प्रतिनिधिसभा सदस्य निर्वाचन :  हालसम्म १४२ स्थानको मतगणना सार्वजनिक, रास्वपाका १११ उम्मेदवार विजयी

काठमाडौं ।  प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) हालसम्म १११ क्षेत्रमा विजयी भएको छ । आइतबार बिहान ११ बजेसम्मको परिणामअनुसार रास्वपाका उम्मेदवारले १५ निर्वाचन क्षेत्रमा अग्रता हासिल गरिरहेका छन् । निर्वाचन आयोगका अनुसार हालसम्म १४२ स्थानको मतगणना सार्वजनिक भएकामा नेपाली कांग्रेसले १५ क्षेत्रमा जित हासिल गरेको छ भने २ स्थानमा अगाडि रहेको […]

बढ्यो सुनचाँदीको मूल्य

काठमाडौं । अइतबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । सुन प्रतितोला ३ हजार ५ सय रुपैयँले बढेको छ । सुनचाँदी ब्यवसायी महासंघका अनुसार सुन प्रतितोला ३ लाख १६ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार सुन प्रतितोला ३ लाख १३ हजार ४ सय रुपैयाँ थियो । यस दिन चाँदी पनि बढेको छ […]

उदयपुर–१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गेलाल विजयी

काठमाडौं । उदयपुर–१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार पारसमणि गेलाल विजयी भएका छन् । ३० हजार ५९० मत  पाएका उनी  १८ हजार ९८४ मतान्तरका साथ  विजयी भएका हुन् ।  निकटतम प्रतिद्वन्दी श्रम संस्कृति पार्टीका उम्मेदवार राजेशकुमार राईको ११ हजार ६०६ मत रहेको छ । खसेको मत ७९ हजार ९५६ हो । तेस्रो स्थानमा  नेपाली कम्युनिस्ट पार्टीका बलदेव चौधरीको १० हजार […]

महोत्तरी–३ मा रास्वपाका झा निर्वाचित

जलेश्वर । महोत्तरी ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार उज्ज्वलकुमार झा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । मुख्य निर्वाचन अधिकृत माधवप्रसाद अधिकारीका अनुसार उनले ३२ हजार ४५१ मत ल्याएर निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेपाल सङ्घीय समाजवादी पार्टीका मुहमद रिजवानले पाँच हजार ९६९ मत ल्याए । स्वतन्त्र उम्मेदवार रामआधार कापरले चार हजार […]

महिला सशक्त भएमा राष्ट्र नै समृद्धिको मार्गमा अगाडि बढ्छ : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले महिलाविरुद्ध हुने सबै प्रकारका हिंसा, विभेद र उत्पीडनको अन्त्य गर्ने काममा आ–आफ्नो क्षेत्रबाट योगदान गर्न सबैलाई आह्वान गरेका छन् । एक सय १६औँ अन्तरराष्ट्रिय महिला दिवस (आठ मार्च) का अवसरमा आज शुभकामना व्यक्त गर्दै उनले परम्पराका नाममा समाजमा रहेका खराब अभ्यास एवं प्रथाको कारण किशोरी तथा बालिकामाथि हुने शारीरिक तथा […]

बैतडीमा रास्वपाका भण्डारी निर्वाचित

बैतडी। प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का हरिमोहन भण्डारी विजयी भएको छ । गत बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम मतपरिणाम अनुसार उनले २२ हजार १३४ मत ल्याएर विजयी भए । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका चतुरबहादुर चन्दले १८ हजार १९४ मत प्राप्त गरे । यसअघि नेकपा (एमाले)बाट लगातार तीनपटक विजयी भएका दामोदर भण्डारी […]

सिराहा-१ मा रास्वपाका बब्लु गुप्ता विजयी

काठमाडौं । सिराहा निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का बब्लु गुप्ता विजयी भएका छन् । निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका रामसुन्दर चौधरीलाई ३१ हजार ५३८ मतान्तरले पराजित गर्दै गुप्ता विजयी भएका हुन् । अन्तिम मतपरिणाम अनुसार गुप्ताले ४१ हजार ३२२ मत पाउँदा कांग्रेसका चौधरीले ९ हजार ७८४ मत पाए । त्यस्तै नेकपा एमालेका […]

यी हुन नेकपाबाट विजयी भएका ६ जना 

काठमाडौं । प्रतिनिधिसभा निर्वाचन अहिलेसम्म १२५ ठाउँको नतिजा आइसक्दा नेपाली कम्युनिष्ट पार्टीका ६ जना विजयी भएका छन् । रुकुपपूर्वबाट पुष्पकमल दाहाल ‘प्रचण्ड’, रोल्पाबाट वर्षमान पुन, डोल्पाबाट धनबहादुर बुढा र रुकुम पश्चिमबाट गोपाल शर्मा, सल्यानमा रमेश मल्ल र कालीकोटमा महेन्द्रबहादुर शाही निर्वाचित भएका छन् ।

चुनाव अपडेट : यी हुन एमालेबाट निर्वाचित ७ जना उम्मेदवार

काठमाडौं । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत १६५ क्षेत्रमध्ये अहिलेसम्म १२५ ठाउँको नतिजा आइसकेको छ । अहिलेसम्म एमालेबाट ७ जनामात्र निर्वाचित भएका छन् । एमालेका विजयी उम्मेदवारहरूमा कोशीमा ताप्लेजुङबाट क्षितिज थेवे, इलाम–२ बाट सुहाङ नेम्वाङ, धनकुटाबाट राजेन्द्रकुमार राई छन् । लुम्बिनीको बाँके २ बाट मो. इश्तियाक राई, कर्णालीको दैलेखबाट लक्ष्मीप्रसाद पोखरेल र सुदूरपश्चिमको बझाङबाट ऐनबहादुर मगर र […]

खामेनेईको मृत्यु पछि इरानमा नयाँ सर्वोच्च नेता चयन प्रक्रिया सुरु, ट्रम्पले चयनमा आफ्नो भूमिका चाहेको संकेत

काठमाडौं । इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनेईको मृत्यु भएपछि देशमा नयाँ सर्वोच्च नेता चयनबारे प्रक्रिया सुरु भएको छ। तर हाल इरान–इजरायल तथा अमेरिका बीच जारी सैन्य द्वन्द्वका कारण यो प्रक्रिया कसरी अगाडि बढ्ने भन्ने विषय अझै स्पष्ट हुन सकेको छैन। इरानको संविधानअनुसार देशको सर्वोच्च नेता चयन गर्ने अधिकार ‘असेंब्ली अफ एक्सपर्ट्स’ नामक परिषद्लाई रहेको […]