मोरङ–३ मा रास्वपाका गणेश कार्की विजयी

काठमाडौं । मोरङको निर्वाचन क्षेत्र नं ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गणेश कार्की विजयी भएका छन् । प्रतिनिधिसभा निर्वाचन मोरङ क्षेत्र नं ३ को निर्वाचन कार्यालयले सार्वजनिक गरेको अन्तिम मतपरिणामअनुसार कार्की ३६ हजार ९२४ मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेस पार्टीका उम्मेदवार सुनिलकुमार शर्माले २४ हजार ३५४ मत […]

श्रम संस्कृति पार्टीले पनि खोल्यो खाता, खोटाङमा आरेन राई विजयी

काठमाडौं । श्रम संस्कृति पार्टीले प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ मा खाता खोलेको छ । खोटाङमा श्रम संस्कृति पार्टीका आरेन राई विजयी भएसँगै यो पार्टीले प्रतिनिधिसभा सदस्य निर्वाचनमा खाता खोलेको हो । १६ हजार ६१२ मत ल्याएर राई विजयी भएका हुन् । नेकपा एमालेका देवबिक्रम राईले १२ हजार ७१४ मत ल्याएका छन् । नेपाली कांग्रेसका वीरकाजी […]

मकवानपुर–२ मा रास्वपाका प्रशान्त उप्रेती विजयी

काठमाडौं । मकवानपुर क्षेत्र नम्बर २ मा पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रशान्त उप्रेती विजयी भएका छन् । उनले ३१ हजार ७ सय २५ मत पाएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका महेश कुमार बर्तौलाले १९ हजार ६ सय २४ मत ल्याए । जितको निर्वाचन आयोगबाट ओपचारिक घोषणा हुन भने बाँकी छ । नेपाली […]

टी २० विश्वकप : उपाधिका लागि भारत र न्युजिल्यान्डबीच प्रतिस्पर्धा हुने

काठमाडौं । आईसीसी टी२० विश्वकप २०२६ को उपाधिका लागि आज सह–आयोजक भारतले न्युजिल्यान्ड भिड्ने भएका छन् । फाइनल खेल भारतको अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा नेपाली समय अनुसार साँझ सवा ७ बजे सुरु हुनेछ । दुई पटकको विजेता भारत तेस्रो पटक उपाधि जित्ने लक्ष्यमा छ भने न्युजिल्यान्ड भारतलाई घरेलु मैदानमा पराजित गर्दै पहिलो विश्वकप उपाधि उचाल्ने […]

रौतहट–२ मा कांग्रेसका डा.आलम निर्वाचित

काठमाडौं । रौतहट २ मा नेपाली कांग्रेसका डा.मो फिरदोश आलम प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा उनले २९ हजार ५२८ मत प्राप्त गरेर विजयी हासिल गरेका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेपाल कम्युनिष्ट पार्टीका उम्मेदवार किरणकुमार साहले १८ हजार ४४२ मत प्राप्त गरे । सो क्षेत्रको अन्तिम मतपरिणामअनुसार राष्ट्रिय […]

नवलपरासी-१ : विक्रम खनाल निर्वाचित, विनोद चौधरी पराजित

काठमाडौं । नवलपरासी बर्दघाट सुस्ता पश्चिम क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका विक्रम खनाल निर्वाचित भएका छन् । नेपाली कांग्रेसका विनोद कुमार चौधरीलाई करिब ३५ हजार मतान्तरले पराजित गर्दै खनाल निर्वाचित भएका हुन् । खनालले ४५ हजार २४१ र चौधरी ९ हजार ५०२ मत पाए । एमालेका रामप्रसाद पाण्डेयले ७ हजार ९५६, जनता […]

रास्वपाले प्रत्यक्षमै जित्यो १०० सिट (सूचीसहित)

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचन निर्वाचनको प्रत्यक्षतर्फको मतगणना जारी छ । जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले एक सय सिट जितेको छ । मतगणनाको सुरुवातीचरणदेखि नै अग्रता कायम गरेको रास्वपाले १२९ क्षेत्रको नजिता सार्वजनिक हुँदा रास्वपाले १०० सिटमा जित पक्का गरेको हो । दोस्रो धेरै सिट जित्नेमा नेपाली कांग्रेस छ । कांग्रेसले १४ सिट जितेको […]

सोलुखुम्बुमा कांग्रेसका कार्की विजयी

सोलुखुम्बु । सोलुखुम्बुमा नेपाली कांग्रेसका उम्मेदवार प्रकाश सिंह कार्की निर्वाचित भएका छन् । मतगणनाको अन्तिम परिणामअनुसार कार्कीले १३ हजार १६६ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का उम्मेदवार असिम राईले ९ हजार ४१४ मत प्राप्त गरेका छन् । कांग्रेसका कार्कीले निकटतम प्रतिस्पर्धी नेकपाका राईलाई ३ हजार ७५२ मतान्तरले पछि पार्दै […]

दोलखामा राष्ट्रिय स्वतन्त्र पार्टीका जगदीश खरेल निर्वाचित

दोलखा । दोलखामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार जगदीश खरेल निर्वाचित भएका छन् । खरेल ३२ हजार ३७६ मत प्राप्त गरी निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार पार्वत गुरुङले १७ हजार ४४९ मत प्राप्त गरेका छन् । खरेलले १४ हजार ९२७ मतान्तरले जित हासिल गरेका हुन् । त्यस्तै, नेकपाका उम्मेदवार विशाल खड्काले […]

पूर्वसभामुख घिमिरेलाई पूर्वउपसभामुख मगरले भारी मतले हराइन्

काठमाडौं । झापा क्षेत्र नम्बर २ मा पूर्वसभामुख देवराज घिमिरे पराजित भएका छन् । नेकपा एमालेबाट उम्मेदवार बनेका घिमिरे पूर्वउपसभामुख इन्दिराराना मगरसँग पराजित भएका हुन् । रास्वपाबाट उम्मेदवार बनेकी मगरले ५२ हजार ३०६ मत पाउँदा घिमिरेले ९ हजार ८०५ मत पाए । यस्तै श्रम संस्कृति पार्टीका केशव कुमार भण्डारीले ६ हजार ३४७ मत पाए । […]