करिब साढे ६८ करोडले घटेको शेयर बजारमा यी हुन् २० उच्च कारोबार हुने कम्पनी

काठमाडौं ।  पछिल्ला दिनमा निरन्तर ओरोला लागेको शेयर बजार साताको दोस्रो दिन पनि घटेको छ । सोमबार नेप्से परिसूचक ५५.८६ अंकले घटेर २६४६.०३ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स १०.५३ अंकले घटेर ४६९.१८ विन्दुमा पुगेर बन्द भएको छ । आइतबारको तुलनामा सोमबार कारोबार रकममा ६८ करोड ३३ लाख २ […]

के छ बीमा प्राधिकरणले जीवन बीमालेख सम्वन्धी जारी गरेको नयाँ व्यवस्थामा ?

काठमाडौं । नेपाल बीमा प्राधिकरणले जीवन बीमकहरुको बीमालेखा जारी सम्बन्धमा नयाँ व्यवस्था गरेको छ । बीमा कारोबारको दैनिक कारोबार बन्द गर्ने प्राधिकरणको निर्देशन लागु गर्न कठिनाई भएको भन्दै प्राधिकरणले नयाँ व्यवस्था जारी गरेको बताएको छ । नयाँ व्यवस्था अनुरुप अबदेखि प्रत्येक त्रैमासिक अवधिको अन्तिम दिन कुनै पनि बीमा प्रस्ताव स्वीकृत गरिने छैन, भने तर, उक्त […]

५५.८६ अंकले घट्यो नेप्से, करिब साढे ९ अर्बमा सीमित कारोबार रकम

काठमाडौं । पछिल्ला दिनमा निरन्तर ओरोला लागेको शेयर बजार साताको दोस्रो दिन पनि घटेको छ । सोमबार नेप्से परिसूचक ५५.८६ अंकले घटेर २६४६.०३ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स १०.५३ अंकले घटेर ४६९.१८ विन्दुमा पुगेर बन्द भएको छ । आइतबारको तुलनामा सोमबार कारोबार रकममा ६८ करोड ३३ लाख २ […]

निजी क्षेत्रलाई अख्तियारको दायरमा ल्याउँदा लगानी निरुत्साहित हुन्छ : चेम्बर

काठमाडौं । निजी क्षेत्रलाई अख्तियारको दायरामा ल्याउने प्रस्तावित विधेयकका प्रावधान सच्याउन नेपाल चेम्बर अफ कमर्सले मुख्यसचिव एकनारायण अर्याल समक्ष ध्यानाकर्षण गराएको छ । चेम्बर अध्यक्ष कमलेश कुमार अग्रवाल नेतृत्वको पदाधिकारी टोलीले नवनियुक्त मुख्यसचिव अर्याललाई बधाई एवं शुभकामना दिने क्रममा विधेयक सच्याउन ध्यानाकर्षण गराएको हो । अर्थतन्त्र शिथिल रहेको अवस्थामा राज्य व्यवस्था समितिमा विचाराधिन सो विधेयकले […]

आर्थिक सुधारको आधार तयार हुँदैः अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले देशमा आर्थिक सुधारको आधार तयार हुँदै गरेको बताएका छन् । ढकालले सो कुरा सोमबार महासंघको सचिवालयमा अन्तर्राष्ट्रिय वित्त निगमका दक्षिण एशियाका क्षेत्रीय निर्देशक इमाद फाखौरीसँगको भेटघाटका क्रममा यस्ताे बताएका हुन् । भेटमा ढकालले सरकारले नेपाल उद्योग वाणिज्य महासंघले दिएको सुझावहरूलाई लिएको र नयाँ पुस्ताका सुधारहरू अघि […]

टीभीएस नेपालद्वारा ‘नयाँ युगको आरम्भ’ अफर सार्वजनिक

काठमाडौं । नेपालका लागि टीभीएसको आधिकारिक वितरक कम्पनी जगदम्बा मोटर्सले चाडपर्वलाई मध्यनजर गर्दै ‘नयाँ युगको आरम्भ’ नामको विशेष योजना सार्वजनिक गरेको छ । यो योजना अन्तर्गत ग्राहकले टीभीएसको मोटरसाइकल र स्कुटर खरिद गर्दा रु. १० लाखसम्म जित्ने मौका प्राप्त गर्न सक्ने कम्पनीले जनाएको हो । हरेक सप्ताह १०० प्रतिशत क्यास ब्याक जित्ने अवसर पनि रहेको कम्पनीले […]

पूर्व परामर्श पश्चयात मात्र बहुवर्षिय ठेक्का सहमति प्रकृया अघि बढ्ने

काठमाडौं । अर्थ मन्त्रालयले पूर्व परामर्श गरेर मात्र बहुवर्षिय ठेक्का सहमतिको प्रकृया अघि बढाउन विषयगत मन्त्रालयहरू र सम्बन्धित निकायहरूलाई पत्राचार गरेको छ। अर्थ मन्त्रालयका प्रवक्ता महेश भट्टराईले चालु आर्थिक वर्षको बजेट कार्यान्वयन र स्रोत व्यवस्थापनलाई प्रभावकारी बनाउन अर्थ मन्त्रालयले विभिन्न मन्त्रालयहरू र निकायहरूलाई पत्रकार गरेको जानकारी दिए । अर्थ मन्त्रालयले चालु आर्थिक वर्षमा बहुवर्षिय ठेक्का […]

भगवती हाईड्रोपावरको लाभांश घोषणा

काठमाडौं ।भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले लाभांश वितरण गर्ने भएको छ । यसका लागि कम्पनीले  गत आर्थिक वर्षको नाफाबाट वितरण गर्न प्रस्ताव गरेको लाभांशका लागि २४ औं वार्षिक साधारण सभा बोलाएको छ। सभा असोज १६ गते, बुधबार, बिहान ११ बजे, अर्पण ब्याङ्क्वेट, नयाँ बानेश्वर, काठमाडौंमा हुनेछ। कम्पनीले सेयरधनीहरूलाई ४ प्रतिशत बोनस शेयर र करसहित १०.७३६८ प्रतिशत नगद […]

साढे १ अर्बको उपदान तथा पेन्सन कोषमा लगानी गर्न राष्ट्र बैंकद्धारा आग्रह

काठमाडौं । राष्ट्र बैंकले आफनो उपदान तथा पेन्सन कोषमा लगानी गर्न बैंक तथा वित्तीय संस्थालाई आग्रह गरेको । राष्ट्र बैंकले बैंकको उपदान तथा पेन्सन कोषमा रहेको १ अर्ब ५० करोड रुपैयाँमा लगानी गर्न बैंक तथा वित्तीय संस्थालाई आग्रह गरेको हो । जसमा वाणिज्य बैंकमा रहेको १ अर्ब २० करोड रुपैयाँ , विकास बैंकमा रहेको २२ […]

प्राविधिक समस्या पश्चयात श्री एयरलाइन्सको जहाज आकस्मिक अवतरण

काठमाडौं । काठमाडौंबाट सुर्खेतका लागि उडेको श्री एयरलाइन्सको जहाज केही मिनेटमै फेरि आकस्मिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको छ । बिहान ७ बजेको उक्त फ्लाइट भूइँ छाडेको ८ मिनेटमै फेरि विमानस्थलमै फर्काइएको हो । चक्काको स्टेयरिङ लक भएपछि जहाज विमानस्थलमै फर्काइएको त्रिभुवन अन्तररष्ट्रिय विमानस्थल स्रोतले जनाएको छ ।