बजाज चेतक ३००१ सार्वजनिक, रेञ्ज १२७ किलोमिटर

काठमाडौं । बजाज अटोले आफ्नो लोकप्रिय इलेक्ट्रिक स्कुटर चेतक २९०३ को अपडेटेड भर्सन चेतक ३००१ सार्वजनिक गरेको छ। चेतक ३५ सिरिज प्लेटफर्ममा निर्माण गरिएको चेतक ३००१ को मूल्य ९९ हजार ९९० भारु तोकिएको छ । नयाँ मोडलमा ३.० किलोवाट आवर क्षमताको ब्याट्री दिइएको छ ।जसले एकपटकको पूर्ण चार्जमा १२७ किलोमिटर रेञ्ज प्रदान गर्ने दाबी गरिएको छ […]

नागढुंगा सुरुङ मार्गमा सवारीको अधिकतम गति ६० किमी प्रति घण्टा

काठमाडौं । निर्माणधीन नागढुंगा–सिस्नेखोला सुरुङ मार्गमा सवारी साधन ६० किलोमटिर भन्दा अधिकतम गतिमा गुड्न नपाउने भएका छन् । यातायात व्यवस्था विभागले जारी गरेको नागढुंगा–सिस्नेखोला सुरुङ मार्ग यातायात सञ्चालनसम्बन्धी निर्देशिका, २०८१ ले उक्त खण्डमा सञ्चालन हुने सवारी साधनको अधिकतम वेग (स्पिड) ६० किलोमिटर प्रति घण्टा तोकेको छ । विभागले आवश्यकता अनुसार अधिकतम स्पिड ६० किलोमिटर प्रति […]

सिद्धार्थ बैंकको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । सिद्धार्थ बैंकको संस्थापक शेयर बिक्रीमा आएको छ । बैंकले तीन जना संस्थापक शेयरधनीको कुल ३३ सय ९३ हजार कित्ता शेयर बिक्रीमा ल्याएको छ । बैंकको यो शेयर हाल कायम विद्यमान संस्थापक शेयरधनीले मात्रै खरिद गर्न पाउनेछन् । यद्यपि तोकिएको समयभित्र संस्थापक शेयरधनीबाट आवेदन प्राप्त नभएमा उक्त शेयर गैरसंस्थापक व्यक्तिमा बिक्री गरिने बैंकले जनाएको […]

दरमखोला हाइड्रो इनर्जीको आईपीओमा आजदेखि आवेदन दिन पाइने

काठमाडौं । दरमखोला हाइड्रो इनर्जी लिमिटेडले आजदेखि (असार ९ गते) आयोजना प्रभावित स्थानीयवासी र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) खुला गरेको छ। कम्पनीले पहिलो चरणमा लक्षित समूहलाई आईपीओ निष्कासन गर्दै दोस्रो चरणमा सर्वसाधारणका लागि निष्कासन गर्ने तयारी गरेको छ। नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट स्वीकृति प्राप्त यस आईपीओ अन्तर्गत कम्पनीले प्रतिकित्ता […]

आज संघीय संसद्को दुवै सदनको बैठक बस्दै

काठमाडौं ।  संघीय संसद्को दुवै सदनको बैठक आज बस्दैछ । संघीय संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ः०० बजे बस्ने बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ र स्पष्टीकरण दिने कार्यसूची छ । विनियोजन विधेयक, २०८२ अन्तर्गत, वन तथा वातावरण, संघीय मामिला तथा सामान्य प्रशासन, ऊर्जा जलस्रोत तथा सिँचाइ, रक्षा, कृषि तथा पशुपन्छी विकास, स्वास्थ्य तथा […]

मेघगर्जन र चट्याङसहित वर्षा हुने

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । यसको प्रभाव आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । मौसम पूर्वानुमान महाशाखाद्वारा आज जारी मौसम बुलेटिनका अनुसार देशको पहाडी भूभागको केही स्थानमा तथा बाँकी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशका एकदुई स्थानमा […]

यस्तो छ, विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३८ रुपैयाँ २४ पैसा र बिक्रीदर १३८ रुपैयाँ ८४ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १५९ रुपैयाँ २९ पैसा र बिक्रीदर १५९ रुपैयाँ ९८ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर १८५ रुपैयाँ […]

रायोसाग प्रतिकिलो रु ३०, यस्तो छ आजका लागि तरकारीको मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ७०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ९०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ३५, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ४५, […]

लगानी कम्पनीको आईपीओमा कडाई, पछिल्लो दुई वर्ष नाफा अनिवार्य

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले लगानी कम्पनीहरूमार्फत गरिने सार्वजनिक निष्कासन (आईपीओ) को प्रक्रियामा कडाइ गरेको छ। बोर्डले लगानी कम्पनी कम्तिमा विगत तीन वर्ष संचालनमा रही पछिल्लो दुई आर्थिक वर्षमा मुनाफा गरेकाले मात्र आईपीओ जारी गर्न सक्ने व्यवस्था गरेको हो । विगतमा लगानी कम्पनीले बोर्डबाट अनुमति लिएर आईपीओ ल्याउने प्रक्रिया सहज भए पनि अब त्यस्तो […]

जटिल प्रकृतिका रोगको उपचारका लागि स्वास्थ्य बीमा कोषबाट थप १ लाख उपलब्ध गराउने निर्णय

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जटिल प्रकृतिका रोगको उपचारका लागि स्वास्थ्य बीमा कोषमार्फत थप एक लाख उपलब्ध गराउने गरी निर्णय गरेका छन् । स्वास्थ्य बीमा कोषलाई थप प्रभावकारी बनाउन नीतिगत सुधार र व्यवस्थाका लागि सक्रियता देखाएका मन्त्री पौडेलले नागरिकले थप सेवा पाउने गरी व्यवस्था गर्न लागेका हुन् । मन्त्री प्रदिप पौडेलको निर्णय अनुसार अब […]