यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ ६८ पैसा र बिक्रीदर १४४ रुपैयाँ २८ पैसा निर्धारण गरिएको छ ।  यस्तै, युरोपियन युरो एकको खरिददर १६७ रुपैयाँ २८ पैसा र बिक्रीदर १६७ रुपैयाँ ९८ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर […]

क्यानका महानिर्देशक अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउन विशेष अदालतको आदेश

काठमाडौं । विशेष अदालतले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ । आइतबार न्यायाधीश हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको संयुक्त इजलासले यस्तो आदेश दिएको हो । अधिकारीलाई पुर्पक्षमा थुनामा पठाउन आदेश दिए पनि अधिकारीसँगै अनुसन्धानका लागि हिरासतमा रहेका क्यानका निर्देशक मुरारी भण्डारीलाई ५ लाख […]

डिसहोम एआई खुसी सार्वजनिक

काठमाडौं । डिशहोमले निरन्तर नयाँ प्रविधीको प्रयोग गर्दै नेपालमै दुईतर्फी भोइस एआई, “खुशी” सार्वजनिक गरेको छ । डिश मिडिया नेटवर्क लिमिटेड (डिशहोम) ले पछिल्ला समयहरुमा निरन्तर प्रविधि – आधारित नवप्रवर्तन गर्दै आएको छ। ग्राहकलाई डिजिटल प्रविधिसँग अझ नजिक ल्याउने उद्देश्यले डिशहोमले केही समय अघि भर्चुअल प्रिभिलेज कार्ड सार्वजनिक गरेको थियो, जसमार्फत डिशहोमका ग्राहकले होटल, रेस्टुरेन्ट, […]

कर्णालीको सान्त्वना जित, साविक विजेताले अन्तिम स्थानमा रहेर सकायो सिजन 

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत समूह चरणको अन्तिम खेलमा कर्णाली याक्सले जित निकालको छ । कर्णालीले सान्त्वना जित निकाल्ने क्रममा साविक विजेता जनकपुर बोल्ट्सलाई ३ रनले पराजित गरेको हो । कर्णालीले दिएको १३० रनको लक्ष्य पछ्याएको जनकपुरले निर्धारीत ओभरमा ७ विकेट गुमाएर १२७ रन मात्रै बनाउन सक्यो । जनकपुरका लागि सञ्जय कृष्णमूर्तिले सर्वाधिक […]

नाफिजको साधारणसभा तथा पुरस्कार वितरण समारोह सम्पन्न

काठमाडौं । क्रियाशील आर्थिक पत्रकारहरुको साझा संस्था नेपाल आर्थिक पत्रकार संघ (नाफिज)को १६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । आइतबार काठमाडौंमा नाफिजकी अध्यक्ष मेनुका कार्कीको अध्यक्षतामा र अर्थमन्त्री रामेश्वर खनालको प्रमुख आतिथ्यतामा साधारणसभा सम्पन्न भएको हो । कार्यक्रममा नाफिजको वार्षिक जर्नल ‘अर्थचित्र’ विमोचन पनि गरिएको छ । जसमा सरकारले गठन गरेको उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगका […]

पोखरा क्षेत्रीयअन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भ्रष्टाचार, पुर्व मन्त्री सहित ५५ जनालाइ मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको अनियमितता प्रकरणमा ५ पूर्वमन्त्री पुर्व मन्त्री  पोस्टबहादुर बोगटी(दिवंगत), रामशरण महत, दीपक अमात्य, रामकुमार श्रेष्ठ र भीम आचार्य सहित तात्कालिन सचिवहरु, तात्कालिन रुपमा नेपाल नागरिक उड्यान प्राधिकरणमा महानिर्देशकहरु त्रिरत्न महर्जन,रतिशचन्द्र लाल सुमन प्रदिप अधिकारी, तात्कालिक नेपाल नागरिक उड्यायन् प्राधिकरणका सञ्चालक समिति सदस्य सहित   ५५ […]

एनपिएल : चार टोली च्याम्पियन बन्ने दौडमा

काठमाडौँ।  दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगको च्याम्पियन बन्ने दौडमा चार टोली प्रतिस्पर्धामा छन् । प्लेअफ समीकरण पूरा भइसक्दा १२ अङ्कसहित शीर्ष स्थानमा रहेको सुदूरपश्चिम रोयल्स र १० अङ्कसहित दोस्रो स्थानमा रहेको विराटनगरले किङ्ग्स पहिलो क्वालिफायर खेल्ने भएका छन् । समान १० अङ्क बटुलेको काठमाडौँ गोर्खाज भने विराटनगरभन्दा पछि पर्दै इलिमिनेटर खेल्ने भएको […]

ग्रीसमा १८ आप्रवासी मृत फेला, अनुसन्धान सुरु

ग्रीस । ग्रीसको दक्षिणी तट नजिक क्रेट टापु वरिपरि एक डुङ्गामा १८ आप्रवासी मृत भेटिएका छन् भने दुई जना उद्धार भएका छन् । ग्रीसको सार्वजनिक प्रसारक ईआरटीका अनुसार, डुङ्गा इरापेट्रा शहरदेखि करिब ९४८ किलोमिटर० दक्षिणमा फेला परेको थियो । मृतक १८ जनाको शव डुङ्गाभित्रै भेटिएको छ । प्रारम्भिक जानकारी अनुसार, लामो समयसम्म खराब मौसममा डुङ्गामा […]

सिद्धार्थ बैंकले ल्यायो भर्चुअल क्रेडिट कार्डकाे सुविधा

काठमाडौं- डिजिटल कारोबारलाई सहज बनाउँदै सिद्धार्थ बैंक लिमिटेडले  भर्चुअल क्रेडिट कार्डकाे सुविधा सार्वजनिक गरेकाे छ ।सिद्धार्थ बैंकले आफ्नो विद्युतीय सेवाहरूलाई थप सुदृढ र पहुँचयोग्य बनाउन Fonepay Payment Service Limited सँगको साझेदारीमा पूर्ण डिजिटल क्रेडिट कार्ड “सिद्धार्थ फोनपे भर्चुअल क्रेडिट कार्ड”सार्वजनिक गरेको छ । उक्त कार्डको सार्वजनिकिकरण सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (SBLNPL) को दोस्रो संस्करणको अवसरमा आयोजित अन–ग्राउन्ड कार्यक्रममा […]

निर्धारित समयमा निर्वाचन हुन्छ : अर्थमन्त्री

काठमाडौँ । अर्थमन्त्री रामेश्वर खनालले सबै दलहरूको सहमति र आमनागरिकको सहभागितामा निर्धारित समयमा निर्वाचन हुने बताएका छन् । नेपाल आर्थिक पत्रकार सङ्घ (नाफिज)को १६औँ वार्षिक साधारणसभाको शुभारम्भ गर्दै उनले विशिष्ट परिस्थितिमा निर्माण भएको वर्तमान सरकार प्राप्त जिम्मेवारीबमोजिम निर्वाचनलाई केन्द्रमा राखेर सफलतापूर्वक सम्पन्न गर्ने पक्षमा होमिएको बताएका हुन् उनले तोकिएको समयमै निर्वाचन सम्पन्न नभएमा देश अनिश्चय […]