कञ्चनपुर–१ मा रास्वपाका धामी निर्वाचित

काठमाडौं । कञ्चनपुर प्रतिनिधिसभा सदस्य निर्वाचनमा कञ्चनपुर क्षेत्र नं १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का जनकसिंह धामी २४ हजार ३३२ मतसहित निर्वाचित भएका छन् । धामीले १३ हजार २२२ मतले नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का बिना मगरलाई पछि पार्दै विजयी भएका हुन्। मगरले ११ हजार ११० मत प्राप्त गरिन् । यस्तै नेपाली कांग्रेसका गोपीप्रसाद […]

दार्चुलामा एमालेका गणेशसिंह ठगुन्ना विजयी

दार्चुला।  प्रतिनिधिसभा सदस्यतर्फ एकमात्र निर्वाचन क्षेत्र रहेको दार्चुलामा नेकपा (एमाले) का उम्मेदवार गणेशसिंह ठगुन्ना विजयी भएका छन् । ठगुन्नाले १८ हजार ८९१ मत प्राप्त गरेका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका धर्मानन्द जोशीले १५ हजार ८८५ मत प्राप्त गरेका थिए । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार राजेशसिंह सामन्तले ८ हजार ९३६ मत […]

धनुषा–४ मा रास्वपाका महतो विजयी, एमालेका रघुवीर महासेठ तेस्रो

धनुषा । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत धनुषा क्षेत्र नं ४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का राजकिशोर महतो विजयी भएका छन् । रास्वपा उम्मेदवार महतो ४८ हजार २७० मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका महेन्द्र यादवले १५ हजार ८०९ मत प्राप्त गरेका थिए । त्यस्तै, नेपाल कम्युनिष्ट पार्टी एमालेका रघुवीर […]

इलाम–२ बाट एमालेका सुहाङ निर्वाचित

इलाम । प्रतिनिधिसभा सदस्य निर्वाचनमा इलाम–२ बाट नेपाल कम्युनिस्ट पार्टी (एमाले) का उम्मेदवार सुहाङ नेम्बाङ निर्वाचित भएका छन् । नेपाली कांग्रेसका उम्मेदवार भेषराज आचार्यलाई सात हजार ७७६ मतान्तरले पराजित गर्दै एमाले उम्मेदवार नेम्बाङ विजयी भएका हुन् । नेम्बाङ २२ हजार ४२६ मतका साथ निर्वाचित हुँदा निकटतम प्रतिस्पर्धी कांग्रेसका आचार्यले १४ हजार ६५० मत प्राप्त गरेका […]

एमाले संकटमा पर्दा राजेन्द्र राईको ह्याट्रिक

काठमाडौं । पार्टी अध्यक्ष केपी शर्मा ओली आफै कीर्तिमानी मतान्तरले पराजित हुँदा नेकपा एमाले ठूलो संकटमा परेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले एकल बहुमत ल्याउने निश्चित भइसक्दा एमालेको बाँकी अग्रता पनि जोगिने सम्भावना कम छ । तर त्यही पार्टीका नेता राजेन्द्र राईले धनकुटाबाट जितमा ह्याट्रिक गरेका छन् । राईले आफ्नो जितलाई स्वभाविक मानेका […]

सर्लाही ४ मा अमरेशको ह्याट्रिक, गगनको हार

सर्लाही । सर्लाही ४ मा नेपाली कांग्रेसका सभापति गगन थापालाई हराउँदै रास्वपाका अमरेशकुमार सिंह प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भएका छन् । केहीबेरअघि सम्पन्न मतगणनामा सिंहले ३५ हजार ६८८ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी बनेका कांग्रेसका सभापति थापाले २२ हजार ८३१ मत ल्याए । यो जितसँगै अमरेशसिंहले ह्याट्रिक   पूरा गरेका छन् भने गगन थापाको पहिलो […]

आजको मौसम : यी भूभागमा वर्षाको सम्भावना

काठमाडौं । देशका केही स्थानमा आज वर्षा र हिमपातको सम्भावना छ । पाँचवटा प्रदेशका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ । तराई भूभागका केही स्थानमा बिहान हुस्सु लाग्नेछ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशको पहाडी र हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ । देशको बाँकी भूभागमा आंशिक बादल लाग्नेछ । […]

यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४६ रुपैयाँ ४९ पैसा र बिक्रीदर १४७ रुपैयाँ ०९ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६९ रुपैयाँ ६१ पैसा र बिक्रीदर १७० रुपैयाँ ३० पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९५ […]

दाङ-३ मा रास्वपाका सुवेदी विजयी

दाङ । दाङ प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नंं ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका कमल सुवेदी ४४हजार २४८ मतसहित विजयी भएको छन् । निर्वाचन अधिकृत चन्द्रबहादुर सिञ्जालीका अनुसार उनी नेपाली काँग्रेसका दीपक गिरीलाई २७ हजार ७९५ मतान्तरले पछि पार्दै विजयी भएका हुन् । यहाँ कांग्रेस उम्मेदवार गिरीले १६ हजार ४५३ मत प्राप्त गरेका छन् । यस्तै, […]

रोजगारी घटेसँगै अमेरिकाको बेरोजगारी दर ४.४ प्रतिशतमा पुग्यो

वाशिङ्टन । अमेरिकामा फेब्रुअरी महिनामा ९२ हजार रोजगारी घटेको सरकारी तथ्याङ्कले देखाएको छ । अमेरिकी श्रम तथ्याङ्क ब्यूरोले शुक्रबार सार्वजनिक गरेको प्रतिवेदन अनुसार अघिल्लो महिनाको तुलनामा गैर–कृषि क्षेत्रको रोजगारी उल्लेखनीय रूपमा घटेको हो । पछिल्ला पाँच महिनामध्ये तीन महिनामा रोजगारी घटेको देखिएको छ, जसले श्रम बजारमा कमजोरी बढ्दै गएको सङ्केत दिएको छ । रोजगारी घटेसँगै […]