प्रतिबन्ध लगाउने निर्णय गरेका छन् । यो प्रतिबन्ध अन्तर्गत १२ देशका नागरिकहरूको अमेरिका प्रवेशमा पूर्णरूपमा रोक लगाइनेछ । जसमा अफगानिस्तान, म्यानमार (बर्मा), चाड, कंगो गणराज्य, इक्वेटोरियल गिनी, इरिट्रिया, हाइटी, इरान, लिबिया, सोमालिया, सुडान र यमन रहेका छन् । यस्तै […]

संघीय संसद्का दुवै सदनको बैठक बस्दै

काठमाडौं । संघीय संसद्को दुवै सदनको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ः०० बजे बस्ने गरी निर्धारण भएको छ । आजको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वक्तव्यसहित ‘आर्थिक वर्ष २०८२/८३ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस गर्ने र सो प्रस्तावमाथि छलफल हुने सम्भावित कार्यसूची छ । […]

टीपीएस सुविधा खारेज गर्दै नेपालीका लागि अमेरिकाको सूचना : दुई महिनाभित्र आफ्नो देश फर्कनू

काठमाडौं ।  अमेरिकाले नेपाली नागरिकलाई दिएको टेम्पररी प्रोटेक्टेड स्टाटस (टीपीएस) सुविधा खारेज गर्ने भएको छ । सशस्त्र द्वन्द्व र अन्य प्रलय तथा स‌ंकटमा रहेका मुलुकका आप्रवासीलाई अमेरिकाले सन् २०१५ देखि आफ्नो देशमा आश्रय दिइरहेको थियो । सशस्त्र द्वन्द्व तथा अन्य कारणले नेपालमा बस्न नसकेको बताउँदै अमेरिकामा आश्रय लिएका नेपालीको संख्या साढे तीन लाख बढी रहेको […]

अमेरिकी डलरको मूल्य घट्दा पाउन्ड र युरोको मूल्य बढ्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलरको मूल्य घट्दा बेलायती पाउन्ड र युरोपियन युरोको मूल्य भने बढेको छ । आज अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ९७ पैसा र बिक्रीदर १३७ रुपैयाँ ५७ पैसा कायम भएको छ ।  हिजो अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ […]

कोशीमै रोकियो मनसुन, पश्चिम र मध्य भागमा स्थानीय र पश्चिमी वायुको प्रभाव

काठमाडौं । हाल देशको पश्चिम र मध्य भू-भागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ । मनसुनी वायुको प्रभाव कोशी प्रदेशका अधिकांश भू-भागमा रहेको छ । यस वर्षको मनसुन मिति गत जेठ १५ गते बिहीबार रातिबाट नेपालको पूर्वबाट प्रवेश गरी कोशी प्रदेशका अधिकांश भू-भागमा विस्तार भएको थियो । जुन कोशी प्रदेशमै रोकिएको छ भने […]

पतञ्जली प्रकरण : कुन मितिमा के भयो ? माधव नेपालविरूद्धको अभियोगमा के छ ?

काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालविरुद्ध बिहीबार विशेष अदालतमा मुद्दा दायर गर्‍यो । पतञ्जली योग पिठ तथा आयुर्वेद कम्पनीको जग्गा सट्टापट्टामा भ्रष्टाचार गरेको अभियोगमा अख्तियारले पूर्व प्रधानमन्त्री नेपालसहित ९३ जनाविरूद्ध मुद्दा दायर गरेको हो । अख्तियारले दायर गरेको अभियोगपत्र अनुसार पूर्वप्रधानमन्त्री नेपालले तीन महिनाको सीमित अवधिमा […]