स्पेन भ्रमण सकेर आज स्वदेश फर्किँदै प्रधानमन्त्री

काठमाडौं । विकासका लागि वित्तसम्बन्धी चौथो अन्तरराष्ट्रिय सम्मेलनमा भाग लिन स्पनेको भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश फर्कँदै छन् । सूचना तथा प्रसारण विभागले आज अपराह्न ३ः४५ बजे प्रधानमन्त्री ओली त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा आइपुग्नुहुने जनाएको छ । नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली यही असार १४ गते शनिबार स्पेन प्रस्थान गरेको थियो । […]

आज चार प्रदेशमा भारी वर्षाको सम्भावना, देशभर साधारण बदली

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो देशभर साधारणतया बदली रहने छ । महाशाखाका अनुसार कोशी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै र अन्य प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना […]

डलर, पाउन्ड र युरोसहित सबैजसो विदेशी मुद्राको मूल्य घट्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । यसदिन सबैजसो मुद्राको मूल्य घटेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर, युरोपियन युरो, बेलायती पाउन्ड, अस्ट्रेलियन डलर, कुबेती र बहराइन दिनारसहित सबैजसो मुद्राको मूल्य घटेको हो । यसदिन अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ २० पैसा र बिक्रीदर १३६ रुपैयाँ […]

राष्ट्र बैंक ऐन संशोधनः सञ्चालक समितिमा सरकारी नियुक्ति खारेज गर्न आईएमएफको सिफारिस

काठमाडौं । नेपाल राष्ट्र बैंकको नयाँ बन्न लागेको ऐनको मस्यौदा सरकारको हस्तक्षेपबाट मुक्त हुनुपर्ने भन्दै अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले सिफारिस गरेको छ। राष्ट्र बैंक ऐन, २०५८ को दोस्रो संशोधन मस्यौदामा सञ्चालक समितिका सदस्यहरुलाई सरकारद्वारा नियुक्त गर्ने व्यवस्था खारेज गर्न आईएमएफले सुझाव दिएको हो। राष्ट्र बैंक ऐन, २०५८ (दोस्रो संशोधन) सञ्चालक समितिमा अर्थ सचिव पदनिय सदस्य […]

गरिमा विकास बैंक एनपीएस–एनसीएस तथा नेपालपे कार्डमा आवद्ध

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र नेपाल क्लियरिङ हाउस लिमिटेडबीच एनपीएस–एनसीएस तथा डोमेस्टिक कार्ड स्क्रिम (नेपालपे कार्ड) को प्रिन्सिपल मेम्बरसिपका लागि सम्झौता सम्पन्न भएको छ । असार १५ गते सम्पन्न उक्त सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत माधव प्रसाद उपाध्याय र नेपाल क्लियरिङ हाउस लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत निलेश मान सिंह प्रधानले हस्ताक्षर […]

महोत्तरीको बर्दिबासमा एभरेष्ट बैंक

काठमाडौं । एभरेष्ट बैंकले आफ्नो शाखा विस्तारको क्रममा असार १९ गते मधेश प्रदेशको महोत्तरी अन्तर्गत बर्दिबास नगरपालिका वडा नम्बर १ मा आफ्नो १३३औँ शाखा विस्तार गरेको छ । यो शाखासँगै मधेश प्रदेशमा बैंकको शाखा संख्या १५ पुगेको छ । यस शाखाको उद्घाटनसँगै महोत्तरी बासीले अत्याधुनिक, सरल र सहज बैँकिङ्ग सुविधा लिनसक्ने विश्वास बैंकले गरेको छ । […]

टाटाको ७.७ डिल्स लाइक नेभर विफोर, स्किमको लागि विशेष अवसर कुर्नु नपर्ने

काठमाडौं । टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले असार १९ देखि २३ गते (जुलाई ३ देखि ७ जुलाई) सम्म ७.७ डिल्स लाइक नेभर विफोर विशेष कार्यक्रम आयोजना गर्ने भएको छ । यस कार्यक्रम अन्तर्गत जुनसुकै ब्रान्डका पुराना गाडी साटेर टाटा ब्राण्डका पेसेन्जर श्रेणीअन्तर्गत नेपालमा सर्वाधिक रुचाइएका अत्याधुनिक प्रविधियुक्त नयाँ टियागो.इभी, पन्च.इभी, […]

सिटिजन्स बैंकद्वारा हुम्लाको सर्केगाड गाउँपालिकाका अग्नि पीडितलाई राहत वितरण

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत हुम्लाको सर्केगाड गाँउपालिका वडा नं ३ उनापानीमा असार ३ गते भएको आगलागीमा परेका ८ वटा घर पिडितहरु लाई आवश्यक राहत स्वरुप खाद्यान्न सामाग्री लगायत लत्ता कपडाहरू वितरण गरेको छ । घर जलेर घरबारविहीन भएका परिवारहरुलाई सानै भएतापनि सहयोग गर्न पाँउदा पिडितहरुको दिनचर्यामा केही दिनको […]

माइडियाले वारेन्टीसहित ल्यायो ब्लु स्माइल सिरिज माइक्रोवेभ ‌ओभन

काठमाडौं । विश्वस्तरको घरेलु उपकरण निर्माता माइडियाले नेपालमा आफ्नो नयाँ ब्लु स्माइल सिरिज माइक्रोवेभ ‌ओभनको सार्वजनिक घोषणा गरेको छ। यो सिरिजमा प्रयोग गरिएको इन्भर्टर क्वाट्रो टेक्नोलोजीले खाना समान रूपमा तताउने, ऊर्जा–दक्ष र भरपर्दो कुकिङ अनुभव सुनिश्चित गर्ने माइडियाको वितरक सीजी इलेक्ट्रोनिक्सले जनाएको छ । यसमा दिइएको १० वर्षे वारेन्टीले दीर्घकालीन भरपर्दो प्रदर्शनको ग्यारेन्टी प्रदान गर्ने सीजीले […]

ह्विल लक गरेपछि न्यूरोड ताम्राकार हाउसमा महानगर प्रहरी र व्यवसायीबीच तनाव

काठमाडौं ।  काठमाडौँका न्यूरोडको ताम्राकार हाउस क्षेत्रमा व्यवसायीहरूले सटर बन्द गरेका छन् । नगर प्रहरी बलले ग्राहकहरूलाई एक छिन मोटरसाइकल रोक्दा पनि ह्विल लक गरेको भन्दै नगर प्रहरीसँगको विवाद पछि व्यवसायीहरूले सटर बन्द गरेका हुन् । सवारी साधन रोक्न पाएको छैन महानगरप प्रहरी आएर ह्विल लक गर्दा समस्या भएको व्यवसायी कुवेर कुँवरले बताए । आजपनि […]